शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

Author: News Reporter

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी सङ्क्रमण मुक्त

नेपाल एयरलाइन्सका १४ उडान कर्मचारी सङ्क्रमण मुक्त

समाचार, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन्। विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू मेम्बर उपचारपछि घर फर्किएका हुन्। उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताइन्। कोरोना सङक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो। देशले खटाएको उद्धार उडानमा साहसिक...
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय

विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय पुगेको छ । विदेशमा १ सय ६० र नेपालमा ४० जनाको मृत्यु भएको छ । विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएर विदेशमा कूल मृत्यु १६० पुगेको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना र यूएईमा ५ जनाको निधन भएको हो । कतारमा ज्यान गुमाउने ८ जनामध्ये २ जनाको निधन हुनु भन्दा पहिला कोरोना पुष्टि भएको र बाँकी ६ जनाको निधन पछि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य समितिले जनाएको छ । शनिवार साँझ सम्म विदेशमा मात्र १४ देशमा १ सय ६० जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य समितिका संयोजक सापकोटाले डिसीनेपाललाई बताए । समितिका अनुसार २० देशमा रहेका नेपालीहरु पूर्ण रुपमा कोरोना मुक्त भएका छन् । संघका अनुसार विदेशमा जम्मा कोराना...
नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित,अर्को बैठक साउन ६ गते

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित,अर्को बैठक साउन ६ गते

राजनीति, समाचार
काठमाडौं ,४ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिएका छन् । स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ । ...
अभिनेत्री नितु सहित ११ जना नेपालीलाई प्रख्यात अन्तर्राष्ट्रिय पीस अवार्ड

अभिनेत्री नितु सहित ११ जना नेपालीलाई प्रख्यात अन्तर्राष्ट्रिय पीस अवार्ड

समाचार, समाज
काठमाण्डौँ, साउन,  दक्षिण अफ्रिकाका बिश्व विख्यात नेता नेल्सन मण्डेलाको जन्मदिनको अवसर पारेर आज जुलाई १८ का दिन वितरण गरिएको इन्टरनेशनल पीस अवार्ड–२०२० बाट १२ जना नेपालीलाई पनि पुरस्कृत भएका छन् । जसमा कलाकार, पत्रकार र समाजसेवी रहेका छन । वर्ल्र्ड कनेक्ट डेभ्लप्मेन्ट तथा पीस अफ इन्डियाले यी नेपालीहरुलाई आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापत सो पुरस्कारले पुरस्कृत गरेको हो । हालै चलेको बिषम परिस्थितिका कारण अनलाइनबाटै भर्चुयल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको कुरा सम्मानित मध्यकी एक नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालबाट प्रतिनिधित्व गर्दै आएकी नितु कोइरालाले जानकारी गराउनु भयो । कार्यक्रममा सो अवार्ड समारोहलाई पिस अफ इन्डियाका संस्थापक अध्यक्ष बिशाल भारद्वजले सम्बोधन गर्नु भएको थियो । पुरस्कृत हुनेहहरुमा नेपालकी महिला संगीतकार रेखा पौडेल, अभिनेत्...
मल्टी सिस्टम अपरेटरहरुको छुट्टै एशोसिएसन खुल्यो

मल्टी सिस्टम अपरेटरहरुको छुट्टै एशोसिएसन खुल्यो

आर्थिक, समाचार
काठमाडौं । मल्टी सिस्टम अपरेटरहरुको छुट्टै एशोसिएसन खुलेको छ । देशभर सञ्चालित डिजिटल टेलिभिजन लगायतका विभिन्न सेवाहरु दिँदै आएका अपरेटरहरुले शुक्रबार आयोजित पत्रकार सम्मलेलनमार्फत् ‘डिजिटल टिभि अपरेटर्स एशोसिएसन अफ नेपाल’ नामको छुट्टै संघको गठन गरिएको हो । उक्त संघमा हाल सञ्चालनमा रहेका सबैजसो डिजिटल टेलिभिजन अपरेटर्सहरुको सहभागिता रहने जनाइएको छ । शुक्रबारको कार्यक्रममार्फत् घोषणा गरिएको उक्त संघको तदर्थ समितिमा डिसहोमका सुदीप आचार्य अध्यक्ष तोकिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले पहिलेदेखि नै मल्टिसिस्टम अपरेटरहरुको छुट्टै संस्थाको आवश्यकता महशुस गरेको भएपनि पछिल्लोपटक भारतीय टेलिभिजनहरुले नेपालको विरुद्धमा अनर्गल प्रचार गरेपछि ती टेलिभिजन बन्द गर्ने क्रममा यसको आवश्यकता थप महशुस हुँदै गएको बताए । उनले यो संघले मल्टी अपरेटरहरुको हितको लागि सरकारसँग पहल गर्ने...
भीष्मराजको आमामा समर्पण गीत ‘जूनसरी विलाई गयौं’ सार्वजनिक (भिडियोसहित)

