आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घट्यो

एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घट्यो

आर्थिक, समाचार
पछिल्लो एक साताबीचमा खाने तेलको मूल्य प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन बढाएका कारण मूल्य घटेको दाबी गरेको छ । महानिर्देशक पौडेलले तेल उद्योगी उत्पादक उद्योगमै पुगेर कच्चा तेलदेखि उत्पादन लागतसम्मको अनुगमन गरेर तेलको भाउ घटाउन सफल भएको दाबी गर्नुभयो । विभागले विभागका महानिर्देशक प्रकाश पौडेलकै नेतृत्वमा विभागका अनुगमन संयोजक संलग्न टोलीले देशका विभिन्न ठाउँमा सञ्चालित तेल उद्योगमा अनुगमन गरेको थियो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार बजारमा भटमासको तेल प्रतिलिटर २७० रुपियाँ र सूर्यमुखीको तेल ९सनफ्लो० प्रतिलिटर २७५ रुपियाँमा कारोबार हुँदै आएको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर २७० रुपियाँ पुगेको छ । यस्तै तोरीको तेल प्रतिलिटर ३२० रुपियाँमा कारोबार हुँदै आएको छ । यो मूल्यमा अहिले भने प्रतिलिटरमा २० देखि २५ रुपियाँ घटेको छ । ...
सर्वोच्च अदालतको कोभिड–१९ विरुद्धको खोप पत्रकारलाई प्राथमिकताका साथ दिन अन्तरिम आदेश

सर्वोच्च अदालतको कोभिड–१९ विरुद्धको खोप पत्रकारलाई प्राथमिकताका साथ दिन अन्तरिम आदेश

समाचार, समाज
सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आज समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र जनसमुदाय वा समूहमा पुग्नपर्ने वा जनसम्पर्कमा पुग्नुपर्ने वा जनसम्पर्कमा हुनुपर्ने भएकोले पत्रकारको कार्य प्रकृतिको विशेष परिस्थितिलाई समेत मध्यनजर गरी अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकता प्रदान गर्नू ।” आदेशमा पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो खोप पनि नलगाएकालाई कोभिडविरुद्धको खोप लगाउने आवश्यक व्यवस्था मिलाउनु भनिएको छ। अर्थसंसार डटकमका प्रधानसम्पादक तथा अधिवक्ता लिलानाथ घिमिरेले प्रधानम...
उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप, जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप, जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने

समाचार, समाज
काठमाडौं उपत्यकामा फेरि एक साता निषेधाज्ञा थपिएको छ। ३ वटै जिल्लाका सिडिओहरुको बैठकले निषेधाज्ञा असार १४ गते सम्म लम्ब्याउने निर्णय गरेको छ। अबको निषेधाज्ञा भने केहि खुकुलो हुने छ। उपत्यकामा जोर-बिजोर लागू गरेर निजी सवारी चल्न दिइने निर्णय भएको छ। यस्तै, ३ जना चढ्न पाउने गरी ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। असार ८ देखि निजी सवारी साधन जोरबिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय तीनै जिल्लाका प्रजिअहरुको बैठकले आइतबार साँझ गरेको हो। त्यसैगरी बारका आधारमा पसलहरु सञ्चालन गर्न दिने निर्णय भएको छ। 437Shares ...
इटालीले वेल्सलाई १-० को अन्तरले पराजित

इटालीले वेल्सलाई १-० को अन्तरले पराजित

अन्तराष्ट्रिय, समाचार
युरोकपको आज आइतबार राती भएको खेलमा इटालीले वेल्सलाई पराजित गर्दै जित निकालेको छ । इटालीले वेल्सलाई १-०को अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफको अन्त्यमा इटालीले १-० गोलको अग्रता बनाएको हो । खेलको ३९ औँ मिनेटमा माटियो पेसीनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । ...
आज सोमबारको राशिफल

आज सोमबारको राशिफल

राशिफल, समाचार
मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ । बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ । मीथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, ह प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्...
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो। पछिल्लो २४ घण्टामा ६६७७ जनामा पिसिआर परीक्षण गरिएकोमा १४२१ पोजेटिभ देखिएको थियो भने ४२४९ को एन्टिजेन परीक्षण गरिएकोमा १०२१ मा पोजेटिभ देखिएको थियो। कूल २ हजार ४ सय ४२ जना संक्रमित थपिएका छन्। देशभर पछिल्लो २४ घण्टामा २ हजार ४५६ जना कोरोनाबाट निको भएका छन्। त्यस्तै,५१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। आज थपिएका कोरोना संक्रममित मध्ये काठमाडौँमा ४५० , भक्तपुरमा २५ र ललितपुरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा ५२८ जना थपिएका छन्। हाल देशभर ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेकोमा ५१ हजार ८ सय ३३ जना होम आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै संस्थागत आइशोलेशनमा ३६ सय ९९ जनाको संस्थागत आइशोलेशनम...
महाकाली नदीमा पानीको बहाव यो यस वर्षकै उच्च

महाकाली नदीमा पानीको बहाव यो यस वर्षकै उच्च

समाचार, समाज
महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ। “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।” महाकालीमा आएको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी छ सोनाह परिवार विस्थापित भएका छन्। “विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ”, प्रनानि गुरुङले भने, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ। रु तीन अर्ब ६७ करोडको लागतमा निर्म...
असार ७ गतेपछि निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने

असार ७ गतेपछि निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने

समाचार, समाज
यही महिनाको दोस्रो हप्ताबाट आर्थिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा (स्मार्ट लकडाउन) कार्यान्वयनमा आउने भएको छ । कोभिड–१९ निर्देशक समिति बैठकले असार ७ गतेपछि ‘स्मार्ट लकडाउन’ लागू गर्न निर्देशन दिएको हो । यसको स्वरूप र प्रकृति कस्तो किसिमले बनाउने भन्ने कुराको जिम्मेवारी कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ९सीसीएमसी०लाई दिइएको छ । सीसीएमसी प्रमुख बालानन्द शर्मा स्मार्ट लकडाउन कस्तो हुने भनेर सम्बद्ध पक्षसँग छलफल भइरहेको बताउँछन् । सीसीएमसीमा आबद्ध एक उच्च अधिकारीका अनुसार मुलुकको आर्थिक क्षेत्रलाई चलायमान बनाई कोरोना सङ्क्रमण घटाउने रणनीति हो । निषेधाज्ञा कायमै रहेको अवस्थामा आवश्यक मापदण्ड अपनाई केही सेवा सञ्चालनमा ल्याउन सकिन्छ । उद्योग, कलकारखाना, गार्मेन्ट, सार्वजनिक यातायात, व्यापार व्यवसाय सञ्चालनका लागि स्वास्थ्य तथा सुरक्षा मापदण्ड, न्यूनतम जनशक्तिको परिचालन, व्यापार व्यवसायम...
राष्ट्रिय मानव अधिकार आयोगको बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगको बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह

समाचार, समाज
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी पीडितहरुको उद्धार र राहतमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बाढी, पहिराका कारण विस्थापित भएका परिवारलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन्।
काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने

काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने

आर्थिक, समाचार
काठमाडौं महानगरपालिकाले कोभिड – १९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ। बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोभिड – १९ बाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो। महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोभिड – १९ प्रभावितलाई करमा छुट दिइने बताएका हुन। सहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको सहकार्यमा महानगरपालिका क्षेत्रमा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। बहालमा बस्ने व्यक्तिहरूको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीहरूलाई घर बहाल रकममा १० प्रतिशत वा पच्चीस हजारमध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइने भएको छ। महानगरप...