बीस करोड बिगो असुलीको माग
राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँच जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले ललितपुरको सानेपामा रहेको कविला सप्लायर्सका सञ्चालक भारतीय नागरिक नवलकिशोर चौधरी, शिवम् प्याकेजिङ एन्ड सप्लायर्सका सञ्चालक सीतादेवी जयसवाल र काँडाघारीस्थित गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीबाट १३ करोड ४५ लाख रुपियाँ बिगो असुली र कारागार सजाय माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरूले मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अभियोग लगाइएको छ ।
त्यसैगरी बारा बुनियाबाद गाउँपालिकास्थित शिवम् ट्रेड सप्लायर्सका सञ्चालक जगदीश सहनीसमेतलाई प्रतिवादी बनाउँदै चार करोड ८९ लाख रुपियाँ बिगो दाबीसहित अर्को मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गर्ने कास्कीको अनुस्का मल्टिप्र...