भीष्मराजको आमामा समर्पण गीत ‘जूनसरी विलाई गयौं’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं,  नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ । विक्रम थापाको सङ्गीत, विसन मानन्धरको सङ्गीत संयोजन र स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘जूनसरी बिलाई गयौं ’को लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्- ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’ त्यसैगरी गायक स्वरुप राज आचार्य भन्छन्- ‘मैले मेरो २५ वर्षे साङ्गीतिक यात्रामा सयौं गीतहरु गाएँ । म सधै गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्...
लेखा अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

लेखा अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

अपराध, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित एक लेखा अधिकृतलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पाखरेललाई सेवाग्राहीबाट ६५ हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । पोखरेलले नगरपालिकाको शिक्षा शाखाबाट कक्षा ८ को परीक्षा सञ्चालनमा भएको खर्चको फरफारक गरी भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । सेवाग्राहीले दिएको निवेदनका आधारमा आयोगको इटहरिस्थित कार्यालयबाट खटिएको टोलीले पोखरेललाई उपमहानगर ६ वीपी चोकबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ । ...
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि

बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि

अपराध, समाचार
बन्दाबन्दी समयमा दाङमा बलात्कारका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दाङले बिहीबार प्रतिवेदन सार्वजनिक गर्दै तीन महिना २० दिनका अवधिमा बलात्कारका ३२ घटना भएको जनाएको छ । इन्सेक जिल्ला प्रतिनिधि जेएन सागरका अनुसार बलात्कारका घटनाबाट जिल्लामा ४० महिला पीडित भएका छन् । सन् २०१९ को पहिलो ६ महिनामा बलात्कार तथा बलात्कार प्रयासका ४२ घटना भएका थिए । इन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा बितेको ६ महिनामा जिल्लामा गैरकानूनी रुपमा ३५ जना पक्राउ परेका छन् । यस्तै गत ६ महिनामा बालविवाह र तोडफोड तीन/तीन, हत्या– बोक्सी आरोप – घर निकाला – जातीय भेदभाव–तालाबन्दी एकएक, बन्दहड्ताल र आत्महत्या दुरुत्साहन दुई /दुई, सम्पत्ति आगजनी चार, धम्की तथा कुटपीट नौ र दुव्र्यवहारसम्बन्धी पाँच घटना भएको इन्सेकले जनाएको छ । ...
पहिरो खस्दा तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

पहिरो खस्दा तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

समाचार, समाज
सिद्धार्थ राजमार्गमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि तानसेन-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। पाल्पाको तानसेन-८, गौडेपुलमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिए। वर्षा भइरहेकाले अहिले पनि पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। वर्षा भइरहेको र पहिरो खसिरहेकोले पहिरो पन्छाउन समस्या भएको हो।रासस ...
गायिका ईन्दिराको स्वर तथा अभिनेत्री नितु अभिनित ‘‘नाचौं गाऔं रमाऔं’’ सार्वजनिक (भिडियो)

गायिका ईन्दिराको स्वर तथा अभिनेत्री नितु अभिनित ‘‘नाचौं गाऔं रमाऔं’’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दिराको यस अघिका गीतहरु पनि चर्चामा रहेको थियो । गीतको भिडियोमा नेपालमात्र नभै भारतमा समेत थुप्रै अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित भै चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य रहेको छ । https://www.youtube.com/watch?v=YuW1mXkApVY&feature=share&fbclid=IwAR0t54d-1R0cVvUP38BfKd9w4PWapx4JJLiEo58Xe8OOhDkqrgw7Dq_buNQ जागरण महिला समाज समुहको आयोजन तथा निर्देशक तथा वरिष्ठ सिनेम्याटोग्राफर राजु के सीको सहय...