आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज

प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज

मनोरन्जन, समाचार
काठमाडौं, ३० जेठ । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसईई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन् । विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षिया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छिन् भने विधागत अवार्डतर्फ मष्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन् । त्यसै गरी फष्र्ट रनरअप अदिती शर्मा भइन भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन् । सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन् भने उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्, थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङ मार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन् । फोर्थ रनरअपको ताज प्रतिष्ना कार्की जित्न सफल भइन् भने उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन् । त्यसैगरी अन्य विधागत अवार्ड तर्फको ‘सिन्सियर सजना ...
बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा कमलप्रसाद ढकाल

बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघको अध्यक्षमा कमलप्रसाद ढकाल

खेलकुद, समाचार
कमलप्रसाद ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरिएको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यता, नेपाल पेन्टाथलोन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको समापतित्वमा काठमाडौंमा उपस्थित खेलकर्मीको भेलाले ढकालको अध्यक्षतामा बागमती प्रदेश मोडर्न पेन्टाथलोन संघ गठन गरेको हो । संघको उपाध्यक्षमा दिलकुमारी नेपाल, मिलन खड्कार र रवी किरण खड्का चयन भएका छन् । यस्तै सचिवमा कृष्णप्रसाद लामिछाने र कोषाध्यक्षमा ध्रुव पोखरेल चयन भएको प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले जानकारी दिएको छ । त्यस्तै संघको सदस्यहरुमा भिकटर राणा, मनिष अर्याल, विकास खेतान, डिल्लीराम श्रेष्ठ, शुष्मा थापा, तीर्थराज गौतम र प्रेमकुमार अर्याल चयन भएका छन् । मोडर्न पेन्टाथलन एउटा ओलम्पिक खेल हो, जसमा फेन्सिङ, फ्रिस्टाइल पौडी, इक्वेस्ट्रियन शो जम्...
‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा

‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा

मनोरन्जन, समाचार
काठमाडौं, २९ जेठ र्‍याप गीतमा आधारित रियालिटी सो ‘र्‍याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार २ मा हुनेभएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रिन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । हिपहप र ‘र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शोको आयोजना गरिएको यसका निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘र्‍याप गीत संगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटि शो को आयोजना गरेका छौ । पहिलो शो बाट नै हामी धेरै उत्साहित भएका छौ’, निर्देशक अछामीले भन्नुभयो । अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेति (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरू मध्ये असार २ गते हुने अन्तिम प्रतिस्पर्धामा एक जना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्ल...
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्रकण सम्पन्न

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्रकण सम्पन्न

मनोरन्जन, समाचार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्रकण सम्पन्न भएको छ । महोत्सवमा दीया मास्के उत्कृष्ट अभिनेत्री र मुकुन भुसाल उत्कृष्ट अभिनेता घोषित हुनुभयो । दीयाले चलचित्र ‘प्रकाश’ र मुकुन ‘झिँगे दाउ’ उत्कृष्ट हुनुभएको हो । काभ्रेको भकुण्डेबेंसीमा सम्पन्न महोत्सवमा उत्कृष्ट फिचर फिल्मको अवार्डसमेत ‘झिंगेदाउ’ले जितेको छ । उक्त अवसरमा फिचर फिल्म ‘प्रकाश’ले जुरी अवार्ड तथा चलचित्रका लेखक विकास सुवेदीले उत्कृष्ट पटकथा र निर्देशक दिनेश राउतले उत्कृष्ट निर्देशकको अवार्ड चुम्नुभयो । चलचित्र विकास बोर्डसँगको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानले आयोजना गरेको महोत्सवमा उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड ‘डेसान’बाट कमल एक्चै मगरले प्राप्त गर्नुभयो । उक्त अवसरमा उत्कृष्ट फिचर फिल्म छायांकारको अवार्ड पनि ‘डेसान’ले प्राप्त ग¥यो । छायांकार चक्रबहादुर महर्जनले उक्त अवार्ड प्राप्त गर्नुभयो । उ...
गोदावरी वडा न. ३ को जानकारी दिन चोक चोकमा क्युआर स्क्यान बोर्ड

गोदावरी वडा न. ३ को जानकारी दिन चोक चोकमा क्युआर स्क्यान बोर्ड

आर्थिक, समाचार
ललितपुर । ललितपुर जिल्ला स्थित गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो । विशेषत: छुट्टीका दिनमा यस क्षेत्रमा भिडभाड हुने गर्दछ। शान्त सितल ठाउँमा रम्न र हरिया डाडाकाडा हेर्न पर्यटक लालायित हुन्छन् । धार्मिक हिसाबले पनि यो क्षेत्र घुम्न लायकको ठाउँ मानिन्छ। सुन्दर पर्यटकीय क्षेत्र गोदावरीमा क्युआर स्क्यान बोर्ड राखिएको छ।गोदावरी नगरपालिका वडा न. ३ मा पर्यटन प्रवर्द्धन हेतु क्युआर स्क्यान बोर्ड राखिएको हो। क्युआर स्क्यान गरेर पर्यटकले यस क्षेत्रको सम्पुर्ण जानकारी लिन सक्दछ्न। गोदावरी घुम्न आउने पर्यटकलाई वडा भित्र रहेका सम्पुर्ण मठ मन्दिर , स्कुल कलेज , होटल ,रेष्टुरेन्ट , माहुरी पालन मत्स्य पालन , हर्बेरिम , गार्डेन , बनस्पति,मार्वल डाडा आदि सबैको अडियो, भिडियो ,फोटो र ति ठाउहरुको छोटो लिखित जानकारी सहितको क्युआर स्क्यान वोर्ड वडाका पोल र चोकमा राखि घुम्नका लागि सहज बनाउने ...
श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान

