शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तराष्ट्रिय

कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल

कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कोपा अमेरिकाको फाइनल खेलमा ब्राजिल विरुद्ध अर्जेन्टिनाले १-०ले जित हासिल गरेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा भएको फाइनल खेलमा होम ग्राउन्डमै ब्राजिलले हार बेहोर्नु परेको छ । अर्जेन्टिना लाई अग्रता दिलाउँदै डी मरियाले खेलको २१ औ मिनेटमा गरेको सर्प्राइज गोलले नै अर्जेन्टिनालाई कोपा अमेरिकाको यो सिजनको बिजेता बनाएको हो । डी पाउलको पासमा एंगेल डी मारियाले गोल गरेका थिए । कोपा अमेरिकाको यस सिजनमा यो त्यस्तो पहिलो गोल साबित भएको छ जसमा मेस्सीले  कुनै योगदान गर्न पाएनन । यो बिजय संगै मेस्सीले २८ बर्ष पछी देशलाई बिजेता बनाएको जस पाउने छन । ...
कोरिया जाने श्रमिकका लागि कोभिड–१९ को बीमा गर्न कम्पनीलाई आह्वान

कोरिया जाने श्रमिकका लागि कोभिड–१९ को बीमा गर्न कम्पनीलाई आह्वान

अन्तराष्ट्रिय, समाचार
वैदेशिक  रोजगार  विभाग मातहतमा  रहेको  रोजगार  अनुमति  प्रणाली  (ईपीएस) कोरिया  शाखाले  पाँच  हजार  डलरको  कोभिड–१९  को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ । शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो । ईपीएस  सञ्चालन  तथा  व्यवस्थापन  निर्देशिका २०७३  को  दफा  २०  बमोजिम  दक्षिण  कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ । साथै शाखा कार्यालयले उक्त तोकेबमोजिमको बीमा प्रिमियमबापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा  प्रदान  गर्न  इच्छुक  बीमा  कम्पनीहरूले  साउन  ७ भित्र  कोरिया  शाखामा  सूचीकृत  संस्था &nb...
इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्ने

इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जारी युरो कप २०२० अन्तर्गत दोस्रो सेमी फाइनल खेलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ। इङ्ल्यान्डको घरेलु मैदान ‘वेम्बली’ मैदानमा भएको दोस्रो सेमी फाइनल खेलमा दुवै टोलीले शुरुवाती मिनेटदेखि नै निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। ६० हजार दर्शक माझ खेलिएको सो खेलमा डेनमार्कले अग्रता लिन सफल भयो। ड्यानीस युवा खेलाडी डाम्सगार्डले खेलको पहिलो गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। पहिलो हाफको ३०औं मिनेटमा डेनमार्कले पाएको ‘फ्रि-किक’लाई डाम्सगार्डले उत्कृष्ट तरिकाले गोलमा परिणत गरेका थिए। यस प्रतियोगितामा इङ्ल्यान्डले आफ्नो पोस्टमा हुन दिएको यो पहिलो गोल रह्यो। तर डेनमार्कको अग्रता १० मिनेटसम्म पनि टिकेन। घरेलु टोली इङ्ल्यान्डका कप्तान ह्यारी केनले खेलको ३९औं मिनेटमा शानदार ‘थ्रु बल’ निकाले। सोही बलमा बूकायो साकाले निकालेको क्रस ड्यान...
जारी युरो कप २०२० अन्तर्गत इटालीले बेल्जियमलाई २-१ गोलले पराजित

