जापानमा ‘रेइवा’ युग, मे महिनादेखि युग परिवर्तन
टोकियो — चैत्र १९ ।
जापानमा आगामी मे १ देखि सुरु हुने नयाँ शाही युगको नाम ‘रेइवा’ राखिएको छ । जापानमा सम्राट् परिवर्तन भएसँगै युगको नाम पनि नयाँ राख्ने गरिन्छ । युगका नाम चिनियाँ परम्परागत अक्षरबाट राखिने चलन भए पनि यस पटक जापानी कविता मन्योसुबाट लिइएको छ ।
जापानमा नयाँ युगको नाम घोषणा गरिएसँगै प्रकाशित अखबारको अतिरिक्त संस्करण लिन जम्मा भएका सर्वसाधारण ।
वर्तमान सम्राट् अकिहितोले यही महिनाको अन्त्यमा राजगद्दी त्याग्ने भएपछि हाल चलिरहेको ‘हेइसेई’ युग अन्त्य हुनेछ । सामान्यतः जापानका सम्राटकाे निधन भएर अर्कोले गद्दी सम्हालेपछि नयाँ युगको घोषणासँगै नाम सार्वजनिक गरिन्छ ।
तर वर्तमान सम्राट् अकिहितोले आफ्ना युवराज नारुहितोका लागि राजगद्दी त्याग्ने भएकाले हालको अवस्था भने फरक छ । नागरुहितोले मे १ बाट राजगद्दी सम्हाल्नेछन् ।
मन्त्रिपरिषद् प्रमुख सचिव योसहिहिडे सुगाले यसअघि अनुमान ...









