आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
कुवेर तामाङ्गको निर्देशनमा‘पछ्यौरीको फर्को’सार्वजनिक(भिडियो)

कुवेर तामाङ्गको निर्देशनमा‘पछ्यौरीको फर्को’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । चर्चित फोटोग्राफर कुवेर तामागं पछिल्लो पटक म्यूजिक भिडियो निर्देशनमा समेत व्यस्त हुन थालेका छन । एक पछि एक सफल भिडियो निर्देशन गर्दै आईरहेका कुवेरको निर्देशन अर्को गीत राज केसी र जेसिका केसीको स्वरमा ‘पछ्यौरीको फर्को’ सार्वजनिक भएको छ । ह्यारी महर्जन र दिपशन डंगोलको छायांकन रहेको भिडियोलाई संजय अधिकारीले सम्पादन गरेका छन । https://youtu.be/QJDEVgMPGns चकलेटी नायकको उपमा पाएका मोडल संजित भण्डारीको मुख्य अभिनय रहेको उक्त भिडियोमा उनलाई मोडल कंचन र प्रार्थनाले नृत्यमा साथ दिएका छन । नायक संजित अभिनित आंधी तुफान २ शहरका विभिन्न हलहरुमा भव्य प्रर्दशन भैरहेको छ भने नेपालमा एकै चलचित्रबाट अभिनयमा सर्वाधिक अवार्ड जित्ने नायकको रुपमा समेत उनले परिचय स्थापित गरेका छन । उनी अभिनित पछिल्ला म्यूजिक भिडियोहरु सफल भएका छन ।सनिश परियारको शव्द संगीतमा तयार गीत रमेश सुवेलीले कम्पोज गरेका...
मण्डिखटारमा वृहत सरसफाई कार्यक्रम

मण्डिखटारमा वृहत सरसफाई कार्यक्रम

समाचार, समाज
बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ को आयोजनामा ९ नं. वडा भित्र वृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । मण्डिखटार स्थित कुमारी युवा क्लब तथा अहमदिया संघ नेपालको सहकार्यमा ९ नं. वडा भित्रका विभिन्न स्थानमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । ”वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दर सफा हरित नेपाल हाम्रो अभियान”भन्ने नाराकासाथ सर सफाई कार्यक्रमको आयोजना गरिएको जानकारी युवा समाजसेवी रामचन्द्र गौतमले जानकारी दिए । अभियानमा वडावासी,समाजसेवी लगायतको वाक्लो उपस्थिती रहेको थियो । ...
राजु केसी निर्देशित ‘उर्वशी’ फाल्गुन २ मा सार्वजनिक हुदै

राजु केसी निर्देशित ‘उर्वशी’ फाल्गुन २ मा सार्वजनिक हुदै

मनोरन्जन, समाचार
भक्तपुर । वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा ‘उर्वशी’ बोलको गीतको भिडियो सार्वजनिक हुने तयारीमा रहेको छ । भक्तपुरमा हिजो आयोजित प्रिमियर कार्यक्रममा उक्त जानकारी दिईएको हो । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा आयोजित उक्त प्रिमियर समारोहमा पत्रकार,निर्माण युनीट लगायतको उपस्थिती रहेको थियो । संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो । ‘ओएसआर डिजिटल’बाट सार्वजनिक गरिने तयारीमा रहेको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ ।रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन । प्रमोद खरेलको स्वर रहेको  'उर्वशी' को भिडियोले 'माया भनेको सवल मान्छेको मात्र हुदैन 'भन्ने सन्देश दिएको र भ...
संचार क्षेत्रमा पनि ब्यापक सुधारको खाँचो

