मोरक्कोमा भिषण बाढीपहिरोले २४ जनाकाे मृत्यु
मोरक्कोमा भिषण बाढीपहिरोले २४ जनाकाे ज्यान गएको छ। अविरल वर्षापछिकाे बाढीपहिरोमा परेर कम्तिमा २४ जनाको मृत्यु भएको हाे।देशको उत्तरतर्फ पर्ने तान्गिरमा सोमबार आएको बाढीमा परेर कम्तिमा पनि दुइ दर्जन बढी मानिसकाे मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
घटनास्थलबाट उद्धारकर्मीहरूले १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरेका छन् भने हराइरहेका र बाढीमा परेकाहरूकाे खोजी तथा उद्धारका प्रयासहरू जारी छ।
घटनामा कमदारहरू पनि परेका छन्। तर, उनीहरूको सङ्ख्या यकिन हुन नसकेको अधिकारीहरूको भनाइ छ।
...








