आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

यस्तो गाउँ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही

यस्तो गाउँ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही

अन्तराष्ट्रिय, समाज
यूरोपको एक देशमा महिला नै बलात्कारमा अगाडी छन् । पपुवा न्युगिनीमा एउटा यस्तो गाउँ छ जहाँ पुरुषले महिलाको यौन प्रस्ताव अस्वीकार गरे कडा कारवाही हुन्छ । पपुवा न्युगिनीको बसा गाउँका महिलाहरु पुरुषलाई सित्तैमा यौन सम्पर्कका लागि प्रस्ताव गर्छन् । त्यहाँको सरकारले दुरदराजका गाउँका महिलालाई यौन चेतना र अधिकार दिन यस्तो अनौठो अधिकार दिएको छ की त्यहाँका जोसुकै महिलालाई यौनप्रस्ताव राख्न खुल्ला गरिदिएको छ । यदि महिलाले गरेको यौनप्रस्ताव अस्वीकार गरे ती महिलाले पुरुषको मुखमा पिसाब फेरेर कडा सजाय दिनेछिन् । यसो गर्दा महिलालाई सरकारले कुनै कारवाही गर्दैन । यो अधिकार विशेषगरी पपुवा न्युगिनीको ट्रोबियाण्ड जातिका महिलालाई दिइएको हो । यो अधिकारको सहयोगमा यो जातका महिलाले कैयौ पुरुषसँग यौनसम्पर्क राख्न पाउनेछन् । यो जातका महिलासँग बाहिरका पुरुष यौनसम्पर्क राख्न चाँहदैनन् । दुनियाँ पनि अचम्म अचम्मको ...
अमेरिकामा संक्रमितको सङ्ख्या ६० लाख माथि

अमेरिकामा संक्रमितको सङ्ख्या ६० लाख माथि

अन्तराष्ट्रिय, स्वास्थ्य
अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ६० लाखभन्दा माथि पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल संक्रमित संख्यामा झण्डै एक चौथाइ हो। अमेरिकामा दश लाख संक्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ। पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका संक्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ। २१ ज्यानुअरीमा पहिलो संक्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ। बीबीसीका अनुसार सङ्क्रमितको दश लाख सङ्ख्या २८ एप्रिल अर्थात् ९९ दिनमै पुगेको थियो। र, त्यसको ४३ दिनपछि सङ्क्रमितको सङ्ख्या दोबर भएको थियो। ३० लाख सङ्क्रमित अर्को २८ दिनमा पुगेका थिए। त्यसपछिको अर्को १५ दिनमा त्यो ४० लाख पुगेको थियो। त्यसको १६ दिनमा पचास लाख र अ...
लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

लक्षण देखिएका कोरोना सङ्क्रमितमा रेम्डिसिभिर उपयोगी

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विज्ञ चिकित्सकहरूले लक्षण देखिएका तर दीर्घरोगी नरहेका पचास प्रतिशत कोरोना सङ्क्रमितमा रेम्डिसिभिर औषधिको प्रयोग उपयोगी हुने दाबी गरेका छन् । उनीहरूले उपयुक्त समयमा उपयुक्त बिरामीमा रेम्डिसिभिर औषधिको प्रयोग गर्न सेवा प्रदायकलाई सुझावसमेत दिएका छन् । येटिचेम वितरक प्रा. लि.ले रेम्डिसिभिर औषधिको पहिलो ब्याचको घोषणाका लागि आयोजना गरेको भर्चुअल प्रेस कन्फरेन्समा चिकित्सक अशेष ढुङ्गानाले लक्षण देखिएका तर दीर्घरोगी नरहेका बिरामीमा रेम्डिसिभिरको प्रयोग अत्यन्तै लाभदायी हुने बताउनुभयो । नेपालमा हाल १५ प्रतिशत बिरामीमा कोरोनाभाइरसको लक्षण देखा परेको छ । सक्रिय बिरामीको सङ्ख्या करिब १८ हजार छन् । करिब दुई हजार बिरामीमा रेम्डिसिभिरको प्रयोग उपयोगी हुनसक्छ । उहाँले भन्नुभयो, “तीव्र गतिमा वृद्धि भइरहेको अवस्थामा रेम्डिसिभिरको प्रयोगले सङ्क्रमितको शरीरमा भाइरस वृद्धि हुनबाट रोक्छ ।” निमोनियासहित ...
भारतमा अमेरिकामा भन्दा मृत्यु र संक्रमण दुई गुणा बढी

