शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

लन्डन स्टक एक्सचेन्जमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले बोन्ड जारी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताएका छन्।

चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने गरी ३० मिलियन डलरको बोन्ड जारी गर्ने र त्यका लागि आफूहरुले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको खतिवडाले बताए।

उनले सो बोन्डका लगानीकर्ताले ८.५ प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए।

पाँच वर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए।

ठूला विकास पूर्वाधारमा लगानी गर्ने उदेश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनको भनाई छ।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यस सम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *