शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

Author: News Reporter

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ११ जना बेपत्ता

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ११ जना बेपत्ता

समाचार, समाज
संखुवासभा । केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन । संखुवासभाका डीएसपी नवराज मल्लका अनुसार त्यस क्षेत्रमा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने । मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ । ...
कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
रियो डे जानेरो- विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ । गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ । ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुदै आएको छ । ...
जाजरकोटकाे बारेकोटमा पहिराेले घर बगाउँदा १२ बेपत्ता

जाजरकोटकाे बारेकोटमा पहिराेले घर बगाउँदा १२ बेपत्ता

समाचार, समाज
 बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उहाँकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन्। त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन्। त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए। घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए।...
चर्चित गायक प्रकाश सपूतको ‘नमस्कार’बोलको गीत सार्वजनिक (भिडियो सहित)

चर्चित गायक प्रकाश सपूतको ‘नमस्कार’बोलको गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। लोकप्रिय गायक प्रकाश सपूत नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘नमस्कार’बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा प्रकाशको शब्द, संगीत र स्वर छ। भिडियोमा प्रकाशकै मुख्य अभिनय छ। भिडियोलाई प्रकाशका भाई देबेन्द्र बब्लुले निर्देशन गरेका हुन्। भिडियोमा अनिल के. मानन्धरको छायाँकन, प्रविण भट्टको सम्पादन छ। प्रकाशले यो गीतलाई परिस्थितिको गीत भनेका छन्। उनी भन्छन् ‘कोरोना नआएको भए र लकडाउन नभएको भए यो गीत बन्ने नै थिएन्।’ प्रकाश गीतका शब्दहरुले जिवनप्रती सकारात्मक उर्जा प्रदान गर्दै हरेक समयमा, हामीसंग जे छ त्यसमै खुशी रहन प्रेरित गर्ने बताउँछन्। हेर्नुहोस् भिडियो : https://www.youtube.com/watch?v=1RAx6TBWSTg&feature=emb_logo ...
अभिविन्द र वर्षा अभिनित छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (भिडियो सहित)

अभिविन्द र वर्षा अभिनित छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं। सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक गरिएको छ। चलचित्र बिहीबार ‘द सेलिब्रेटी टाइम्स’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। यस छोटो चलचित्रमा शीर्ष भुमिकामा अभिविन्द खनिया र वर्षा भण्डारीको अभिनय हेर्न सकिन्छ। त्यस्तै अनिकेत अधिकारी र प्रख्यात घिमिरेले समेत यसमा अभिनय गरेका छन्। कोरोना भाइरस (कोभिड -१९)को संक्रमण रोक्न गरिएको लकडाउनका कारण एक मध्यमवर्गीय युवामा परेको आर्थिक समस्यालाई छोटो चलचित्रमार्फत देखाउन खोजिएको छ। चलचित्रले सहरमा डेरा गरी बस्ने अधिकांश युवाको अहिलेको समस्या बोलेको छ। ‘लक डाउन’लाई निमा शेर्पाले छायांकन तथा सम्पादन गरेका हुन। ...
‘ज्योतिषी’ अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

‘ज्योतिषी’ अर्जुन क्षेत्री ठगी आरोपमा पक्राउ

अपराध, समाचार
काठमाडौं । आफूलाई ज्योतिषी बनाउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको अभियोगमा क्षेत्री पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ परेको हो । आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने आफूले क्षेत्री पक्राउबारे जानकारी आइनसकेको बताउँदै बुझिरहेको बताएका छन् । एक प्रहरी अधिकृतका अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा क्षेत्री पक्राउ परेका हुन् । ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा उनी यस अघि २१ जेठ २०७६ मा पनि पक्राउ परेका थिए । ...
कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