भारतमा अमेरिकामा भन्दा मृत्यु र संक्रमण दुई गुणा बढी

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युदरमा विश्वका सबै देशलाई भारतले उछिन्न थालेको छ। पछिल्लो २४ घण्टामा उच्च संक्रमण र मृत्युदर भएका अमेरिका र ब्राजिललाईसमेत भारतले उछिनेको छ। कोरोना सम्बन्धि विश्वव्यापी अपडेट गर्दै आएको वर्ल्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ६८ हजार सात सय ७० जनामा संक्रमण पुष्टि भएको छ। यस अवधिमा त्यहाँ आठसय १८ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा चार सय ९७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ क्रमशः ४८ हजार पाँच सय ९० र ३७ हजार आठ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर चार हजार ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने दुई लाख ३८ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। भारतमा अहिलेसम्म मृतकको संख्या ६५ हजार चार सय ३५ पुगेको छ। त्यहाँ संक्रमितको संख्या ३६ लाख ८७ हजार नौ सय ३९ पुगेको छ। ...
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

अन्तराष्ट्रिय, समाचार
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ। मुखर्जीका छोरा अभिजितले आफ्ना पिताको निधन भएको जानकारी दिएका हुन्। ‘गह्रौ मुटुका साथ यहाँहरुलाई जानकारी गराउनुपरेको छ कि हामी र आरआर हस्पिटलका डाक्टरहरुको सबै प्रयास र भारतभरका जनताको आर्शिवाद र प्रार्थनाका बाबजुद पनि मेरा पिता श्री प्रणव मुखर्जीको भर्खरै निधन भएको छ। यहाँहरु सबैलाई धन्यवाद,’ ट्विटमा अभिजितले लेखेका छन्। पछिल्लो समय मुखर्जी कोममा गएका थिए। उनलाई भेन्टिलेटरमा राखिएको थियो। दिल्लीस्थित आर्मी रिसर्च एन्ड रेफरल हस्पिटलले सोमबार मात्र एक विज्ञप्ती जारी गरेर मुखर्जीको स्वास्थ्य अवस्था झनै बिग्रिएको बताएको थियो। सोमबार भेन्टिलेटरमा उपचाररत मुखर्जीको फोक्सोमा संक्रमण देखिएका कारण उनलाई सेप्टिक सक ‘कम रक्तचापको अवस्था’ भएको अस्पतालले बताएको थियो। उनलाई विशेष डाक्टरहरुको निगरानीमा राखिएको थ...
चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

चेन्नई सुपर किंग्सका १० सहित आईपीएलका १३ जनामा कोरोना पुष्टि

अन्तराष्ट्रिय, खेलकुद
इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छैन । आईपीएल खेल्न दुबई पुगेका खेलाडी, अफिसियल र सम्पूर्ण कर्मचारी गरेर एक हजार नौ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ । यसैबीच चेन्नईका प्रमुख बलर सुरेश रैना भारत फर्किएका छन् । पारिवारिक कारणले रैना भारत फर्किएको आईपीएलले जनाएको छ । गएको मार्चमा हुने आईपीएल भारतमा कोरोनाको सङ्क्रमण धेरै रहेका कारण सेप्टेम्बर १९ तारिख अर्थात असोज तीन गतेदेखि दुबईमा हुँदैछ । ...
विश्वभर थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

