आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
कम जिम्मेवारी दिदा महिलाहरुलाई आर्थिक रुपमा सफल हुन समस्या  : उर्मिला श्रेष्ठ

कम जिम्मेवारी दिदा महिलाहरुलाई आर्थिक रुपमा सफल हुन समस्या : उर्मिला श्रेष्ठ

आर्थिक, समाचार
बिर्तामोड — चैत्र १३ । नेपाल महिला चेम्बरका केन्द्रीय अध्यक्ष उर्मिला श्रेष्ठले महिलाहरुलाई कम जिम्मेवारी दिने गरिएकाले आर्थिक रुपमा सफल हुन समस्या आएको बताएकी छन । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा गठन कार्यक्रम माझ उनले उक्त धारणा राखेकी हुन । अध्यक्ष श्रेष्ठले महिलाहरु समेत व्यवसायमा लाग्नुपर्ने बताईन । उनले भनिन्, ‘अब महिलाहरु व्यवसायमा लाग्नुपर्छ र पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभई सबल र सक्षम हुन आवश्यक छ ।’ अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको जानकारी गराएकी थिईन । कार्यक्रममा चेम्बर अफ कमर्स, १ नम्बर प्रदेश का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर वा श्रीमानको व्यापार व्यवसायमा साथ दिएर पनि महिला अब सशक्तिकरणका निम्ती जाग्ने बेला आएको बताए...
लगानी सम्मेलनबाट जलविद्युत् क्षेत्रमा साढे १२ खर्ब जुटाउने

लगानी सम्मेलनबाट जलविद्युत् क्षेत्रमा साढे १२ खर्ब जुटाउने

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १३ । सरकारले काठमाडौंमा हुने लगानी सम्मेलनबाट जलविद्युत् क्षेत्रमा मात्र साढे १२ खर्ब रुपैयाँ लगानी जुटाउने तयारी गरेको छ । लगानी बोर्डले सरकारी ठूला ८ आयोजना र निजी क्षेत्रबाट प्रस्तावित ११ वटा विद्युत् आयोजना वैदेशिक लगानीकर्तासमक्ष प्रस्तुत गरेर उक्त परिमाणमा लगानी जुटाउने लक्ष्य राखिएको हो । ती आयोजनाको कुल जडित क्षमता ६ हजार २ सय मेगावाट हो । सम्मेलन आउँदो शुक्रबार र शनिबार हुँदै छ । लगानी बोर्डले ८ वटा सरकारी जलविद्युत् आयोजना विकास गर्न करिब १० खर्ब रुपैयाँ चाहिने अनुमान गरेको छ । ती ८ आयोजनाको कुल जडित क्षमता ५ हजार १ सय १५ मेगावाट हो । ती आयोजनामध्ये ६ वटा जलाशययुक्त तथा दुइटा फुकोट कर्णाली र लोअर अरुण नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका आयोजना हुन् । ८ आयोजनामध्ये ६ वटा ५ सय मेगावाटभन्दा बढी क्षमताका छन् भने फुकोट कर्णाली र नलसिंगाढ आयोजना ५ सय भन्...
उदयपुरमा श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमानलाई तीन बर्ष कैद

उदयपुरमा श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमानलाई तीन बर्ष कैद

अपराध, समाचार, समाज
उदयपुर— चैत्र १३ । एक श्रीमानले श्रीमतीलाइलाई बलात्कार गरेको अभियोगमा उदयपुर जिल्ला अदालतले तीन बर्ष कैद सजायको फैसला गरेको छ । मुलुकी ऐन जबर्जस्ती करणीको महल ३ (६) मुलुकी अपराधऐन२०७४ को २१९ कोउपदफा ४ मा ब्यबस्था भय बमोजीम ३बर्ष कैदको फैसला जिल्ला न्यायाधीश तेजेन्द्र प्रसाद शर्माको इजलासले ४५ बर्षिय एक जनालाई सुनाएको हो । ३८ बर्षीया पत्नीलाई इच्छा विरुद्ध करणी गरेको कसुर ठहर गरेको हो । २०७५ साल साउन २१ गते आफ्नी श्रीमतीको ईच्छा विरुद्ध पटक पटक करणी गरेको र ७ बर्षीया छोरीलाई समेत यौन दुर्व्यवहर गरेको भन्दै २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यलय उदयपुरमा जाहेरी परेको थियो । आरोपितलाई प्रहरीले ५ गते नै पक्राउ परी अनुसन्धान थालेको थियो । आमा–छोरी दुबैलाइ स्वास्थ्य परिक्षण गरेको थियो । कसुरदारलाइलाई भदौ ३१ गते नै पुर्पक्षका लागि थुनामा राख्ने निर्णय दिएको थियो । छोरीको बिषयमा भन...
शिक्षक नै खोस्छन् छात्राको प्याड

