आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)

म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली गित संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको “समलिङ्गी”नामक म्युजिकल सिनेमा सार्वजनिक छ । बिगतमा पनि म्युजिकल सिनेमाहरु नआएका होईनन तर हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर बनाइएको दाबी निर्माण पक्षको रहेको छ। शिरिशा पौडेलको शब्द ,भिम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गितको भिडियोलाइ दिनेश पराजुलीले खिचेका हुन । https://www.youtube.com/watch?v=f_uKhmZ94xk दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन। सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक बसन्त सापकोटा यो म्युजिकल सिनेमामा भने आफू क्रीएटिभ डाइरेक्टरका रुपमा काम गरेका बताएका छ्न । भिडियोलाई दिपशिखा खड्काले निर्देशन गरेकी हुन । ...
कलंकीमा‘होटल पलाजो’को समुद्घाटन

कलंकीमा‘होटल पलाजो’को समुद्घाटन

आर्थिक, समाचार
काठमाडौंको कलंकीमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ । करिब ५ करोड रुपैयाँ लगानीमा होटल पलाजो सञ्चालनमा ल्याइएको हो ।होटलको शुभारम्भ शनिवार एक समारोहका बीच ९२ वर्षीय अग्रज व्यक्तित्व भीमबहादुर पाठकले गरे । काठमाडौं उपत्यकाभित्रका विभिन्न महत्वपूर्ण पर्यटकीय क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रमा राखेर होटल संचालनमा ल्याइएको संचालक सूर्यबहादुर खाती क्षेत्रीले जानकारी दिए । स्वदेशी तथा विदेशी अतिथिलाई आरामदायी सेवा तथा उत्कृष्ट सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए । होटल पलाजोले प्रत्यक्ष रुपमा ५० जनालाई रोजगारी प्रदान गरेको छ । होटलमा स्ट्याण्डर्ड, सुपर डिलक्स, डिलक्स गरी २५ वटा एसी रुम रहेका छन् । रुफटफ रेष्टुरेन्ट एण्ड बार, कफी शप र सेमिनार हलको पनि व्यवस्था रहेको छ । ...
तिज गित ‘सम्झेर माईतीको आँगन’(भिडियो)

तिज गित ‘सम्झेर माईतीको आँगन’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । तिज गित ‘सम्झेर माईतीको आँगन’ बजारमा आएको छ । कुमार कार्की को रचना तथा कविराज गिरी को संगित रहेको श्रीनाथ फिल्मस् को ब्यानर तथा कृपा एण्ड कृतिका प्रोडक्सन सहकार्यमा निर्मित तिज कोशेली माईतिको सम्झना एवान ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हुन्दु नारी हरुको महान पर्व तिज, बिशेष गरि गित मार्पmत माईतिलाई सम्झने पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो । बदलिदो समय संगै तिज को मर्म संकृती हराउदै गएकाले यस बर्ष मौलिक तिज गित बजारमा ल्याएको गितकार कुमार कार्कीले बताएका छन् । उक्त गितमा स्वर सुर्खेती चेली टिका पुनको रहेको छ भने अभिनय चर्चित मोडल आरुसी मगरको रहेको छ । https://www.youtube.com/watch?v=kwVPfJz8VNg गितको शब्द ले भने जसरी नै भिडियोको छायांकन गरिएको र भिडियोमा चड्किलो पन भन्दा पनी मौलिकता लाई बिशेष ध्यान पु¥याईएको निर्देशक निर्मल प्याकुरेलले बताएका छ...
किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिजमा नेपालका मोहन लम्साल विजय

किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिजमा नेपालका मोहन लम्साल विजय

