आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सरोज कोईरालाको संगीतमा ‘पिडा’को फिमेल भर्सन सार्वजनिक(भिडियो)

सरोज कोईरालाको संगीतमा ‘पिडा’को फिमेल भर्सन सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको अडियो भिडियो सार्वजनिक भएको छ ।गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।गीतकार सिताराम कोइराला रचित पिडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ ।गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ । https://youtu.be/or1JpD9f8EQ भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नु...
जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा'(भिडियो)

जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा'(भिडियो)

मनोरन्जन, समाचार
चर्चित भिडियो निर्देशक जीवन शाहीको निर्देशनमा ‘सम्झनाले मनै रुदा ‘बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक डिएस डांगीको मार्मिक स्वरमा रहेको गीतलाई संदिप कार्कीले एरेन्ज गरेका छन भने,शव्द तथा संगीत स्वयं गायक डांगीकै रहेको छ ।रोजगारीका लागि विदेश जान वाध्यता वीच आफ्नो मायालुको सम्झनाले सताउदाको पिडालाई गीत तथा भिडियोमा यर्थाथपुरक ढंगले प्रस्तुत गरिएको छ । भिडियोमा गायक डांगीकै अभिनय रहेको छ भने उनलाई विना राउतले अभिनयमा साथ दिएका छन । भिडियोलाई दिपेन वस्न्यातले सम्पादन एवं छायांकन गरेका हुन । https://www.youtube.com/watch?v=y2xVwNLJ2zE ...
नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य बुद्ध लामालाई संघको बधाइ सम्मान प्रदान

नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य बुद्ध लामालाई संघको बधाइ सम्मान प्रदान

मनोरन्जन, समाचार
काठमाडौं । नृत्य निर्देशक संघ नेपालले संघका सदस्य एवं चौरीदेउराली गाउपालिका वडा नं. १ बाट नव निर्वाचित वडा सदस्य बुद्ध लामालाई सम्मान गरेको छ । लामो समयदेखि नृत्य निर्देशकको रुपमा सक्रिय लामाले नेपाली काङ्ग्रेसबाट वडा सदस्यमा निर्वाचित भएको अवसरमा उनलाई संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष प्रदिपमान श्रेष्ठ लगायत अन्य वोर्ड सदस्यहरुले वधाई एवं सफल कार्यकालका लागि शुभकामना सहित सम्मान प्रदान गरेका थिए ।नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको कार्यालयमा आयोजना गरिएको उक्त बधाई तथा शुभकामना कार्यक्रममा  केन्द्रीय सह-सचिव रवि राना मगर,  केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठ, केन्द्रीय उपाध्यक्ष शम्भु शाही, केन्द्रीय महासचिव नृपध्वज खत्री,केन्द्रीय कोषाध्यक्ष शारदा शर्मा सोती,केन्द्रीय सह-कोषाध्यक्ष केशव कोइराला,केन्द्रीय सदस्यहरु प्रमिला कार्की ढकाल, सृजना श्रेष्ठ,स...
रवि सुवेदीको स्वरमा ‘गुंरास जस्तो’ सार्वजनिक(भिडियो)

रवि सुवेदीको स्वरमा ‘गुंरास जस्तो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायक रवि सुवेदीको स्वरमा रहेको ‘गुंरास जस्तो’ बोलको गीतको भिडियो सार्वजनिका भएको छ । रोशन अनुराग राईको शव्दमा तयार भएको गीतको भिडियो गायक सुवेदीको आफ्नै युट्यूब च्यानल रवि सुवेदीबाट सार्वजनिक भएको हो । लामो समयदेखि अमेरिकामा वसेर नेपाली गीत संगीतको प्रवद्र्धनका लागि सक्रिय गायक सुवेदीले थुप्रै गीतहरु बजारमा सार्वजनिक भैसकेका छन । https://youtu.be/JDlBCx_OrKI गायनसंग संगै अभिनयमा समेत निरन्तरता दिएका सुवेदीको सार्वजनिक गीत गुंरास जस्तोलाई सुरेन्द्र श्रेष्ठले संगीत एवं एरेन्ज दिएका छन । सुर मेलोडीमा तयार भएको गीतको भिडियोको प्रडक्सन मेनेजर नवराज कार्की हुन भने ड्रोन अपरेटर सुरेश काफ्ले हुन । भिडियोमा गायक सुवेदीलाई मोडल अस्मि थापा र अभिनेता जयराम बर्माले अभिनयमा साथ दिएका छन । धुलीखेल तथा काभे्रका मनोरम दृश्य समेटिएको भिडियो प्रविन थापाको कोरियोग्राफी तथा छायांकन र ...
इमाडोल जेसिजले स्थापना दिवस मनाउदै सुरु गर्यो जेसिज सप्ताह