शिक्षक नै खोस्छन् छात्राको प्याड

शिक्षा, समाचार, समाज
काठमाडौँ — चैत्र १३ । पञ्चदेवल विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारो पर्ने हो कि भन्ने डरले उनलाई सताएको थियो । अर्कोतिर बाहिर डेरा गरेर बस्नुपर्ने भएकाले खर्चको समस्या उस्तै थियो । ‘परिवारबाट टाढा हुँदा मनमा चिन्ता लागेको छ,’ उनले भनिन्, ‘खर्च जुटाउन पनि निकै अप्ठ्यारो भयो । ऋण गरेर आमाले ७ हजार जुटाइदिनुभयो र परीक्षा दिन आएँ ।’ परीक्षाका बेला महिनावारी हुने डर कुइकाकै देवसरा अधिकारीलाई बिरानो ठाउँमा अर्काको घरमा बस्नुपर्दा महिनावारी भए कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले सुरुदेखि नै सताएको थियो । आखिर जे डर थियो, त्यही भयो । ‘परीक्षा सुरु भएको १५ मिनेटमै म महिनावारी भएँ । प्याड खल्तीमा बोकेरै लगेकी थिएँ ।...
‘एक घर, एक धारा’ जडानको अभियानपछि सेनाद्वारा सार्वजनिकस्थलमा धारा निर्माण, पर्यटकलाई सहज

‘एक घर, एक धारा’ जडानको अभियानपछि सेनाद्वारा सार्वजनिकस्थलमा धारा निर्माण, पर्यटकलाई सहज

समाचार, समाज
पाल्पा— चैत्र १३ । ‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिकस्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा सार्वजनिक धारा निर्माण गरेको छ । गोरखदल गणले करीब दुई महिनामा दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेको हो । नेपाली सेनाको तानसेनस्थित गोरखदल गणले तानसेनस्थित पाल्पा दरबार सङ्हग्रालय नजिकै टुँडिखेलमा ठूलो क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेसँगै मिनरल बोतलको महङ्गो पानी किनेर पिउनुपर्ने बाध्यता हटेको हो । पाल्पाको तानसेन पर्यटकीय नगरीका रूपमा रहेकाले पर्यटकको आवतजावत भइरहने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नेपाली सेनाले दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेपछि खानेपानीका लागि सहज भएको हो । गोरखदल गणका गणपति सुरज थापाले खानेपानी ट्याङ्की उद्घाटन गर्दै ट्याङ्की निर्माणले से...
युरोकप फुटबलको छनोट खेलमा स्पेन र इटाली विजयी

युरोकप फुटबलको छनोट खेलमा स्पेन र इटाली विजयी

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १३ । युरोकप फुटबलका छनोट खेलहरुमा स्पेन र इटाली विजयी भएका छन् । समुह ‘एफ’ को खेलमा स्पेनले माल्टालाई २–० ले हराउँदा रोमानियाले फारो आईल्याण्डमाथि ४–१ को जित निकाल्यो । यही समुहको अर्को खेलमा स्विडेनले नर्वेसँग ३–३ गोलको बराबरी खेलेको छ । उता समुह ‘जे’ को खेलमा ईटालीले लिचेस्टाईनलाई ६–० ले हरायो । यही समुहका अन्य खेलहरुमा फिनल्याण्डले अर्मेनियालाई २–० ले हराउँदा बोस्निया र ग्रिसले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरी समुह ‘डि’ को खेलमा आयरल्याण्डले जर्जीयालाई १–० ले हराउँदा स्विट्जरल्याण्ड र डेनमार्कले ३–३ गोलको बराबरी खेलेका छन् । (ईमेज खबर)...
आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित, लामिछानेले खेल्न पाएनन्

