सोम, मंसिर ८, २०८३
Mon, November 23, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)

उपासना नेम्बाङको ‘रातो टिका’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
लघु चलचित्र ‘कान्छा’ सार्वजनिक गरेपश्चात नायिका तथा मोडल उपासना नेम्बाङद्धारा अभिनित अर्को नेपाली कथानक लघु चलचित्र ‘रातो टिका’ युट्यूवबाट सार्वजनिक गरिएको सार्वजनिक छ । नेपाली समाजमा बिधुवा अर्थात एकल महिलाले भोग्नुपरेको तिरस्कार र संघर्षहरुको चरित्र चित्रण गरिएको लघु चलचित्र ‘रातो टिका’ नायिका उपासना नेम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=RE4GrJnxXWA&feature=emb_logo सागर श्रेष्ठको निर्देशनमा निमाण भएको लघु चलचित्रमा उपासना नेम्बाङ, ओजस्वी विष्ट, सुनमाया तामाङ, कृष्णराज नेम्बाङ, मैया बानिया, जानुका बानिया, मिथु बिक, देविका बानिया र आस्था चाम्लिङ ‘चेली’ले अभिनय गरेका छन् । भावन ऐयरको कथा, उपासना नेम्बाङको पटकथा तथा सम्बाद रहेको लघु चलचित्रमा अंकुर गुरुङको छायाँकन रहेको छ भने सागर श्रेष्ठले सम्पादन गरेका छन् । लघु चलचित्...
जनमतको अपमान

जनमतको अपमान

राजनीति, समाचार
-डा.डिआर उपाध्याय देशमा अशान्तिका रेखाहरु कोरिदैछन् । लामो समयको द्वन्द्व पछि नेपालमा शान्ति कायम भएको थियो । अहिले फेरि अशान्ति हुने होकी भनेर आम जनता चिन्तित छन् । जनताको भाग्य र भविष्य अन्योलमा छ । सत्तारुढ दल भित्रको किचलो अन्ततः फुटमा गएर टुङ्गियो ।सत्तारुढ दल विभाजन हुँदा मुलुकमा संकट उत्पन्न हुन थालेको छ । संसद विघछन पछिको अवस्था जटिल बन्दै गएको छ । नेपाली जनताहरु सत्तारुढ दल विभाजन भएकोमा खुसी छैनन् । जनता निरास छन् । यतिबेला जनता निरास हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । अहिले सडकमा धेरै थरिका समूहहरु आन्दोलित छन् । आन्दोलनले समस्या समाधान गर्ने होइन । द्वन्द्व निम्ताउने खतरा बढेर गएको छ । संसद विघटन विरुद्ध जनता समाजवादी पार्टीले समेत सडकमा प्रदर्शन गरिरहेको छ । मधेसमा आन्दोलन भयो भने ठूलो खतरा हुन्छ । प्रधानमन्त्रीको असंवैधानिक कदमलाई विद्रोह द्वारा पुनस्थापना गर्ने र आन...
रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित

मनोरन्जन, समाचार
रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो ।  शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।  रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्म...
‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

‘मिस्टर एण्ड मिस टिकटक,२०२०’ को उपाधी सृजना घिमिरेको हातमा

मनोरन्जन, समाचार
पुस १२, २०७७। ‘मिस्टर एण्ड मिस टिकटक’ प्रतियोगितामा अष्ट्रेलियामा रहेर टिकटकमा सक्रिय सृजना घिमिरे विजेता भएकी छिन। राजधानीमा शनिवार सम्पन्न प्रतियोगितामा सृजनाले विजेताको अवार्डसहित १ लाख ५० हजार रुपैयाँ हात पार्न सफल भईन। साथै उनले एउटा चलचित्र र दुईवटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छिन। प्रतियोगिताको फर्स्ट रनरअप काठमाडौं निवासी काजोल नेपाल भएकी छिन। उनले फर्स्ट रनरअपको अवार्डसहित १ लाख रुपैयाँ हात पार्न सफल भईन। साथै नेपालले एउटा वेब सिरिज र एउटा म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरिन । त्यसैगरी पुनम तिरुवाले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारिन। त्यसैगरी पुनम तिरुवा र सम्मान मल्ल श्रेष्ठले सेकेण्ड रनरअपको उपाधीसहित ५० हजार रुपैँया हात पारे । कंडेल कन्सल्टेन्सीको प्रस्तुतीमा द जीएमआई एकेडेमीको आयोजना तथा सही हो ईभेन्ट्सको सहकार्यमा संचा...
नेपालको राजनीति धमिलिदैं