इमाडोल जेसिजले स्थापना दिवस मनाउदै सुरु गर्यो जेसिज सप्ताह

समाचार, समाज
इमाडोल जेसीजको ११ औँ वार्षिक उत्सवको अवसरसँगै २०२२ को जेसीज सप्ताहको उद्घाटन भएको छ । सप्ताहको उद्घाटन समारोहकाबिच बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मानसहित शुभकामना आदानप्रदान गरिएको थियो । समारोहमा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जनसहित वडा अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा शाखाको ११ औँ स्थापना दिवसको केकमा दिप प्रज्वलन तथा केक काटेर कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा इमाडोल जेसीजका लागि निरुपित राष्टिय उपाध्यक्ष जीवन कार्की, नेपाल जेसीजका मिडिया संयोजक सोनितराज ढुङ्गेल, धरान जेसीजका पूर्व अध्यक्ष द्धारिकानाथ श्रेष्ठ, काठमाडौँ जेसीज २०२२ का अध्यक्ष अनुप सुनुवार, नेपाली कांग्रेस महाधिवे...
रबि लामिछाने राजनीतिमा सक्रिय हुने घोषणाले तरंग

रबि लामिछाने राजनीतिमा सक्रिय हुने घोषणाले तरंग

राजनीति, समाचार
चर्चित संञ्चारकर्मी रबि लामिछाने संचार क्षेत्रलाई त्यागेर सक्रिय राजनीतिमा आउने घोषणा गरेका छन । उनको यो घोषणाले राजनीतिमा तरंग उत्पन्न गरेको छ । उनी एक चर्चित राम्रा प्रस्तोता हुन । उनले समाजमा घटेका घटना र साना साना बिषय बस्तु टेलिभिजन मार्फत उठान गरे पछि जनताको मन जित्न सफल भएका हुन । पीडामा परेका मान्छेको आवाज बने उनी । त्यसैले उनी जनताको मन मनमा बस्न सफल भए । उनको संचार क्षेत्रको यात्रा सफल बन्यो । हिजोबाट उनी टेलिभिजन कार्यक्रमबाट बिश्राम लिएको घोषणा पनि गरेका छन । उनले राजनीति बाटो तय गदै छन । उनले राजनीतिको मार्ग चित्र कोर्ने बताएका छन । अब उनको राजनीति यात्रा कसरी अघि बढछ त्यो भोलीका दिनमा हेदै जाउला । उनले आफना कुरा सार्वजनिक गर्न असार ७ गते ठूलो भेला पनि गदै छन । उनले आहवान गरेको भेलामा को को सहभागी हुन्छन् त्यो भने सबैको चासोको बिषय पक्कै बनेको छ । के उनी संचार क्षेत्रमा...
लायन वर्ष २०२२–२३ का निर्वाचित पदाधिकारीहरुलाई “क्लब्स् अफिसर्स स्कूलिङ्ग”

लायन वर्ष २०२२–२३ का निर्वाचित पदाधिकारीहरुलाई “क्लब्स् अफिसर्स स्कूलिङ्ग”