श्रीलंकामा समाजसेवी रन्जिता गुरुङ्गलाई विशेष सम्मान

समाचार, समाज
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । समाजसेवी रन्जिता गुरुङ्गलाई श्रीलंकाको राजधानी कोलम्वो स्थित होटल जेष्ट मेट्रोपोलमा आयोजित भव्य समारोहमा उक्त सम्मान प्रदान गरिएको हो । एक दशक भन्दा लामो समयदेखि समाज सेवामा सक्रिय गुरुङ्गलाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । रन्जिता फाउण्डेसनका संस्थापक अध्यक्ष समेत रहेकी गुरुङ्गले असहाय वालवालिकाहरुको शिक्षा दिक्षाका निमित्त सहयोग गर्दै आईरहेकी छिन भने तराईमा वाढि पहिरोबाट घरवार विहिनका लागि थुप्रै स्थानमा घर निर्माण गरि हस्तान्तरण गर्दै आएकी छिन । थुप्रै परिवार विहिन वालवालिकालाई संरक्षण प्रदान गर्दै आईरहेकी समा...
कोलम्वोमा राजदुतबाट सम्मानित भईन सौन्दर्यकर्मी जेविशा थापा

कोलम्वोमा राजदुतबाट सम्मानित भईन सौन्दर्यकर्मी जेविशा थापा

आर्थिक, समाचार
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा नेपालकी सौन्दर्यकर्मी जेविशा थापा सम्मानित भएकी छिन । लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय सौन्दर्यकर्मी थापालाई श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्र,सहोदराथ्वेय पियसतहन फाउण्डेसन श्रीलंकाका प्रमुख दनुस्का जयसिंघे तथा पर्यटन व्यबसायी एवं ईस्ना होलीडेजका प्रमुख निशानत परेराले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए । नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । लामो समयदेखि सौन्दर्यकर्मीको रुपमा निरन्तर लागि पर्दै आएकी थापाले दुवईमा समेत सर्वोत्कृष्ट मेकअप आर्टिष्टको रुपमा अवार्ड हात पार्न सफल भएकी छिन । स्वदेशमा भएका विभिन्न संघ संस्थाबाट सम्मानित भ...
श्रीलंकामा नेपाली कलाकर्मीलाई गरे राजदुतले सम्मान

श्रीलंकामा नेपाली कलाकर्मीलाई गरे राजदुतले सम्मान

मनोरन्जन, समाचार
कोलम्वो । श्रीलंकाको राजधानी कोलम्बोमा दोश्रो ग्लोबल टुरिज्म कन्फ्रेन्स भव्य रुपमा सम्पन्न भएको छ । कोलम्वोको होटल जेष्ट मेट्रोपोलमा आयोजित उक्त समारोहमा सहभागी हुन नेपालबाट करिव १ दर्जन वढि कलाकार,पत्रकार,सामाजिक अभियन्ता एवं पर्यटन व्यबसायीहरुको कोलम्बो आएका थिए । श्रीलंका र नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजित उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन व्यबसायी,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो । श्रीलंकाका लागि नेपाली राजदुत वासुदेव मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालको तर्फबाट निकिला मिडिया नेटवर्क र श्रीलंकाको तर्फबाट सहोदराथ्वेय पियसतहन फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको थियो ।इस्ना होलीडेज तथा श्रीलंकन एयरलाईन्सको विशेष सहयोग रहेको कार्यक्रममा नेपालबाट कार्यक्रममा सहभागीता जनाउन आएका वरिष्ठ अभिनेता उद्धवराज भट्टराई,वरिष्ठ गीतकार प्रमोद भट्टराई ‘प्रतिक’,सा...
सुजनको ‘भुक्के चप्पल’मा नविना (भिडियो)

सुजनको ‘भुक्के चप्पल’मा नविना (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय रहेको छ । भुक्के चप्पल गाउँले परिवेशको कथामा बनेको भिडियो हो । जसले प्रेम, कमेडी, लगायतका विषयबस्तुलाई समेटेको छ । भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन लोकप्रिय सम्पादक मिन रावलले गरेका हुन् । जसको कलरिङ पनि रावल स्वयमको रहेको छ । भिडियोको निर्देशन लेखराज तामाङले गरेका हुन् भने सह निर्देशन विकाश नेपालले गरेका हुन् । युवा उद्यमी समेत रहेका गायक शिवाकोटीले यसअघि हाम्रो जंगल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म...
चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला

चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला

मनोरन्जन, समाचार
अग्रजलाई सम्मान, नवलाई प्रोत्साहन, कला गला संकृती संरक्षणमा हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ अवार्ड संगै नगद राशि सहितको रिवार्ड आयोजना आयोजना गर्दै आईरहेको संस्था सामना म्युजीक क्रियसनले चौथौ संस्करणको राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) २०८० को लागी आवेदन खुल्ला गरेको आयोजक ले बताएको छ । नेपाली लोक गित आधुनिक, पप, राष्ट्रीय गित लगायतका २१ विद्यामा फारम भर्न सकिने आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिईन् । २०७८ चैत्र देखि २०७९ चैत्र मसान्तभित्र बजारमा आएका सिर्जनाहलाइृ समावेश गरिने आयोजकले बताएको छ ।नेपाली मौलिक लोक गित संगितको विकास र विस्तार एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको आयोजकका अध्यक्ष सामना शाहले जानकारी दिइन् ।आवेदन फारम अनामनगर स्थित सामना म्युजिक क्रियशन प्रा.लि.को कार्यालबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले वत...