संचार क्षेत्रमा पनि ब्यापक सुधारको खाँचो

समाचार, समाज
-डा.डिआर उपाध्याय, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही दिन अघि भब्य पत्रकार सम्मेलन आयोजना गरेका थिए । मैले त्यति ठूलो भब्य पत्रकार सम्मेलन अहिले सम्म देखेको थिएन । पत्रकार र क्यामराको भिड मात्र देखिन्थ्यो । जव लामिछाने मूलधारका मिडिया र पत्रकार बिरुद्ध खनिए त्यसले तरंग ल्याइदियो । कान्तिपुरका मालिक देखि अन्नपूर्णका मालिक लगायत पत्रकार समेत गरि १२ भाइको खेदो खने । ऋषि धमलालाई जोक्कर समेत भन्न भ्याए । लामिछानेले बोलेका कुराको तरंग अझै सेलाएको छैन । रविको पक्ष र बिपक्षमा मत जाहेर गर्नेको कुनै कमी छैन । पत्रकार महासंघले प्रेस स्वतन्त्रता माथिको प्रहार भन्दै बिज्ञप्ती नै निकाल्यो । पत्रकार सम्मेलनमा रबि आर्कोशमा आए । आर्कोशमा नआइ नम्र भएर बोलेको भए राम्रो हुन्थ्यो । त्यति अडकल उनमा भएन । रबि साहसि र आँटीला ब्यक्ति हुन । रबिले १२ भाई बिरुद्ध लगाएको आरोपका ब...
प्राञ्जल पोखरेलको स्वरमा ‘समय’(भिडियो)

प्राञ्जल पोखरेलको स्वरमा ‘समय’(भिडियो)

मनोरन्जन, समाचार
प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिनुभएको छ । https://youtu.be/Dmgfwx7hiNo योगेश शाक्यको छांयकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ । प्रेम दिवसमा आफ्नो प्रेमीलाई प्रोपज गर्न तयार भएको युवतीले अर्कै युवालाई प्रपोज गरेपछिको घटनाक्रम भिडियोको कथामा वस्तु उनिएको छ । यथर्था घटना के हो भन्ने विषयमा भने सस्पेन्स राखिएको भिडियो निकै राम्रो बनेको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । रुपन्देहीको भैरहवमाका स्थायि बास...
विश्व कीर्तिमानी डा.उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईको विशेष सम्मान

विश्व कीर्तिमानी डा.उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईको विशेष सम्मान

अन्तराष्ट्रिय, समाचार
मुम्बई, २०७९ माघ २७ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा। डीआर उपाध्यालाई संयुक्त नेपाली महासंघ मुम्बईले विशेष सम्मान गरेको छ । उहाँलाई एक विशेष समारोहबीच नेपाली महासंघले विशेष सम्मान गरेको हो । संयुक्त नेपाली महासंघ मुम्बईले उहाँलाई ‘विश्व कीर्तिमान अद्भुत व्यक्तित्व सम्मान’ बाट विभुषित गरेको हो । बहुआयामिक व्यक्तित्वका धनी प्रसिद्धि गीतकार तथा उपन्यासकार डा. उपाध्यायले आफ्ना सिजर्नामार्फत विश्वमा नेपाल चिनाउन सफल हुनुभएको विषय हामी सबैका लागि गौरवको कुरा भएकोले उहाँलाई सम्मान अर्पण गरिएको महासंघका अध्यक्ष धिर रावलले बताउनुभयो । ‘एउटा स्रष्टा मात्र नभएर हाम्रो राष्ट्रिय धरोहरका रुपमा रहनुभएको अद्वितिय व्यक्तित्वलाई मुम्बईमा सम्मान गर्न पाउँदा हामी हर्ष विभोर भएका छौ’, अध्यक्ष रावलको भनाइ थियो । यस्तै डा .उपाध्यायलाई महासंघले आफ्नो आजिवन मानर्थ सदस्य पनि प्रदान गरेको छ ...
गीतकार निरकमल खड्काको‘समिपै पाए’सार्वजनिक(भिडियो)

