बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीन वाणिज्य बैंकसहित पाँच कम्पनीहरुलाई ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, एनसीसी बैंक, मञ्जुश्री फाइनान्स  र कामना सेवा विकास बैंकले ऋणपत्र विक्री गर्न बोर्डको अनुमति पाएका हुन् । 

बोर्डले मञ्जुश्री फाइनान्सलाई ८ वर्षे अवधिको वार्षिक ९ दशमलव ५ प्रतिशत व्याजदरको ५ लाख कित्ता ऋणपत्र विक्री गर्न पुस २६ गते अनुमति दिएको हो । कुल कित्तामध्य कम्पनीले ३ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र २ लाख कित्ता परिपत्र विधिमात्र विक्री गर्नेछ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

प्राइम बैंकलाई पनि पुस २६ गतेनै बोर्डले ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत व्याजदर रहेको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको हो । बैंकले कुल कित्तामध्य २१ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र १४ लाख कित्ता परिपत्र विधिबाट विक्री गर्नेछ । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

त्यस्तै , कामना सेवा विकास बैंकले १० लाख कित्ता ऋणपत्र १० वर्षे अवधिमा परिपक्क हुने गरी विक्री गर्न माघ २ गते अनुमति पाएको छ । यस बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरको कुल कित्ता ऋणपत्र मध्य ६ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत र ४ लाख कित्ता परिपत्र विधिबाट व्यक्तिगत तवरले विक्री गर्नेछ । कामना सेवाको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलनै रहेको छ ।

कृषि विकास बैंकलाई पनि ७ वर्षे अवधिको ४ प्रतिशत व्याजदरमा ६० लाख कित्ता ऋणपत्र विक्रीको बाटो खुला भएको छ । कुल कित्तामध्य ३६ लाख कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न र २४ लाख कित्ता परिपत्र विधिमार्फत विक्री गर्न बोर्डले बैंकलाई माघ ४ थतृ अनुमति दिएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा पनि एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

एनसीसी बैंकले ३० लाख कित्ता ऋणपत्र विक्री गर्न माघ ५ गते बोर्डको स्वीकृति पाएको छ । १० वर्षे अवधिको यो ऋणपत्र वार्षिक ९ दशमलव ५ प्रतिशत व्याज दिने गरी बैंकले जारी गर्नेछ । कुल कित्तामध्य १८ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाका लागि छुट्याईएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *