काठमाडौं— फागुन १६।
पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर ताप्लेजुङको सुकेटार विमानस्थलबाट काठमाडौं उडेको छ ।
दुर्घटनामा मृत्यु भएका सातै जनाको शवलाई सुकेटर विमानस्थलमा बिहीबार बिहानै ल्याई पु-याएको भएपनि खराब मौसमका कारण शव पठाउन ढिला भएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । मौसम खुल्ने बितिकै शव काठमाडौं पठाइएको हो ।
फुङलिङ नगरपालिका १० को दारेभीरमा बुधबार हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।
(नयाँ पत्रिका)
