काठमाडौँ —चैत ४ ।
एएनपी मिडिया हाउसले नेपालमै पहिलोपट र्याप संगीतको क्षेत्रमा ‘र्याप व्याटल अफ नेपाल २०१९’ प्रतियोगिता गर्ने भएको छ । दुई दशकदेखि शैक्षिक तथा सौन्दर्य र प्रतिभामूलक कार्यक्रम गर्दै आएको हाउसले र्याप सगीतका लागि पहिलोपटक रियालीटी शो स्पर्धा गर्न लागेको हो ।
१२ वर्षदेख २४ वर्ष उमेर समूहका कम्तिमा ८ कक्षा अध्ययन गर्दै गरेको कुनै पनि उचाई र वजनका प्रतिभाशाली नेपाली नागरीकले यसमा भाग लिन सक्ने मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी दिए ।
यो रियालिटी शोमा भोङि प्रणाली तथा निर्णायकको मूल्यांकन आधारमा विजेता घोषणा गरिने छ । व्याटलमा प्रथम हुनेलाई ३० हजार रुपियाँ तथा फष्ट र सेकेण्ड रनर्सअपलाई क्रमशः २० र १० हजार रुपियाँ प्रदान गरिनेछ ।
टेलिभिजन र एएनपी मिडिया हाउसको आधिकारीक युट्युब च्यानल एएनपी मिडिया हाउस देखाईने र्याप व्याटल अफ नेपाल २०१९ का लागि आगामी चैत २२ गते राजधानीमा अडिसन लिइनेछ । अडिसनबाट १०० जना चयन गरिने र उनीहरुका बीच स्पर्धा गराइने कार्कीले जनाए ।
