काठमाडौं, पुस- ९ ।
दक्षिण एसियाली मुलुक भारतले ४ हजार किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने मिसाइलको परीक्षण गरेको छ।
अग्नि चौंथौ मिसाइल नाम दिईएको उक्त मिसाइल २० मिटर लामो छ भने यसको तौल १७ टन रहेको छ।
अत्याधुनिक प्रविधि समावेश गरिएको मिसाइलमा आर्ट गाइडिङ, नेभिगेसन र सञ्चार प्रणाली समेत जडान गरिएको जनाइएको छ।
भारतले यसअघि पनि अग्नि पहिलो, दोस्रो, तेस्रो र पृथ्वी नाम्क मिसाइलहरुको सफल परीक्षण गरिसकेको छ।