विश्वभर थपिए २ लाख ६२ हजार संक्रमित, करिव ६ हजारको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
 विश्वका २ सय १५ देशमा गरी गत २४ घण्टामा २ लाख ६२ हजार ६ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरले दिएको जानकारी अनुसार करिव ६ हजारको ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा ७६ हजार ८ सय बढी कोरोनाका संक्रमित थपिएका छन्। उक्त तथ्याङ्क अनुसार हालसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ लाख ८४ हजार ५ सय बढी रहेको छ। ६१ हजार ६ सय बढीले कोरोनका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्र भारतमा १ हजार बढीले ज्यान गुमाएका छन्। भारतपछि गत २४ घण्टाको तथ्याङ्क अनुसार अमेरिकामा ४५ हजार ७ सय बढी थप कोरोनाका संक्रमितहरु फेला परेका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ६० लाख ४६ हजार बढी रहेको छ। अमेरिकामा १ लाख ८४ हजार ७ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। गत २४ घण्टामा मात्र १हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्। यस्तै, अमेरिकापछि ब्राजिलमा ४...
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
दक्षिण कोरियामा २ सय ९७ नयाँ कोरोना संक्रमित फेला परेका छन्। मार्चपछि त्यहाँ एक दिनमा यति धेरै संक्रमित देखिएको पहिलोपटक हो। त्यहाँका उपस्वास्थ्यमन्त्री किम गेङ लिपले देशभर संक्रमण फैलिन सक्ने आशंका व्यक्त गरेका छन्। उनले अब ट्रेसिङ र आइसोलेसनले मात्र महामारी रोक्न नसकिने बताएका छन्। मन्त्री लिपले जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आह्वान गरेका छन्। नयाँ संक्रमित १६६ वटा चर्चले संयुक्त रूपमा आयोजना गरेको प्रार्थना सभामा सहभागी व्यक्ति हुन्। उनीहरूको त्यहाँ देखिएको उपस्थितिले ठूलो संख्यामा संक्रमति भएको हुन सक्ने अनुमान गरिएको छ। ...
अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६१ हजार नाघ्यो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ६० हजारभन्दा धेरै पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या ४९ लाखभन्दा धेरै छ । नयाँ तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या ४९ लाख ३७ हजार ४ सय ४१ पुगेको छ । यस्तै मृतकको संख्या १ लाख ६१ हजार ३ सय २८ छ ।अमेरिकाको आहायो राज्यका गभर्नरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका कारण अमेरिकी अर्थव्यवस्थामा पनि नराम्रो असर परेको छ । अमेरिकामा जुलाई महिनामा केबल १८ लाख नयाँ रोजगारी सिर्जना भएको छ । जबकी जुन महिनामा ४८ लाख जनाले नयाँ रोजगारी पाएका थिए । ...
भारत प्रशासित कश्मीर र गुजरातको जुनागढ समेटेर पाकिस्तानले पनि गर्यो नयां नक्सा जारी,भारत तनावमा

भारत प्रशासित कश्मीर र गुजरातको जुनागढ समेटेर पाकिस्तानले पनि गर्यो नयां नक्सा जारी,भारत तनावमा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं। पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ। नयाँ नक्सामा भारत प्रशासित कश्मीर र गुजरातको जुनागढसमेत समेटिएको छ। पाकिस्तानको मन्त्रिपरिषद बैठकले मंगलबार देशको नयाँ नक्सालाई पारित गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन्। पाकिस्तानी सञ्चार माध्यम डनले पाकिस्तानी विदेशमन्त्री शाह महुमद कुरेशीको हवला दिँदै पाकिस्तानले पहिलो पटक पुरै कश्मीर र जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको उल्लेख गरेको छ। कुनैबेला स्वतन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अधिनमा छ। केही भाग भारतले कब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अकुपाई कश्मीर भन्दै आएको छ। र भारतले गत वर्षमात्र यहाँ विशेष दर्जा खारेज गरेर दुईवटा केन्द्र शासित राज्य बनाएको छ। अर्को भाग पाकिस्तानको कब्जमा छ। जसलाई भारतले पाकिस्तान अकुपाई कश्मीर भन्छ भने पाकिस्तानले स्वतन्त्र कश्मीर भन्छ। यहाँ छुट्टै ...