आईपीएलमा चेन्नाईद्वारा दिल्ली पराजित, लामिछानेले खेल्न पाएनन्

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १३ । साविक विजेता चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा चेन्नाईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो । यो खेलम पनि नेपालका सन्दिप लामिछाने दिल्लीको प्लेईङ सेटमा पर्न सकेनन् । दिल्लीस्थित फिरोज कोट्ला रंगशालामा घरेलु टोलीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नाईका लागि शेन वाट्सनले ४४ रनको योगदान दिदा कप्तान महेन्द्र सिंह धोनीले अविजित ३२ रन बनाए । दिल्लीका अमित मिश्राले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । उसका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । जितसंगै चेन्नई २ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित टो...
भारतमा जारी आइपिएल क्रिकेटमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

भारतमा जारी आइपिएल क्रिकेटमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — चैत्र १३ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो दलको प्रचारप्रसारमा जुट्न थालेका छन् । भारतमा जारी ‘इन्डियन प्रिमियर लिग’ (आइपिएल) क्रिकेट प्रतियोगिता पनि चुनाव प्रचारको माध्यम बन्न थालेको छ । खेल हेर्नका लागि स्टेडियम पुगेका दर्शकहरु खेलकै क्रममा राजनीतिक नारा लगाउन थालेका हुन् । यसै क्रममा गत सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्शकले स्टेडियममै नारा लगाएका छन् । मोदीले आफूलाई देश र जनताको ‘चौकीदार’ बताइरहँदा दर्शकको एक समूहले क्रिकेट म्याच चलिरहेको समयमा ‘चौकीदार चोर हे’ भन्दै नारावाजी गरेको हो । यो नारा भारतको प्रमुख विपक्षी दल कांग्रेस आइले लगाउने गरेको छ । सोमबार राति जयपुरमा किंग्स इलेभेन पञ्जाव र राजस्थान रोयल्सबीचको खेलका क्रममा दर्शकले नारा लगाएका हुन् । दर्शकको नारावाजीसहितको २४ सेकेन्डको भिडियो सामाजिक सञ्ज...
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५२ औं वार्षिक साधारणसभा  सम्पन्न, कुल मुनाफा रु. १ अर्व १० करोड

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ५२ औं वार्षिक साधारणसभा सम्पन्न, कुल मुनाफा रु. १ अर्व १० करोड

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १२ । काठमाण्डौ, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। उक्त सभाले आ.व.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्व १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो । कर्पोरेशनको सञ्चालक समितिका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७४।०७५ मा रु. ९ अर्व ६९ करोडको कारोवार गर्न सफल भएको बताए । अघिल्लो वर्ष रु. ८ अर्व ५८ करोडको कारोवार भएको थियो । कर्पोरेशनले यस वर्षको सुरुको ७ महिनाको कारोवार तर्फ माघ मसान्तसम्म रु.४ अर्व ७९ करोड व्यावसायिक कारोवार गरेको उनले जानकारी दिए । अध्यक्ष मानन्धरले कर्पोरेशनले नेपाल सरकारको निर्देशन पालना गरी सामाजिक उत्तरदायित्व बहन गर्नु परेकाले कुनै वस्तुमा लागत मूल्य...
यसरी अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानले गरे कानुनी शासनको उल्लंघन, उच्च अदालतको टिप्पणी

यसरी अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानले गरे कानुनी शासनको उल्लंघन, उच्च अदालतको टिप्पणी

अपराध, समाचार
काठमाडौँ — चैत्र १२ । उच्च अदालत पाटनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले राज्यसंयन्त्रलाई ‘यान्त्रिक अभ्यास’ मा लैजान खोजेर मुलुकको कानुनी शासन उल्लंघन गरेको टिप्पणी गरेको छ । पत्रकार कुन्दमणि दीक्षित, साझा प्रकाशनका अध्यक्ष कनकमणि दीक्षितलगायतको जग्गा हदबन्दीसम्बन्धी मुद्दामा उच्च अदालतले ‘अख्तियारले आफ्नो अधिकार क्षेत्रबाहिर गएर निर्णय गरेको’ ठहर्‍याएको हो । न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र अग्निप्रसाद थपलियाको इजलासले ‘नेपाली नागरिकको जग्गा जफतको निर्णय गर्ने अधिकार अख्तियारलाई नरहेको’ भनी टिप्पणी गरेको छ । कार्कीको निर्देशनमा त्यतिबेला भूमिसुधार अधिकारी उपसचिव शान्तिराज प्रसाईंले निर्णय गरेका थिए । अर्धन्यायिक निकायका हैसियतले स्वतन्त्र र निष्पक्ष न्यायसम्पादन गर्ने जिम्मेवारी छाडेर अख्तियारको ठाडो निर्देशनलाई मात्रै दृष्टिग...