बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ को आयोजनामा ९ नं. वडा भित्र वृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । मण्डिखटार स्थित कुमारी युवा क्लब तथा अहमदिया संघ नेपालको सहकार्यमा ९ नं. वडा भित्रका विभिन्न स्थानमा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।

”वातावरण स्वच्छ राख्ने हाम्रो अभियान,सुन्दर सफा हरित नेपाल हाम्रो अभियान”भन्ने नाराकासाथ सर सफाई कार्यक्रमको आयोजना गरिएको जानकारी युवा समाजसेवी रामचन्द्र गौतमले जानकारी दिए । अभियानमा वडावासी,समाजसेवी लगायतको वाक्लो उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here