समाचार, समाज
बिगत लामो समय देखि पर्यटन क्षेत्रलाई आफ्नो ब्यवसाय बनाउनु  भएको मोहन लम्सालले नेपाललाई विश्व सामु परिचित गराउदै लानु भएको छ । यसै क्रममा भरखरै अमेरिकाको मेनियपोलिसमा सम्पन्न भएको इन्टरनेस्नल कन्भेन्सनमा नेपालको झन्डा फहराउदै किवानिज इन्टरनेस्नल वोर्ड ट्रस्टिज २०२३-२०२६  जस्तो गरिमामय पदमा विजय भइ नेपाललाई विश्व सामु चिनाउन सफल हुनु भएको छ । यस प्रसंसनिय काम अनि गरिमामय पद संगै महत्वपूर्ण जिमेवारी पाउनु भएकोमा हामी किवानिज नेपाल डिस्ट्रिक अन्तर्गतको क्लबहरुको तर्फबाट सफल कार्येकालको हार्दिक शुभकामना व्यक्त गर्दछौं। शुभकामना प्रार्थी क्लबहरु: किवानिज क्लब लालीगुराँस, किवानिज क्लब रुकुम खारा , किवानिज क्लब एभरेष्ट, किवानिज क्लब सिन्धुपाल्चोक, किवानिज क्लब गछिया । बालबालिकाको क्षेत्रमा बिगत लामो समय देखि अन्तर्राष्ट्रिय रुपमा काम गर्दै आइरहेको किवानिज इन्टरनेस्नल नेपाल...
२१०औं भानुजयन्तिमा बालाजु बाईसधारामा कविता वाचन

२१०औं भानुजयन्तिमा बालाजु बाईसधारामा कविता वाचन

मनोरन्जन, समाचार
बालाजु बाईसधारा उद्यान कार्यालयको  आयोजनामा २१० औं आदिकवी भानुभक्त को जन्मजयन्ती बालाजु बाईसधारामा कविता वाचन सहित सम्पन्न भएको छ । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगर पालिका उत्थान तथा हरियाली प्रवद्र्धन आयोजना अन्तरगत वालाजु वाइसधारा उध्यान कार्यालयले आयोजना गरेको २१० औं भानुजयन्ति तथा कविता वाचन कार्यक्रममा स्थानिय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथीहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली का.म.न.पा.का १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुयाल विशिष्ठ कलाकार उत्तम केसी रहनु भएको थियो । कार्यक्रम उपस्थिती सबैले भानुभक्तको सालिकमा अविर फुलमाला अर्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थि...
श्रमिकको न्यूनतम पारिश्रमिक पनि बढाइनु पर्छ : संगम थापा सभापति ट्रेड युनियन काँग्रेस बनेपा

श्रमिकको न्यूनतम पारिश्रमिक पनि बढाइनु पर्छ : संगम थापा सभापति ट्रेड युनियन काँग्रेस बनेपा

आर्थिक, समाचार
काभ्रेपलान्चोक – ट्रेड युनियन कांग्रेस काभ्रेले आज शुक्रबार श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार हुनुपर्ने माग राख्दै काभ्रेको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पाण्डे मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । वर्तमान समयको मूल्य वृद्धि र महंगीलाई ध्यानमा राखी श्रमिकहरुको न्यूनतम पारिश्रमिक २५ हजार कायम गरिनुपर्ने ट्रेड युनियन कांग्रेसको माग छ । यसैगरी रोजगारदाताका साथै सरकार समेत श्रमजिविको न्युनतम पारिश्रमिकमा गम्भीर देखिँदैन । सरकार आफै कानुनविपरीत देशमा दुई प्रकारको न्युनतम पारिश्रमिक निर्धारण गरी गम्भीर विभेद गरीरहेको छ भनि ज्ञापन पत्रमा भनिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस काभ्रेका अध्यक्ष प्रेम शर्मा वाग्ले लगायत जिल्ला कार्यसमितिका पदाधिकारी,नेपाल ट्रेड युनियन काँग्रेस बनेपा नगर सभापति संगम थापा, लगायत अन्य नेपाली कांग्रेसका भातृ संस...
रीनाको ब्युटी एकेडेमी इनोग्रेसनमा प्रसान्त र गौरी

