आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
रारामा खोलानाला सुके,  हिमाली असला माछाझनै जोखिममा

रारामा खोलानाला सुके, हिमाली असला माछाझनै जोखिममा

समाचार, समाज
काठमाडौँ — चैत्र १४ । ‘अहिले माछा पहिलेजति देखिँदैन,’ जीवजन्तुमा रुचि राख्ने पूर्वशिक्षक देवीकृष्ण रावलले भने, ‘असला जातका माछा झनै जोखिममा परेका हाम्रो अनुमान छ ।’ हिमाली असला माछा रारामा मात्रै पाइने स्थानीयको दाबी छ । स्थानीयका अनुसार अहिले असला माछालाई आहारा अभाव छ । २०३५ सालसम्म छाप्रुमहादेव भन्ने स्थानमा बाक्लो बस्ती थियो । त्यहाँ गहुँ, जौ, चिनो, कागुनो, फलफूल प्रशस्त उत्पादन हुन्थे । बर्खाका बेला खेतबारीबाट बगेर तालमा पुग्थे र माछाको आहारा बन्थे । ‘निकुञ्ज बनेपछि बस्ती सर्‍यो, माछा मार्ने क्रम रोकियो,’ रावलले भने, ‘आहारको महत्त्वपूर्ण स्रोत पनि घट्यो ।’ पहिले चारैतिरबाट करिब ३ सय खोलानाला रारामा मिसिन्थे । ती खोलानालाबाट किराफट्याङ्ग्रा, गड्यौला बगेर आउँथे । मांसाहारी असला माछाका लागि ती राम्रा आहारा हुन्थे । अहिले अधिकांश खोलानाला सुकिसकेका छन् । रारा क्षेत्रमा वन्यजन्तु प...
लगानी सम्मेलन सुरु हुँदै, ३० खर्बको खोजी

लगानी सम्मेलन सुरु हुँदै, ३० खर्बको खोजी

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १४ । लगानी सम्मेलनमा सरकारी ५०, निजी २७ आयोजना ‘सोकेस’ गरिँदै ४० भन्दा बढी देशका ६०० भन्दा बढी सहभागी हुँदै लगानी क्षेत्रका चुनौती र अवसरबारे १० वटा सत्रमा बहस हुने कृषि, ऊर्जा, शिक्षा, उत्पादनमूलक उद्योग, पर्यटन, सहरी पूर्वाधारमा लगानी जुटाउन शुक्रबार लगानी सम्मेलन सुरु हुँदै छ । लगानी अपेक्षा गरिएका सरकारी ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा आयोजनाको अनुमानित लागत ३० खर्बभन्दा बढी छ । अर्थमन्त्री युवराज खतिवडाले लगानी सम्मेलनको तयारी पूरा भएको बताए । लगानी बोर्डका अनुसार सम्मेलनमा ४० भन्दा बढी देशका ६ सयभन्दा बढी सहभागी हुने टुंगो लागेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा लगानी जुटाउन ७७ आयोजना ‘सोकेस’ गरिने जानकारी दिए । सम्मेलनको तयारी स्वरूप धेरै कानुन सुधार र संशोधन गरिसकेकाले लगानीकर्ता आकर्षित हुने सरकारको विश्वास छ । मं...
निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी ९ लाख धरौटीमा रिहा

निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी ९ लाख धरौटीमा रिहा

अपराध, समाचार, समाज
भीमदत्तनगर— चैत्र १४ । कन्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दाका आरोपी निलम्बित प्रहरी नायब उपरीक्षक अंगुर जिसी धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कन्चनपुरका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले दुवै मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रहरी नायब उपरीक्षक जिसीलाई रु ९ लाख धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । जिल्ला अदालत कन्चनपुरका स्रेस्तेदार हरिकृष्ण अवस्थीले जिसीलाई यातनाविरुद्धको कसुरमा रु पाँच लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा रु चार लाख धरौटी सुनाइएको जानकारी दिए । आरोपी जिसी बुधबार धरौटी रकम बुझाएर रिहा भएका हुन् । उक्त मुद्दामा यसअघि जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीसहित ६...
‘विप्लव’ नेतृत्वका १७ कार्यकर्ता रिहा