समाचार, समाज
काठमाडौं । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल, नेपालको लायन वर्ष २०२२–२३ का लागि निर्वाचित क्बल पदाधिकारीहरुलाई एक दिने “क्लब्स् अफिसर्स स्कूलिङ्ग” कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब्स् अन्तर्राष्ट्रि«य मल्टिपल डिष्ट्रिक ३२५ नेपालका सल्लाहकार पूर्व गर्भनर गौतममान श्रेष्ठको प्रमुख आतिथ्यमा काठमाडौंस्थित होटल एयरपोर्टमा सम्पन्न भएको थियो । लायन वर्ष २०२२–२३ का लागि डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन लायन मणिश्री रत्न बज्राचार्यबाट स्वागतबाट शुभारम्भ भएको उक्त कार्यक्रम झण्डै ६० क्लबहरुबाट १६० अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमको पहिलो सत्रको मुख्य विषयगत अनुसार उपस्थित विभिन्न क्लबहरुबाट प्रतिनिधित्व गरेर आउनु भएका क्लब अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई तीन वटा समूहमा विभाजित गरिएको थियो । पदिय दायित्व अनुसार...
धिरेन शाक्य र सविना सुनार अभिनित ‘डोको चोयाको’ सार्वजनिक

धिरेन शाक्य र सविना सुनार अभिनित ‘डोको चोयाको’ सार्वजनिक

मनोरन्जन, समाचार
नेपाली चलचित्र क्षेत्रमा ३ दशक बढी समय बिताईसकेका र निरन्तर काम गर्दै आइरहेका वरिष्ठ अभिनेता धिरेन शाक्य र नव मोडल सविना सुनार अभिनित ‘डोको चोयाको’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा कृष्ण बस्यालको शब्द, गायक राजेश बर्देवा तथा गायिक मेनुका परियारको स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन पनि गायक बर्देवाले नै गरेका हुन । लाजिम्पाट स्थित ओपेरा रेष्टुरेन्टमा कलाकार, भिडियो टिम र सञ्चारकर्मीहरु माझ गीतको भिडियो सार्वजनिक गरिएको थियो ।पछील्लो समय नायक धिरेन शाक्य म्युजिक भिडियोमा निकै व्यस्त देखिन्छन । दिनहुँ जसो एउटा भिडियो सार्वजनिक भईरहेको छ । सार्वजनिक कार्यक्रममा आफ्नो टिमको तर्फबाट बोल्दै अभिनेता शाक्यले भिडियोसंगै केही चलचित्रहरु पनि छिट्टै आउने कुरा बताउनुभयो । गीत सुन्न बितिकै आफुलाई राम्रो लागेको र त्यसमा अझ कमल राई जस्तो वरिष्ठ डान्स डाइरेक्टर भएपछी र सबै यही बिधाका अनुभवी व्...
बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

बाम बिचारधाराका बौद्धिक वर्गले यो बिषयमा किन बोल्दैनन् ?

राजनीति, समाचार
-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । यति बेला प्रदेश र संघीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ आफना बैठक पनि चलिरहेका छन । लोकतन्त्रमा चुनाव हुनु भनेको यो एउटा सुन्दर पक्ष हो । आगामी मंसिरमा प्रदेश सभा र संघीय संसद्को अवधि सकिँदैछ। त्यसैले राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढीलगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे । स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आए पछि राजनीतिक दलहरु एका एक झस्किरहेका छन । राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ? राजनीतिक दलका नेताले सत्तामा पुगे पछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ । चुनाव खर्...
स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

स्वस्तिश्री गुरुकुलमा शुरु भयो १० दिने खेलकुद कार्यक्रम

आर्थिक, समाचार
काठमाडौँ,३० जेठ । काठमाडौँको सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल आइ.वि.वल्र्ड स्कुलले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अबसरमा १० दिने विविध खेलकुद कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको आज एक समारोहका बीच नेपाल ओलम्पिक कमिटीअन्तरगत (स्पोट्र्स फर अल कमिसन) का संयोजक विष्णुगोपाल श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । उक्त समारोहमा उहाँले ओलम्पिकको स्थापना र यसको महत्वका बारेज प्रकाश पार्दै नेपालको खेलकुद क्षेत्र र खेलाडीको समेत भविश्य राम्रो रहेको बताउनुभयो । संयोजक श्रेष्ठले विद्यालयका बालकालिकालाई खेलकुदमा भाग लिएर फाइदा उठाउन सुझाव पनि दिनुभयो । ओलम्पिक दिवसको बारेमा जानकारी गराउँदै श्रेष्ठले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेलाडीको आवश्यकता पर्नेमा जोड दिनुभयो । सो क्रममा उहाँले खेलका लागि फुटबल समेत हस्तान्तरण गर्नुभएको थियो । उक्त समारोहमा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकारले...