सामलिङ्ग पावर कम्पनीको आईपीओ बिक्री खुला
सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आज (शुक्रबार)देखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ ।
कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ निष्काशन गरेको हो । निषेधाज्ञाका कारण स्थगित गरिएको कम्पनीको आईपीओमा आज (भदौ १८ गते) बाट पुनः खुला गरिएको हो ।
यसअघि कम्पनीले गत साउन २२ गतेबाट आयोजना प्रभावित प्रभावित क्षेत्रका बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भनेको थियो । तर कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय इलामले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएसँगै कम्पनीले साउन २० गते एक सूचना प्रकाशन गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आईपीओ निष्कासन स्थगित गरिएको थियो।
कम्पनीले आयोजना प्रभावित इलामवासीका लागि प्रतिसेयर १०० अंकित मूल्यका ५ लाख कित्ता आ...






