आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: admin

NEPAL'S NO. 1 NATIONAL NEWS PORTAL
तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न

तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न

आर्थिक, समाचार
तेस्रो कर्पोरेट अवार्ड तथा फेशन ट्रेड कार्यक्रम सम्पन्न भएको छ । कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित सो कार्यक्रम मिडियाका अध्यक्ष उज्जवल जङ शाहको सभापतित्व र उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यता एवम् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको बिशिस्ठ आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रम समारोह माझ उद्योग र व्यापारको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत बिभिन्न उद्योगपति, व्यापारी एवम् व्यवस्थापकहरुलाई सम्मानित गरियो । सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका बोर्ड डाईरेक्टर समेत रहेका अग्रज उद्यमी एवम् व्यवसायी कल्याण गोबिन्द श्रेष्ठलाई लाईफ टाइम एचिभमेण्ट अवार्डबाट विभुसित गरियो भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल कर्पोरेट माइलस्टोन अवार्ड र नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्रा कर्पोरेट बेस्ट लिडर...
विश्व चर्चित नेपाली किर्तिमानी डा. डिआर उपाध्यायले राखे ५१ वटा विश्व कीर्तिमान

विश्व चर्चित नेपाली किर्तिमानी डा. डिआर उपाध्यायले राखे ५१ वटा विश्व कीर्तिमान

मनोरन्जन, समाचार
नेपाली गीत सङ्गीतमा डा. डी आर उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर केही महिना पहिला मात्र गिनिज अफ वल्र्ड रेकर्ड कायम गर्नुभएका गीतकार डा. उपाध्यायले फेरि १९ फरक विधामा विश्व कीर्तिमानी कायम गर्दै कुल ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ । राजधानीमा सोमबार एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्द र इतिहासविद् तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले १९ वटा विधामा वल्र्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नुभएको हो । यसअघि डा. उपाध्यायले गीत सङ्गीतका विभिन्न विधामा ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । पूर्व प्रधानमन्त्री चन्दले भन्नुभयो, ‘यसरी एकैदिन फरक १९ विधामा १३ ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पह...
रचना रिमालको स्वर तथा लोकराज अधिकारीको शब्दमा ‘आमा मेरी आमा’ सार्वजनिक(भिडियो)

रचना रिमालको स्वर तथा लोकराज अधिकारीको शब्दमा ‘आमा मेरी आमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
जन्म दिने आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यो गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । गायिका रचना रिमालको कर्णप्रिय स्वर रहेको छ भने चर्चित गीतकार लोकराज अधिकारीको शब्द श्रृजना तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ । यस गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् भने बुद्द थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको छ । भिडियोको छायांकन काभ्रेको बास्डोल र नेपाली सेनाको सुर्यविनायकस्थित इन्द्र बक्स गणमा गरिएको छ । भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट,चक्र साउद,केशब भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय रहेको छ । भिडियो केशब भट्टको कोरियोग्राफीमा तयार भएको हो ।...
जीवन प्रकृतिको सुन्दर अमूल्य उपहार

जीवन प्रकृतिको सुन्दर अमूल्य उपहार

समाचार, समाज
डा.डिआर उपाध्याय, मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको तपाईको एक दिन कसरी बित्छ सर ? मैले यो बारे बताएको थिएन । बताउने कोसिस गदै छु । पत्रकारसाथीहरुले पनि कुनै अन्तरबर्ताका क्रममा यो प्रश्न सोध्दै आउनु पनि भएको छ । तर मैले बिस्तृत रुपमा भने अहिले सम्म बताएको छैन । आज बताउँदै छु । म चावहिलमा बस्छु । घाम पानी ओतने घर छ । घरको नजिक अफिस छ । मेरो एक दिन व्यस्तताले नै बित्छ । म बिहान ५ बजे उठि सकेको हुन्छु । उठि सके पछि फ्रेस हुन्छु । त्यस पछि केहि समय योगा र कसरतमा बिताउँछु । घर वरी परि बिहानको ताजा हावामा घुमफिर गर्छु । हात मुख धोएर मन तातो एक किलास पानी पिउँछु । त्यस पछि पत्र पत्रिका र बिभिन्न सामाजिक सञ्जालमा व्यस्त हुन्छु । लेख्न पढन पनि मलाई बिहान नै रुचि लाग्छ । राजनीतिक , आर्थिक , सामाजिक लगायतका बिषय बस्तुहरुमा मैले जे देख्यो त्यही लेख्ने गरेको पनि छु । प्रयाय जसो बिहान पख केहि...
शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क

शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क

खेलकुद, समाचार
डा.डिआर उपाध्याय, यति बेला कोरोनाको दोस्रो लहर सुरु भएको छ । यसले फेरि सबैजसो क्षेत्रलाई त्रास बनाएको छ । बिगत बर्षमा पनि हामी त्रासमा बाँच्न बाध्य भयौं । कोरोना संग खेलवाड कसैले गर्नु हुदैन । यो संग जोगिन सचेत र सर्तकता अपनाउनु पर्छ । अनाबश्यक घर वाहिर ननिस्कि भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुदैन । हामी सवैले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । त्यसो भयो भने मात्र कोरोनाबाट बँच्न सकिन्छ । कोरोना संक्रमण फैलियो भने यसको असर सवै क्षेत्रमा पर्ने छ । आज फेरी सबैलाई आफ्नो पेसा व्यवसाय चौपट पर्ने होकी भन्ने चिन्ता थपिएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । नेपाल सरकारको यो आग्रहलाई सवैले पालना गरौं । हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुयाउनु पर्छ । सरकारको एकल प्रयासले केहि हुदैन । कोरोना संग लडन सवै नागरिक एक जुट हुनु पर्छ । यो पार्टी र उ पार...
हेटौडाको मुख्य बजारमा देउराली दोहोरी सांझ संचालनमा

हेटौडाको मुख्य बजारमा देउराली दोहोरी सांझ संचालनमा

आर्थिक, समाचार
हेटौडाको मुख्य बजारमा देउराली दोहोरी सांझ खुलेको छ ।पछिल्लो पटक हेटौडामा पनि दोहोरी गीत मन पराउनेको संख्या बढेसंगै दोहोरी सांझ खुल्न थालेको छ । नव वर्ष २०७८ को अवसर पारेर संचालनमा ल्याइएको उक्त दोहोरी सांझ रेष्टुरेन्टको उदघाटनमा दोहोरीका ख्याती प्राप्त गायक नवराज घोरासैनी,गायिका आशा लामा,गायक रामकृष्ण श्रेष्ठ, गायक रवि सुवेदी,गायिका सन्जना श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।मिठो स्वादका साथ लोकप्रिय कलाकारहरुको गीत सुन्दै पारिवारिक वातावरणमा रमाउन उत्कृष्ट गन्तव्य बनाउने उद्देश्यले संचालनमा ल्याईएको उक्त दोहोरी सांझमा खानाका परिकारमा २० प्रतिशत छुट समेत दिने गरिएको जानकारी कलाकार संयोजक तथा व्यबसायी रमेश श्रेष्ठले बताए । देउराली दोहोरी सांझ दुई युवा व्यबसायी मदन ठकुरी तथा रमेश ठकुरीले संचालनमा ल्याएका हुन । ...
शिवन पोखरेल निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)

शिवन पोखरेल निर्देशित ‘कोदोको ढिडो’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
लोक गीत ‘कोदोको ढिडो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हिरा खनाल र गौतम शेर्पाको शव्द लयमा तयार गीतलाई हरि बिसी,सुनिता ओली,महेश बिक्रम पाण्डे र रोशनी बुढा मगरले स्वर दिएका छन । संगित बद्री पाठकको रहेको उक्त गीतलाई महेश बिक्रम पाण्डेले ऐरेन्ज गरेका हुन https://www.youtube.com/watch?v=rpUep8r2O7M लोकप्रिय मोडल तथा भिडियो निर्देशक शिवन पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा शिवनकै साथमा मोडल करिष्मा ढकाल, सन्तोष कुमार, सम्वेक भुषाल र रितु सुनार फिचर्ड रहेका छन ।बिन्दवासिनी म्यूजिकबाट सार्वजनिक गरिएको गीतको भिडियोको छायांकन महेश महेश महराको तथा सम्पादन राजन केसीको तथा कोरियोग्राफी दिलिप राईको रहेको रहेको छ । ...
मिस टिन २०२१ प्रदेश १’ को उपाधी साम्राज्ञी शर्माको हातमा

