शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

सरकार र डा.केसीको टोलीबीच शुक्रबार पुनः वार्ता हुने

असोज २३ काठमाडौं । सरकार र चिकित्सा शिक्षा सुधारका लागि अनसनरत डा.गोविन्द केसीको टोली बीचको वार्ता विना निष्कर्ष टुंगिएको छ।आज सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार पुनः बस्नेगरि सकिएको हो।

आजको छलफलले डा.केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ। तर, अन्तिम निष्कर्षमा भने पुग्न नसिकएपछि वार्ता भोलिका लागि सरेको हो।

डा.केसी आज अनसन बसेको २४ दिन भइसकेको छ। विगत २४ दिनदेखि असनमा रहेका डा केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।स्वास्थ्य अवस्था गम्भीर बनेपनि डा.केसीले माग पूरा नभएसम्म आइसियुमा जान अस्वीकार गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *