प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि
ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेका छन् । वाई वाई ग्लोकल टिन हिरो सातौं संस्करणको उपाधी टेक्नोप्रेनर प्राञ्जल चालिसेले जितेका हुन् ।
शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा बुधबार अनलाइन कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल २०२१ को घोषणा गरिएको हो ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धीमा युट्युबर अनुराग चापागाईं, सामाजिक उद्यमी दीपक सुतिहार, वन्यजन्तु संरक्षणवादी खुस्बु भण्डारी, सामाजिक अभियन्ता नेहा गुरुङ, र टेक्नोप्रेनर प्राञ्जल चालिसे पुगेका थिए ।
प्राञ्जलले दृष्टि नेपालको आविष्कार गरी दृष्टि विहिन समुदायलाई मुद्रा बिल पहिचान र नगद लेनदेनमा मद्दत गरिरहेका छन । त्यसैगरी उनले कृषि समाचार र प्रामाणिक स्रोतहरु बाट जानकारी प्रदान गर्ने एक मोबाइल एप निर्माण गरेका छन् जसबाट किसानहरुला...