कोरोना महामारीमा रोटरी र रोट्रयाक्ट क्लबको सहयोग

समाचार, समाज, स्वास्थ्य
काठमाडौं, २५ असार - कोरोना भाइरसको महामारीको समयमा रोटरी क्लब अफ काठमाडौं मिड टाउन र पिए नेपालको संयुक्त आयोजनामा रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउनले सोर्हखुट्टे, काठमाडौं क्षेत्रका करिब ३ सय व्यक्तिको लागि खाना तयार पारेर वितरण गरेको छ । कार्यक्रमको मुख्य अभिप्राय नै सहयोग गर्ने भएकाले यसका लागि "हेल्पिंग हाण्ड" अर्थत "सहयोगी हात" नाम दिईएको छ । यस अन्तर्गत, स्वयंसेवकहरूले खाना तयार पार्ने, खाद्य पदार्थको प्याकेजिंग गर्ने र परिसर सफा गर्ने काम १० दिनसम्म गरेका थिए । यस कार्यलाई सफल पार्नेको लागि रोट्रयाक्ट क्लब अफ बुढानिलकण्ठ, रोट्रयाक्ट क्लब अफ काठमाडौं, रोट्रयाक्ट क्लब अफ कुपन्डोल, रोट्रयाक्ट क्लब अफ स्वयम्भु , रोट्र याक्ट क्लब अफ पीपुल्स क्याम्पस र रोट्रयाक्ट क्लब अफ काठमाडौं विश्वविद्यालय मेडिकल स्कूलको योगदान रहेको छ । रोट्रयाक्ट क्लब अफ काठमाडौं मिड टाउन धेरै किसिमका सामाजिक का...
आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे उज्जैनबाट पक्राउ

आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबे उज्जैनबाट पक्राउ

अन्तराष्ट्रिय, अपराध, समाचार
भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ । उज्जैनको महाकाल मन्दिरबाट विकास दुबेलाई पक्राउ गरिएको बताइएको छ । विकास दुबे महाकाल मन्दिरमा पुगेको सूचना कुनै स्रोतले दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो । भारतीय समाचार माध्यम दैनिक भास्करका अनुसार महाकाल मन्दिरको सुरक्षा समूहले उनलाई संदिग्ध ठानेर पक्राउ गरेको थियो । त्यसपछि महाकाल थानाले प्रहरीलाई सूचना दिए । यद्यपि, विकास महाकाल मन्दिर परिसरमा पुगेर आफू विकास दुबे हुँ भन्दै चिच्याएको पनि केहीले बताएका छन् । मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले विकास मध्यप्रदेशको हिरासतमा भएको जानकारी दिँदै उनलाई कसरी पक्राउ गरियो भन्नेबारे केही जानकारी दिनु ठिक नभएको बताए । प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो । उत्त...
साउन १ गतेदेखि स्कूल बन्द गर्ने निजी विद्यालयको चेतावनी

साउन १ गतेदेखि स्कूल बन्द गर्ने निजी विद्यालयको चेतावनी

शिक्षा, समाचार
काठमाडौ- निजी विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले सरकारलाई असार मसान्तसम्मको म्याद दिएका छन् । ३ दिनअघि सरोकारवालासँग भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तत्काल आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । मन्त्रीको आग्रहलाई स्वीकारेका प्याब्सन र एनप्याब्सनले अहिले मन्त्रालयको निर्णय कुरेर बसिरहेका छन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारको निर्णयको प्रतीक्षामा रहेको जानकारी गराउँदै अब धेरै दिन कुर्नुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘हामी सरकारले के निर्णय गर्छ प्रतीक्षामा छौं, यदि माग पूरा नभए असार मसान्तपछि पूर्ण बन्द गर्नुको विकल्प छैन ।’ शिक्षा मन्त्रालयले भने निजी विद्यालयको जायज मागको विषयमा छलफल गरी उपप्रधान तथा रक्षामन्त्री संयोजक रहेका कोभिड उच्चस्तरीय समितिमा सिफारिस गर्ने तयारी गरेको छ । ...
नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित

राजनीति, समाचार
आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्मका लागि स्थगित भएको छ ।अर्को बैठक असार २६ गते बिहान ११ बजे बस्ने नेकपा नेता सूर्य थापाले बताए ।यसअघि यही असार २० गतेलाई बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पुनः २४ गतेसम्मका लागि स्थगित भएको थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएको बताइएको छ । अध्यक्षद्धयले विवाद निकासका लागि सहमतिको सुत्र खोजिरहेका छन ।गत असार ११ देखि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक आन्तरिक विवादका कारण अहिलेसम्म टुंगिएको छैन ...