नेताहरुले अझै जनतालाई भ्रम छर्न छोडेका छैनन्
-डा.डिआर उपाध्याय,
देश बनाउने कुरामा खासै कसैको ध्यान गएको देखिदैन । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा जनता वाक्क दिक्क छन । दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने देश र जनताको अवस्था सधै खोक्रो बन्ने यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ ।
जुन देशमा नेता धनी हुन्छन देश र जनताको अवस्था गरिब हुन्छ त्यो देश कहिले माथि उठदैन । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुदै आएको छ । के साच्चै यो देश बनाउने हो भने नेताहरु इमान्दार बन्नै पर्छ । खोक्रो र आर्दशको कुराले मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागी मरिहत्ते गर्ने नेता बाट मुलुक बन्ला भन्ने कुरा नसोचे पनि हुन्छ ।
हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागी एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केहि देखिएन । ...