जारी युरो कप २०२० अन्तर्गत इटालीले बेल्जियमलाई २-१ गोलले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
जारी युरो कप २०२० अन्तर्गत शुक्रवार राती भएको दोस्रो क्वार्टर फाइनल खेलमा इटालीले बेल्जियमलाई २-१ गोलले पराजित गरेको छ। जर्मनीको म्युनिखस्थित ‘एलियान्ज एरेना’मा भएको खेलमा चार पटक विश्वकप विजेता इटालीले शानदार खेलको नमुना पस्कियो। पहिलो हाफको १३औं मिनेटमा नै इटालीले गोल गर्न पुगेको थियो तर लियोनार्डो बोनुचि अफसाइड हुँदा सो गोललाई ‘भी.ए.आर.’ले खारेज गरिदियो। त्यसपछि इटालीले खेलको ३१औं मिनेटमा पुनः गोल गर्यो। र यस पटक भने गोल मान्य पनि भयो। इटालियन मिडफिल्डर निकोलो बरेलाले शानदार फुटवर्क देखाउँदै सुन्दर गोल गर्दा इटालीले खेलमा अग्रता लियो। पहिलो हाफमा निकै बलियो देखिएको इटालीले ४४औं मिनेटमा अग्रता दोब्बर बनायो। इटालियन फरवार्ड लोरेन्जो इन्सिन्याले सोलो गोल गरे। उनले बेल्जियमका युरी तिलीमान्सलाई सजिलै बिट गरेर ‘डी-बक्स’ बाहिरबाट प्रहार गरेको शटले बेल्जियमको पोस्टको ‘राईट टप कर्नर’ च...
बेल्जियम क्वाटरफाइनलमा,पोर्चुगल बाहिरियो

बेल्जियम क्वाटरफाइनलमा,पोर्चुगल बाहिरियो

अन्तराष्ट्रिय, खेलकुद, समाचार
आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा साबिक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको छ भने साबिक विजेता पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । बेल्जियमका लागि खेलको ४२ औँ मिनेटमा थोर्गन हाजार्डले  गोल गरेका हुन् । यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । ...
विश्व बैंकको १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण नेपाललाई

विश्व बैंकको १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण नेपाललाई

अन्तराष्ट्रिय, समाचार
नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो। आइतबार भएको सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले यो सम्झौता अन्र्तगत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुर्नजिवन द...
अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा

अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
अस्ट्रियालाई पराजित गर्दै इटाली जारी युरो कपको अन्तिम आठमा पुगेको छ । शनिवार राती भएको खेलमा अस्ट्रियालाई २-१को गोल अन्तरले पराजित गर्दै इटाली क्वाटर फाइनलमा पुगेको हो । इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक एक गोल गरेका थिए भने अस्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काए का थिए । कडा र रोचक प्रतिस्पर्धा भएको खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो भने अस्ट्रियाले एक गोल फर्काउन सफल भयो । यससँगै इटाली क्वाटर फाइनलमा पुग्ने दोस्रो टिम बनेको छ भने अस्ट्रिया भने प्रतियोगिताबाट बाहिरिएको छ । ...
इटालीले वेल्सलाई १-० को अन्तरले पराजित

इटालीले वेल्सलाई १-० को अन्तरले पराजित

अन्तराष्ट्रिय, समाचार
युरोकपको आज आइतबार राती भएको खेलमा इटालीले वेल्सलाई पराजित गर्दै जित निकालेको छ । इटालीले वेल्सलाई १-०को अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफको अन्त्यमा इटालीले १-० गोलको अग्रता बनाएको हो । खेलको ३९ औँ मिनेटमा माटियो पेसीनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । ...
नेपाललाई तत्काल १४ लाख कोरोना खोप आवश्यक :डब्लुएचओ

नेपाललाई तत्काल १४ लाख कोरोना खोप आवश्यक :डब्लुएचओ

अन्तराष्ट्रिय, समाचार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नेपाल कार्यालयले नेपाललाई तत्काल १४ लाख कोरोना खोप आवश्यक परेको भन्दै विश्व समुदायलाई सहयोग गर्न आग्रह गरेको छ। डब्लुएचओका नेपाल प्रतिनिधि डा.राजेश पाण्डवले भिडियो सन्देश मार्फत पहिलो डोज लगाएर दोस्रो मात्रको प्रतीक्षामा रहेका १४ लाख नेपालीलाई खोप जरुरी भएको बताएका छन्। ६५ वर्ष उमेर माथिको उक्त समूह कोरोनाभाइरसको जोखिम वर्गमा रहेकाले तत्काल सहायताको जरुरी रहेको समेत डा.पाण्डवले जनाएका छन्। ...
जर्मनीले नेपाललाई रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने

जर्मनीले नेपाललाई रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने

अन्तराष्ट्रिय, समाचार
सङ्घीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो। नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको यहाँस्थित जर्मनीको राजदूतावासले जनाएको छ। नेपालका मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ। रासस ...