मिस टिन २०२१ प्रदेश १’ को उपाधी साम्राज्ञी शर्माको हातमा

मनोरन्जन, समाचार
ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न ‘मिस टिन २०२१ प्रदेश १’ को शिर्ष ताज हल्दिवारीकी साम्राज्ञी शर्माले पहिरिएकी छिन् । मंगलवार विर्तामोडमा सम्पन्न भएको ग्राण्ड फिनालेमा शर्माले उपाधि सहित नगद रु ५० हजार सहित अध्ययनका लागि छात्रबृत्ति समेत हात पर्न सफल भएकी छिन्। त्यसैगरी, प्रतियोगिताको फस्ट रनरअप दमककी सुरक्षा कार्की र सेकेण्ड रनरअप मोरङकी आशिका बजगाई बनेकी छन् । उनीहरुले क्रमशः नगद रु २० हजार र रु १५ हजारसँगै ट्रफि अध्ययन छात्रवृत्ती प्राप्त गरेको आयोजक संस्था ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टका म्यानेजिङ डाइरेक्टर प्रनित पुडासैनीले जनाए्का छन । उक्त सौन्दर्य प्रतियोगितामा प्रदेश नं १ का कुल २१ जना प्रतिस्पर्धीहरुले आफ्नो सहभागीता जनाएका थिए । ...
‘अस्तित्व’ शीर्षकमा नमूना कलेजको फेसन शो

‘अस्तित्व’ शीर्षकमा नमूना कलेजको फेसन शो

मनोरन्जन, समाचार
परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको अन्तिम परिक्षा अन्तर्गतको उक्त फेसन शोले प्रदर्शन गरेका पहिरनहरु सुहाउँदा मास्कको फेसन आकर्षक एवं परिस्थिति अनुकूल रहेको पाइयो । हरेक पहिरनसित सुहाउँदो मास्क सहित मोडलहरु मंचमा उत्रिंदा हालको कोभिड १९ को जटिल परिस्थितिलाई पनि सुन्दर रुपमा सम्बोधन गर्न खोजिएको अनुभव गर्न पाइयो । यस बाहेक सो फेसन कार्यक्रममा नेपालमै पहिलो पटक मोडलले लगाएको पहिरनकै हुबहु स्वरुपमा सजाइएको पूतली सहित हरेक पहिरनका सृजनाकर्ता पनि स्टेजमा प्रस्तुत हुँदा कार्यक्रममा थप रौनकता संचार भएको थियो । ‘अस्तित्व’ शीर्षकमा संचालन गरिएको यस पटकको ग्राजुएसन फेसन शो नमूना कलेज अफ फे...
किरण माईकलको संगितमा‘म त छोरी नेपाली’सार्वजनिक (भिडियो)

किरण माईकलको संगितमा‘म त छोरी नेपाली’सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘म त छोरी नेपाली’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नयाँ बर्ष २०७८ अवसर पारेर सार्वजनिक गरिएको गीतमा चर्चित संगितकार किरण घिमिरे ‘माइकल’को संगीत छ । सुदिप आत्रेयको शव्दमा तयार भएको गीत आत्रेय प्रडक्सन युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । https://youtu.be/1_4tNuLnNrE प्रमोद परियारले एरेञ्ज गरेको गीतमा तेजस्वी गौतम फिचर्ड छिन् । अभी लामाले कोरियोग्राफी गरेका छन् भने निर्देशन तथा सम्पादन फराज अर्पणको छ । ...