नेपालको राजनीति धमिलिदैं

राजनीति, समाचार
डा.डिआर उपाध्याय यतिबेला नेपालको राजनीति धमिलिएको छ । धमिलो पानीमा माछा मार्ने दाउ खेल्नेहरु पनि प्रशस्त छन् । उनीहरुको चाहना धमिलो पानीमा माछा मार्नु हो । मुलुकको असहज परिस्थितिका बिच प्रतिगामी तत्वहरुले टाउको उठाउँदै छन् । मुलुकलाई अझै पछाडि धकेल्नेहरु पनि छन् । तिनीहरुबाट परिवर्तनकारी र लोकतन्त्रवादी शक्तिहरु सचेत र जागरुक बन्नुपर्ने बेला आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि यी समस्याहरु उब्जिएका हुन् । प्रचण्ड –नेपाल समूह एकातिर, ओली समूूह अर्कोतिरको भिडन्त सिर्जना गर्ने स्थिति आएको छ । प्रचण्ड –नेपाल समूह सडक संघर्षबाटै संसद पुनस्थापना गर्ने चुनौती दिँदै आएका छन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिनका लागि सबै लोकतन्त्रवादीहरु चुनाबमा जानुपर्ने बताइ रहेका छन् । सबै राजनीतिक दल र तिनका नेताहरुका आ–आफ्नै दाउपेच छन् । कुनैपनि राजनीतिक दल र तिनका न...
मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न

मनोरन्जन, समाचार
कथा ईभेन्टको आयोजनामा राजधानीको चुचेपाटि, चाहबिल केअल टावर मा रहेको हायब्स लन्ज मा “ मिस हिमालय नेपाल,२०२१” को पहिलो अडिसन सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै आएको कथा ईभेन्टले राजधानीमा “मिस हिमालय नेपाल,२०२१” आयोजना गर्ने भएको हो। अडिसन कार्यक्रममा निर्णायकको रुपमा कथा ईभेन्टका अध्यक्ष गनिका गुरुङ, वरिष्ठ र्ऱ्यापर निरनय ( NSK) र फेन्सी ब्याबसाही अनिता गुरूङ रहेका थिए । अडिसनमार्फत १८ जना प्रतिस्पर्धीहरु छनौट गरी संचालन गरिने “मिस हिमालय नेपाल,२०२१” प्रतियोगिताको लागि यसपटकको छनौट प्रक्रियामा समावेश कुल १८ प्रतिस्पर्धीहरुमध्येबाट ८ जना प्रतिस्पर्धीहरु छनौट गरिएको छ । प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ १७ दिन सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर रोजिन शाख्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चा...
लोकप्रिय गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

लोकप्रिय गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान

मनोरन्जन, समाचार
विगत तीन दशक देखि नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय रुपमा निरन्तरता दिदै थुप्रै सुमुधुर गीतहरु गाएर फरक पहिचान बनाएका चर्चित गायक सीताराम पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको छ। नेपाली गीत–संगीतको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर स्वरुप नेशनल पावर न्यूज म्युजिक अवार्ड २०२०को तेश्रो संस्करण मा गायक पोखरेललाई संगीत रजत सम्मान प्रदान गरिएको हो। पावर इन्टरनेशनल मिडियाव्दारा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङले गायक पोखरेललाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।राष्ट्रिय अन्तराष्ट्रि थुप्रै अवार्डबाट सम्मानित गायक पोखरेल दर्जनौ संघ संस्थामा आवद्ध भै गीत संगित क्षेत्रको विकास र प्रवद्र्धनका लागि अहोरात्र खटिदै समेत आएका छन । ...
नेपाली हौं भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

