आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइयो

कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइयो

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बीबीसी। अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन्। कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो। इम्पेरिअल कलेज लन्डनका अनुसन्धानकर्ताहरूका अनुसार कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसहरूमा जून महिनादेखि सेप्टेम्बर महिनाको बीचमा २६ प्रतिशतले एन्डीबडी घटेको पाइएको छ। रोग प्रतिरोधी क्षमता कम भएको र कोरोनाभाइरसले धेरै पटक सङ्क्रमित बनाउने जोखिम देखिएको उनीहरूले बताएका छन्। यूकेमा अक्टोबर महिनाको तेस्रो सातातिर कोभिड-१९ का कारण मृत्यु हुने मानिसहरूको सङ्ख्या ६० प्रतिशतले बढेको विवरण राष्ट्रिय तथ्याङ्क निकायले सार्वजनिक गरेकै समयमा पछिल्लो अध्ययनको निष्कर्ष आएको हो। रिएक्याट-टू नामक अध्ययनका क्रममा साढे तीन लाख मानिसहरू एन...
आज काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि

आज काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गरिएको २ हजार ७२५ पीसीआर परीक्षणका क्रममा काठमाडौं उपत्यकामा ९७ जना महिला र १५५ जना पुरुष गरि कुल २५२ जना संक्रमित थपिएका हुन् । यसैबिच, नेपालमा पछिल्लो २४ घण्टामा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १६८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ । नेपालमा कुल संक्रमित मध्ये ७४.१ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् । ...
देशभर पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित

देशभर पछिल्लो २४ घण्टामा ५७० जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
 पछिल्लो २४ घण्टामा देशभर ५७० जना कोरोना पोजेटिभ भेटिएका छन् ।संक्रमितमा २११ जना महिला र ३५९ जना पुरुष रहेका छन् । योसँगै कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख १८ हजार ८४३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ३१६८ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ । योससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ । यस्तै सक्रिय संक्रमित ४० हजार ६३१ जना रहेका छन् । ...
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरूलाई अपिल

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरूलाई अपिल

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान सरकारहरूलाई अपिल गरेको छ। सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ। तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै सङ्गठनले सचेत गराएको हो। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए। डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ । यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ‘कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो। महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र...
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

समाचार, स्वास्थ्य
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरीको धरान घर भएका ५० वर्षीय पुरुषको गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती पुरुषमा पहिलेदेखि नै उच्च रक्तचाप र डायबिटिजको समस्या थियो । यही कात्तिक १ गते उनमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि कात्तिक ८ गते उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । ...
काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् । काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन् । तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ । हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन् । काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेका छन् । ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन् । तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ । ललितपुरमा २६४३ जना होम आइसोलेसनमा छन् । भक्तपुर जिल्लामा हालसम्म ५३१३ जना संक्रमित भएका छन् । तीमध्ये ...
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित,मृत्यु हुनेको कूल संख्या ८५७

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित,मृत्यु हुनेको कूल संख्या ८५७

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७८९ जना पुरुष र १हजार ६७ जना महिला रहेका छन्। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमित ४५ हजार ५७२ जना रहेका छन् । ३ हजार ३३६ जना निको भएका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।  मृत्यु हुनेको कूल संख्या ८५७ पुगेको छ । प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । पैँतालीस हजार ५७२ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।  हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्...
विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिए

विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
विश्वभरमा गत २४ घण्टामा साढे ४ लाख बढि कोरोनाका संक्रमित थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा ४ लाख ५१ हजर ६ सय बढि कोरोनाका संक्रमितहरु थपिएका हुन्। यो सँगै विश्वमा हालसम्म कोरोनाका संक्रमितको संख्या ४ करोड २९ लाख १७ हजार बढि रहेको छ। तथ्यांक अनुसार २४ घण्टामा मात्र कोरोनाका कारण ५ हजार ५ सय बढिले ज्यान गुमाएका छन्। गत वर्षको डिसेम्बरमा चीनबाट देखिएको कोरोना भाइरसले हालसम्म ११ लाख ५४ हजार ३ सय बढिको ज्यान लिइसकेको छ। विश्वमै सबैभन्दा बढि अमेरिकामा २ लाख ३० हजार बढिको कोरोनाका काराण ज्यान गएको छ। गत २४ घण्टामा सबैभन्दा बढि अमेरिकामा ७८ हजार ६ सय ७१ कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ लाख २७ हजार १ सय बढि रहेको छ। गत २४ घण्टामा कोरोनाकै कारण अमेरिकामा करिव ८ सयले ज्यान गुमाउनु परेको छ। अमेरिकापछि विश्वका कोरोना प्...
पछिल्लो २४ घण्टामा थप २२२५ जना  ; उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २२२५ जना ; उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २८४६ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ रहेको छ । काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै रुपन्देहीमा १४५ जना, मोरङमा १०१, कैलालीमा ९७ जना, कास्कीमा ७७ जना, बाँकेमा ६४ जना, दाङमा ६१ जना, सुनसरीमा ५९, चितवनमा ४९ जना, झापामा ४७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । बारामा ३२ जना, नवलपरासी पूर्वमा २५ जना, क...
कोरोना संक्रमणबाट विराटनगर र धरानमा गरी ३ जनाको जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगर र धरानमा गरी ३ जनाको जनाको मृत्यु

समाचार, स्वास्थ्य
 कोरोना संक्रमणबाट विराटनगर र धरानमा गरी ३ जनाको जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा शनिबार सुनसरीका एक पुरुष र इलामकी एक महिलाको मृत्यु भएको जनाइएको छ । त्यस्तै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् । मस्तिष्कसम्बन्धी समस्या रहेकी बालिकालाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको गढी गाउँपालिकाका एक ३८ वर्षीय पुरुष र इलाम नगरपालिकाकी ५९ वर्षीय महिलाको मृत्यु भएको हो । सुनसरीका युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको थियो भने इलामकी महिलाको बिहान करिब ७ बजे मृत्यु भएको हो । ...