रीनाको ब्युटी एकेडेमी इनोग्रेसनमा प्रसान्त र गौरी

आर्थिक, समाचार
काठमाडौं ।  काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौलाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रासान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम गौतम तथा बिपना थापाले रिबन काट्दै निरौलालाई सफलताको कामना गरेका थिए । गौरी र प्रसान्तले केक काट्दै रीनालाई “गुड लक” समेत भने ।  सन्चालकको तर्फबाट अतिथीलाई बुके प्रदान गर्दै आफ्नो नया काममा साथ दिएकोमा रीनाले धन्यवाद ज्ञापन गरेकी थिइन । अभिनेता ताम्राकारले निरौलालाई बधाई दिदै उनको एकेडेमीले राम्रो प्रोडक्ट उत्पादन गर्नेमा आश्वस्त रहेको बताए । त्यस्तै अभिनेत्री गौरीले रीनाको कदमले सफलता पाउने बिस्वास गर्दै बधाई तथा शुभकामना दिइन ।  एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन सङै ट्रेनिङ समेत सन्चालन गर्ने निरौलाले बताईन । लामो समय यता सौन्दर...
दर्शकको मन जित्दै धुर्मुस सुन्तलीको वेब फिल्म‘म त मर्छु कि क्या हो’(भिडियो)

दर्शकको मन जित्दै धुर्मुस सुन्तलीको वेब फिल्म‘म त मर्छु कि क्या हो’(भिडियो)

मनोरन्जन, समाचार
सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ युट्युबमा रुचाइएको छ । सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २१ लाखभन्दा बढी भ्युज मिलेको छ । दर्शक प्रतिक्रियाहरू सकारात्मक छन् ।फिल्ममा सीताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीकै भूमिकामा देख्न पाइनेछ । उनीहरूलाई लामो समयपछि अभिनयमा देख्न पाइयो भन्दै दर्शकले खुशी व्यक्त गरेका छन् । https://youtu.be/oC-i8T-lzv4 कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।फिल्ममा उनीहरूसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनित...
अमेरिका निवासी समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण

अमेरिका निवासी समाजसेवी सुवेदीद्वारा पर्सा र झापाका विद्यालयमा शैक्षिक सामाग्री वितरण

शिक्षा, समाचार
समाजसेवी मेघ सुवेदी र मनु सुवेदीद्वारा अमेरिकामा संचालित सामाजिक संस्था सेजल एण्ड सिस्टर एलएलसीले झापा जिल्लामा न्यून आय भएका एक हजार भन्दा वढि र पर्सा जिल्लाका ग्रामिण भेगका दलित र न्यून आय भएका ४०० भन्दा वढि विद्यार्थीहरुलाई नायक संजित भण्डारीको संयोजकत्वमा विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तराईका विभिन्न जिल्लाका विद्यालयमा पोशाक वितरण गरिएको उक्त कार्यक्रममा सखुवा प्रसौतीका मेयर यसवन्त यादव तथा सहयोगी संस्थाका प्रतिनिधिको रुपमा नायक संजित भण्डारी सहित स्वेता केसी,डिआर सिग्देल, सपना श्रेष्ठ, रक्षा घिमिरे,शंकर कार्की, अवी सुवेदी लगायतको उपस्थिती रहेको थियो । दलित वाल वालिकाहरुको आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय छोड्न वाध्य हुने गरेकाले यस्तो अवस्थामा त्यस्ता वाल वालवालिकालाई शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले पोशाक वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि तथा...
राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान

राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान

मनोरन्जन, समाचार
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अनवरत रुपमा आ-आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउनुभएका स्रष्टालाई निवासमै पुगेर ‘विशिष्ठ साधक सम्मान २०८०’ प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका लोकगायक तथा नेपालको मौलिक बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रम शाह तथा नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाई उहाँहरूकै बासस्थानमा पुगेर  र सम्मान पत्रसहित सम्मान गरेको हो । सो अवसरमा संस्थाका सल्लाहकार वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ, चित्रकार ज्योतिप्रकाश साथै सुभम सैजुले यसरी स्रष्टा साधकहरूलाई उहाँहरूकै बास स्थानमा पुगेर सम्मान गर्नुभनेको कला क्षेत्रकै सम्मान हो भन्ने कुरा बताउनुभयो । संस्थाले आफ्नो ...