गीतकार निरकमल खड्काको‘समिपै पाए’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गीतकार निरकमल खड्काको ‘समिपै पाए’बोलको गीत सार्वजनिक भएको छ। खड्काको शब्द तथा सुवानी मोक्तानको स्वर रहेको उक्त गीत व्ल्यु लोटस ईन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा वरिष्ठ तथा चर्चित संगीतकार शिला वहादुर मोक्तानको संगीत दिएका छन् भने एरेन्ज पनि उनकै रहेको छ । उषा उप्रेती र दिपकराज विश्वकर्माको अभिनय रहेको गीत खड्काको यो बर्षकै दोश्रो सांगीतिक कोसेलीका रुपमा सार्वजनिक भएको हो । https://youtu.be/VKwkmDxsckQ राजिव शाहको मिक्सिङ रहेको यो गीतको भिडियो निशल पौडेलले खिचेका हुन भने भिडियो निर्देशन भने युवराज वाईवाले गरेका छन् । विदेशमा रहेर नेपाली संगीतमा योगदान गरिरहेका खड्काको यस अघि भुल्न गाह्रो भो,कहाँ राँखु प्रिय,नक्कली कान्छी लगायतका गीत सार्वजनिक भइसकेका छन् । ...
किरन,रानु, श्रेया र साक्षीको ‘मोया पिडालु’मा सोनीत ढुंगेल(भिडियो)

किरन,रानु, श्रेया र साक्षीको ‘मोया पिडालु’मा सोनीत ढुंगेल(भिडियो)

मनोरन्जन, समाचार
माया कहिले दयालु हुन्छ त कहिले पिडालु अर्थात् पीडादायी पनि हुँदो रहेछ। ८० वर्षीय वृद्ध माता सीता देवी ढुंगेलको शब्द रचना साथै संगीतकार संकेत अगस्तीको संगीतमा रहेको यो गीतमा किरण भुजेल, रानु निरौला, श्रेय अगस्ती र साक्षी अगस्तीले स्वर दिएका छन्। सोनित राज ढुंगेल, अतीत निरौला, प्रिया गोले र निक्की शाहीको मुख्य भूमिका रहेको यो गीतको रेकर्डिङ फील स्टुडियोमा भएको छ र यस गीतको मिक्सिङ मास्टरिङ कुमार केसीले गरेका हुन्। यस म्युजिक भिडियोको सम्पादन निराजन केसी र छायांकन दिनेश पराजुलीको रहेको छ भने निशान एसकेले यो म्युजिक भिडियोको निर्देशन गरेका छन्। https://www.youtube.com/watch?v=gTDIw6_f3J8 यो गीत प्रणय दिवसको अवसरमा हरेक मायाप्रेममा परेका जोडीलाइ एउटा उपहार स्वरूप पस्किने मोया पिँडालु टीमको भनाइ रहेको छ। यो गीत आज OSR Digital बाट रिलिज भएको छ। यो म्युजिक भिडियोलाइ धेरै श्रोतामाझ पुर्...
युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र

युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र

मनोरन्जन, समाचार
चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय व्यवस्थापनको जिम्मा एनआरएन युएईले लिएको छ भने सास्कृतिक कार्यक्रमको जिम्मा अन्तराष्टिय कलाकार समाज( इनास) युएइ ले गरेको छ। कार्यक्रम व्यवस्थित गर्न एनआरएन युएईको सहकार्यमा अन्तर्राष्ट्रिय कलाकार समाज(इनास) युएई, नेपाली समाज युएई, नेपाल आदिवासी जनजाति महासंघ युएई, नेपाल पत्रकार महासंघ युएईलगायत युएईमा क्रियाशील नेपाली संघसंस्थाहरूको सहभागिता रहने गरी मूल आयोजक समिति निर्माण गरिएको अन्तर्राष्ट्रिय कलाकार समाज(इनास )युएईका अध्यक्ष एम. डी. बोहोराले जानकारी दिए । कार्यक्रमको पहिलो दिन युएईको देइरामा रहेको स्टार सिनेमामा कबड्डी कबड्डी– ४ फिल्म प्रदर्शन हुनेछ । दोस्रो दिन दुबईको होलिडे इन होटेलको सभा हलमा नेपाली से...
सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक

सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं । जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ । २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनु भयो । https://www.youtube.com/watch?v=-StmC9g9yoI प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क ‘मा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ । नविन डाँगी निर्माण निय...