शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

झुन्डिएर आत्महत्या गरेको अवश्थामा वनमन्त्री बस्नेतकी भतिजीको शव भेटियो

काठमाडौं— २१, माघ ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतकाे झुन्डिएकाे अवस्थामा शव फेला परेकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले बस्नेतकाे शव फेला परेकाे पुष्टि गरे ।

उनका अनुसार ललितपुरको बालकुमारीस्थित वेस्टार अर्पाटमेन्टमा बस्ने बस्नेतकाे आइतबार शव फेला परेकाे हाे । ‘अर्पाटमेन्टको पाँचौ तलामा झुण्डिएको अवस्थामा हामीले फेला पारेका हौँ’, धानुकले बताए । उनका पति रोशन खड्का उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजकसमेत हुन् ।

(नया पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *