‘जिनियस म्युजिक अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक(सूचि सहित)
काठमाडौं । दोश्रो तथा तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कोरोना महामारीका कारण रोकिएको दोश्रो संस्करणको मनोनयन समेत एकै पटक सार्वजनिक गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।एक दशक भन्दा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसरमा नेपाली गीत–संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड–२०७९’ द्वारा पुरस्कृत तथा सम्मान गर्न लागेको हो ।
जि...