‘विप्लव’ नेतृत्वका १७ कार्यकर्ता रिहा

अपराध, समाचार, समाज
सिन्धुपाल्चोक— चैत्र १४ । प्रहरीले फागुन १७ गते साँगाचोकको कार्कीटारबाट पक्राउ गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा का १७ कार्यकर्तालाई जिल्ला अदालत सिन्धुपाल्चोकले थुनामुक्त गर्न आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश टिकाराम आचार्यको इजलासले उनीहरुमध्ये केहीलाई धरौटीमा र केहीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयले राजद्रोह मुद्दा लगाएका १७ जनालाई मुद्दाको पुर्पक्षको लागि धरौटी र सामान्य तारेखमा अदालतले रिहा गर्न आदेश दिएको हो । उनीहरुमध्ये तीन जना किशोरीलाई साधारण तारेखमा रिहा गरिएको छ । सुनसरीकी १७ वर्षीय हीरा केसी, सुनसरीकै १७ वर्षीय सविना श्रेष्ठ र जाजरकोटकी १८ वर्षीय रमिता अधिकारीलाई नाबालिग भएका कारण साधारण तारेखमा रिहा गर्न आदेश गरिएको छ । त्यस्तै पार्टीका जिल्ला तहका नेता सिन्धुपाल्चोक बलेफी–४ का इन्द्रबहादुर ठकुरीलाई २५ हजार रुपैय...
सिरहाको कर्जन्हामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सिरहाको कर्जन्हामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार, समाज
लहान— चैत्र १४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नम्बरको ट्याक्टरमा ठोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । (रासस)...
लुकास हर्नान्डेज बार्यन म्युनिखमा अनुबन्ध भए

लुकास हर्नान्डेज बार्यन म्युनिखमा अनुबन्ध भए

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १४ । फ्रेन्च फुटबल खेलाडी लुकास हर्नान्डेज जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । विश्वकप फुटबल विजेता फ्रान्सका महत्वपूर्ण सदस्य रहेका हर्नान्डेजलाई बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट अनुबनध गरेको हो । हर्नान्डेजलाई बार्यनले कीर्तिमानी ८० मिलियन युरोमा पाँच बर्षका लागि अनुबन्धन गरेको हो । २३ बर्षका हर्नान्डेजले औपचारिक रुपमा आगामी जुलाई १ बाट बायर्न म्यरुखिनसँग जोडिनेछन् । हर्नान्डेज सेन्टर डिफेन्स र बाँया डिफेन्स दुवैबाट खेल्न सक्छन् । उनले स्पेनिस ला लिगमा ६७ खेल खेलेका छन् । एथ्लेटिको मड्रिडबाट उनले युरोपा लिग र सुपर कप जितेका छन् । फ्रान्सबाट उनले १५ अन्तराष्ट्रिय म्याच खेलेका छन् । उनले विश्वकपका सबै खेल खेलेका थिए । (ईमेज खबर)...
आईपीएलमा कोलकाताको लगातार दोस्रो जित, पञ्जाव २८ रनले पराजित

आईपीएलमा कोलकाताको लगातार दोस्रो जित, पञ्जाव २८ रनले पराजित

खेलकुद, समाचार
काठमाडौँ — चैत्र १४ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । कोलकाताको इडन गार्डेन मैदानमा गएराती भएको खेलमा घरेलु टोलीले किङ्स इलाभेन पन्जाबलाई २८ रनले पराजित गर्‍यो । खेलमा दिनेश कार्तिकको कप्तानीमा रहेको कोलकाताले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन मात्र बनाउन सक्यो । उसका लागि मायांक अग्रवालले ५८ रन तथा डेभिड मिल्लरले अविजित ४३ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागि रोबिन सिंह उथप्पाले ६७ रन जोड्दा नितिश रानाले ६३ रनको योगदान दिए । जितसंगै कोलकाताले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा कोलकाताले सनराईजर्स हैदरावादलाई ६ विकेटले हराएको थियो । रविचन्द्र आश्विनको कप्त...
दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा स्पष्टीकरण माग

दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्रीलाई ‘राष्ट्रपति’ लेखिएकोमा स्पष्टीकरण माग

राजनीति, समाचार
काठमाडौँ — चैत्र १३ । दिल्लीस्थित नेपाली नियोगले प्रधानमन्त्री केपी ओलीलाई 'राष्ट्रपति' सम्बोधन गरेको गम्भीर त्रुटिबारे परराष्ट्र मन्त्रालयले स्पष्टीकरण माग गरेको छ । भारतका लागि नवनियुक्त राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविदसमक्ष बुझाएको ओहोदा प्रमाणपत्रबारे फागुन अन्तिम साता विज्ञप्ति जारी गर्ने क्रममा 'नेपालका राष्ट्रपति केपी शर्मा ओलीले भारतीय समकक्षी कोविदको व्यक्तिगत स्वास्थ्य तथा प्रशन्नताको कामना गरेको' विवरणसहित उल्लेख गरेको थियो । उक्त त्रुटीलाई लिएर नियोग उपप्रमुख भरतकुमार रेग्मीसहित सम्बद्ध अधिकारीलाई स्पष्टीकरण माग गरिएको परराष्ट्र स्रोतले बतायो । गत पुस १० मा इन्डोनेसियामा आएको सुनामीका कारण जनधनको क्षति भएपछि परराष्ट्र मन्त्रालयले इन्डोनेसियाली राष्ट्रपतिलाई 'समवेदना' जनाउनुपर्नेमा 'शुभकामना' पढाउँदै विज्ञप्ति जारी गरेको थियो । उक्त लापरबाहीबारे प...
प्याजेन्ट नेपालको आयोजनामा “मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९” को अडिसन हुँदै

प्याजेन्ट नेपालको आयोजनामा “मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९” को अडिसन हुँदै

मनोरन्जन, समाचार
काठमाडौँ — चैत्र १३ । देशका विभिन्न शहर लगायत विदेशमा सफल ईभेन्ट, फेशन शो, सौन्दर्य प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले हालै बुटवल र बिराटनगरमा भव्य रुपमा सम्पन्न गरेको "प्याजेन्ट नेपाल फेशन शो" पश्चात राजधानीमा "मिस्टर एण्ड मिस एसईई ग्लोवल स्टार, २०१९" हुने भएको छ । एसईई दिएर वसेका परिक्षार्थीहरुलाई लक्षित गरि उनिहरुको खाली समयलाई सदुपयोग गर्दै उनीहरुको क्षमतालाइ अभिबृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यो कार्यक्रमको आयोजना हुन लागेको जानकारी प्याजेन्ट नेपालका प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । काठमाडौको बानेश्वरस्थित अर्याल ईन्टरनेसनल होटेलमा चैत्र २३ र ३० गते अडिसन राखिएको प्याजेन्ट नेपालले जनाएको छ । सौन्दर्य प्रतियोगिता मार्फत निखारिएर मोडलिङ क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर उचि...
सर्वेसर्वा सिडिओ चाहिँदैन : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

सर्वेसर्वा सिडिओ चाहिँदैन : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

राजनीति, समाचार
बागलुङ — चैत्र १३ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलाको जस्तो सर्वेसर्वा सिडिओ आवस्यक नभएको बताएका छन् । शान्ति सुरक्षा, विकास निर्माण, कर्मचारी प्रशासन र स्थानीय समन्वय गर्ने सिडिओ राख्दा संघीयताको मर्म विपरित हुने उनले टिप्पणी गरे । नेपाल कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेलाका लागि बागलुङ आएका गुरुङले पत्रकारहरुको संक्षिप्त भेटमा तीन तहकै सरकारको समन्वयमा काम गर्ने प्रशासन आवस्यकतामा जोड दिएका हुन् । उनले संघिय सरकारलाई प्रहरी र सिडिओ परिचालन सम्बन्धी कानून छिटो ल्याउन आग्रह पनि गरे । संघिय सरकारले सिडिओको सरुवा, बढुवाको काम गरेपनि प्रदेशको मातहत र समन्वयमा चल्ने कानून नभए संघीयताको औचित्य नहुने समेत बताए । हाल निर्माणाधिन कानूनको मस्यौदामा त्यस्तो नभएकोले मुख्यमन्त्रीको हैसियतले संशोधनको माग गरेको उनले बताए । तीन तहको सरकार बनिसकेकोले आफ्नै प्रहरी राख्ने अ...