भिम बिष्ट र एलिना चौहानलाई धोका दियो हाइटले (भिडियोसहित)
काठमाडौं : जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मालगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत 'धोका दियो हाइटले'को भिडियो सार्वजनिक भएको छ ।
नवराज कलौनीको शब्द, भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । टेक बहादुर शाह 'टेकेन्द्र'को निर्देशन रहेको गीतको भिडियोमा आचल शर्मा, जिवेश गुरुङ, बुद्दी तामाङ, सर्मिला शर्मा, भिम बिष्ट र एलिना चौहान फिचर्ड छन । गीतमा हाइटले धोका दिदा भोग्नु परेको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।
भिम बिष्टका यो भन्दा पहिलेका सबै गीतहरु हिट नै छन । यो गीतमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै ध...