नेपाली हौं भन्दै आए चर्चित गायक सिताराम पोखरेल(भिडियो सहित)

मनोरन्जन, समाचार
लोकप्रिय गायक सीताराम पोखरेलको स्वरमा राष्ट्रिय गीत “नेपाली हौं ” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । फिरन्ते ए ट्राभलर नामक युट्यूब च्यानलबाट सार्वजनिक भिडियोमा गायक स्वयंलाई भिडियोमा राष्ट्रिय झण्डा फहराउदै अभिनय गरेको देख्न सकिन्छ । https://www.youtube.com/watch?v=CZIw1mCfaX4&feature=share&fbclid=IwAR3sm0hcd2rDAJ8AAnopB3zfwwGtNUDU0kyJOAZZRxKOKsELU4l4XDaMPZM राष्ट्रियता झल्कने गीतको भिडियोलाई निर्देशक जिवन श्रेष्ठले निर्देशन गरेका छन । नारायण कुमार आचार्यको शव्द रहेको गीतलाई राहूल प्रधानले एरेन्ज तथा कम्पोज गरेका हुन । जिवन श्रेष्ठकै छायांकन रहेको भिडियोमा काठमाडौ उपत्यका लगायत सम्पदा सूचिमा सूचिकृत प्रख्यात क्षेत्रहरुलाई कैद गरिएको छ । ...
एकले अर्कालाई सिध्याउने दाउ

एकले अर्कालाई सिध्याउने दाउ

राजनीति, समाचार
डा.डिआर उपाध्याय अब देशको राजनीति कता जाने हो,यो नै सबैलाई चिन्ताको बिषय बनेको छ । अहिले जनता प्रचण्ड–नेपाल , केपी समूह तिर आधा आधा बाँडिएको अवस्था छ । प्रधानमन्त्री के पी ओलीले संसद् विघटन गरे पछि ‘संवैधानिकता’को प्रश्न उठेको छ । सडकमा आन्दोलन चलेको छ । जनता सडकमा आउन थाले । आगामी राजनीति त्यति सहज छैन । देश भाँडभैलोमा जाने खतरा देखियो । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भएको विभाजनमा यतिबेला ‘वैधानिकता’को प्रश्न उठाइएको छ । संसद् विघटन गरिएको विषय सम्मानित सर्वोच्च अदालतमा गइसकेकाले अब त्यहाँबाट नै अन्तिम फैसला हुने नै छ । यति बेला नेकपा दुई चिरामा छ । दुई चिरामा बिभाजित प्रम केपी शर्मा ओलीको नेकपा र माधव–प्रचण्डको नेकपामा आरोप–प्रत्यारोप चलिरहेको छ । यी दुवै समूहले आफू अनुकूलको बातावरण निर्माण गर्न खोजिरहेका छन । समानान्तर कमिटी निर्माण र एउटै नाम राखेका यी दुई पक्ष अब ए...
बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

अन्र्तवार्ता, समाचार, स्वास्थ्य
बेलायतमा कोरोना भाइरसको  संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार साँझसम्म ७० हजार नाघेको छ । क्रिसमसका दिन सार्वजनिक गरिएको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ५७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  ससँगै बेलायतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७० हजार १९५ पुगेको हो ।  मृतक संख्याको आधारमा बेलायत युरोपीयन मुलुकमा इटालीपछि दोस्रो स्थानमा पर्दछ । इटालीमा मृतकको संख्या  बेलायतको भन्दा लगभग एक हजारले बढी रहेको छ । यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ३२ हजार ७२५ जना नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । बेलायतमा संक्रमित हुनेको कुल संख्या २२ लाख २१ हजार ३१२ पुगेको छ । हाल बेलायतमा भाइरसले नयाँ रुप परिवर्तन गरेपछि संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अधिकारीहरुले बताएका छन् । यसअघिको भाइरसको तुलनमा संक्रम...