कोरियोग्राफी तथा मोडलिङ क्षेत्रमा भविष्य खोज्दै – मोडल/कोरियोग्राफर उज्ज्वल के.सी
काठमाडौं, पुस-३० ।
सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल तथा कोरीयोग्राफर उज्ज्वल के.सी. भविष्यमा एक कुशल/चर्चित मोडल तथा कोरीयोग्राफर बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेका छन भने अहिले त्यसै अनुरुप मेहनत गर्दै म्युजिक भिडियो मोडलिङ तथा इभेन्ट कोरियोग्राफीमा व्यस्त छन ।
नेपालमा मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जुन एउटा उत्कृष्ट कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका छन् । त्यसैक्रममा उज्जवलले १८ बर्षको कलिलो उमेरमा नै मोडलिङ पेशालाई अंगाल्दै त्यही पेशालाई व्यवसाय बनाउदै अघिबढि रहेका छन ।
मोडल सङ्ग्स नेपालले आयोजना गरेको सौन्दर्य प्रतियोगिता नेक्स्ट सुपर टप...









