आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

नबिल बैंकका ५ कर्मचारी सहित २४ जनामा कोरोना संक्रमण

नबिल बैंकका ५ कर्मचारी सहित २४ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भदौ २१ वीरगञ्ज । आइतबार वीरगञ्जमा एकै बैंकका ५ कर्मचारीसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए।नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राती गरिएको पीसीआर परीक्षणमा पर्साका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा नबिल बैंक वीरगञ्ज शाखाका पाँच जना कर्मचारीसमेत रहेका छन्। यसअघि पनि नबिल बैंकका ८ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका २२ जना, कृषि औजार कारखानामा रहेको सशस्त्र प्रहरी गुल्मका २ जना, कालिकामाई गाउँपालिका ४ का ५३ वर्षका एक पुरुष, जगरनाथपुर गाउँपालिकाका १६ वर्षकी एक किशोरीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। ...
वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

समाचार, स्वास्थ्य
सरकारले राजधानीको महाबौद्धमा रहेको वीर अस्तपाललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने र वीर अस्पताल भने कोभिड अस्पतालका रुपमा सञ्चालन हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयमसेवीका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयमसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उनले बताए ।  यस्तै  त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियु बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । प्रवक्ता डा. गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियु निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको हो । ...
कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा परीक्षण

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा परीक्षण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ ।चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  ...
स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यमा कोरोना संक्रमण

स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ।परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन्।क्वारेन्टिनमा बसेका मन्त्रीले मन्त्रालयको काम घरबाटटै गरिरहेका छन्। तीन दिन अगाडि उनको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो।भदौ २१, २०७७ मा प्रकाशित ...
ललितपुरमा झडपपछि पक्राउ परेका दुईजनामा कोरोना संक्रमण

ललितपुरमा झडपपछि पक्राउ परेका दुईजनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडौं। गएको बिहीबार ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा भएको झडपपछि पक्राउ परेका ९ जना मध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ। ललितपुर प्रहरीको हिरासतमा रहेका उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बतायो। कोरोना संक्रमण देखिएपछि उनीहरुलाई बेग्लै हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ। स्रोतका अनुसार संक्रमितलाई अस्पताल कसरी पठाउने भन्ने विषयमा उनीहरुका आफन्तसँग छलफल भइरहेको छ। कुन अस्पताल लैजाने भन्ने पनि टुंगो नभएको स्रोतले जनाएको छ। गएको बिहीबार ललितपुरको पुल्चोकमा भएको भडपमा ९ जना पक्राउ परेका थिए। सो झडप नियन्त्रण गर्न खटिएका १९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो। निषेधाज्ञा जारी रहे पनि ठूलो संख्यामा मानिसहरु रथ तान्न आएपछि प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि त्यहाँ झडप भएको थियो। कोरोना महामारीका कारण काठमाडौं उपत्यकाक...
खोपले कसरी काम गर्छ  ?

खोपले कसरी काम गर्छ ?

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको खोपबारे विश्वमा चासो छ । कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न उठाइरहेका छन् । यद्यपि पछिल्लो खबरले भने खोपबारे केही उत्साह जगाइदिएको छ । चर्चित मेडिकल जर्नल द लासेन्टमा प्रकासित एक अध्ययन अनुसार रुसले बनाएको कोरोना भाइरस बिरुद्धको खोपले सकारात्मक संकेत देखाएको छ । रुसले तयार गरेको ‘स्पुतनिक–५’ नामक उक्त खोप मान्छेमा परीक्षण गरिएको थियो, जसमा कुनैपनि गंभीर हानी देखिएन । जति व्यक्तिमा यो खोप परीक्षण गरिएको थियो उनीहरु सबैका एन्टीबडी विकसित भएको पाइयो ।रुसले पछिल्लो महिना कोरोना बिरुद्धको यस खोपलाई स्विकृति दिएको थियो । त्यसपछि विश्वभर यसबारे चर्चा–परिचर्चा भएको थियो । खोपको पहिलो चरणको परीक्षण कुल ७६ जनामाथि गरिएको थियो । ४२ दिनमा यसले राम्रो नतिजा दिएको छ । यस परीक्षणमा सहभागी सबै व्यक्तिमा २१ दिनभित्र एन्टीबडी वि...
नेपालमा २४ घण्टामा थपिए ९८० कोरोना संक्रमित

नेपालमा २४ घण्टामा थपिए ९८० कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडानेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ थियो ।पछिल्लो २४ घण्टामा थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७ हजार १२७ थियो ।मन्त्रालयका अनुसार शन...
दुई हजार भन्दा बढी  प्रहरीमा देखियाे कोरोना सङ्क्रमिण

दुई हजार भन्दा बढी प्रहरीमा देखियाे कोरोना सङ्क्रमिण

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडौं । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ सङ्क्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी वरिष्ठ...
उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडौं ।उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २९० तथा ललितपुर र भक्तपुरमा ३२–३२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यस्तै उनले पछिल्लो २४ घण्टामा देशभर महिला २९० र पुरुष ६९० गरी ९८० जनामा संक्रमण पुष्टि भएको बताए ।  यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २०१ र होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका  छन् । पछिल्लो २४ घण्टामा १ हजार ८१४जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २८ हजार ९४१ पुगेको छ । यस्तै आज पीसीआर १० हजार ३८२ जनाको भएको छ ।  ...
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि

गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याललाई कोरोना पुष्टि

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो। नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ। एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो। त्यही गणमा प्रहरीसँगै खाना खानुभएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज थप ६७ जनामा कोरोना पुष्टि भएको छ। स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनाम...