मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

काठमाडौँमा जारी निषेधाज्ञा आज राति देखि सकिँदै

काठमाडौँमा जारी निषेधाज्ञा आज राति देखि सकिँदै

समाचार
भदाै २४ काठमाडौँ। काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले २० दिनको अवधिमा कोरोना नियन्त्रणमा धेरै सुधार आएको दाबी गर्नुभयो । ‘निषेधाज्ञा’ केही परिमार्जन गर्ने वा यथावत् राख्ने विषयमा बुधबार मात्र निर्णय हुनेछ । उहाँले निषेधाज्ञा परिमार्जन गरिएसंँगै आउन सक्ने सम्भावित महामारी सङ्क्रमणसम्बन्धी समस्या र चुनौतीका विषयमा छलफल जारी रहेको बताउनुभयो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारीलगायत सम्बद्ध अधिकारीबीच मङ्गलबार निषेधाज्ञाको विषयमा छलफल भएको थियो । छलफलमा निषेधाज...
लाइसेन्स परीक्षामा  ५४% चिकित्सक अनुत्तीर्ण

लाइसेन्स परीक्षामा ५४% चिकित्सक अनुत्तीर्ण

समाचार
भदाै २४ काठमाडाै । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । काउन्सिलले लिने लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि मात्रै चिकित्सकले बिरामीको उपचार गर्न पाउँछन् । काउन्सिलले लिएको एमबिबिएस र बिडिएसको परीक्षामा धेरैजसो अनुत्तीर्ण भएका छन् । एमबिबिएसतर्फ सात सय ८५ जनामा तीन सय ६१ जना अर्थात् ४६ प्रतिशत मात्रै उत्तीर्ण भए । परीक्षामा सहभागीमध्ये चार सय २४ अर्थात् ५४ प्रतिशत अनुत्तीर्ण भए । बिडिएसतर्फ भने दुई सय ६२ जनामा एक सय ५९ जना उत्तीर्ण भएका छन् । काउन्सिलका उपाध्यक्ष डा. नारायणविक्रम कार्कीका अनुसार यस पटक उपत्यका बाहिर र भित्र गरी १७ स्थानमा परीक्षा भएको थियो । पछिल्लो समय उत्तीर्ण हुने दर न्यून हुँदै गइरहेको पाइएको छ । ...
पर्सा, बारा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा, बारा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४ वर्षका बालक देखि ६७ वर्ष उमेर समूहका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार राती गरिएको परीक्षणमा पर्सा, बारा र रौतहट जिल्लाका गरि थप ३७ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। संक्रमण देखिनेमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका चौरसियाले बताए । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा दुईजना, २८ र ३२ मा एक एक जना, पटेर्वा सुगौली गाउँपालिकामा एक र चैनपुरमा एक जनामा संक्रमण देखिएको छ। बाराको कलैया उप महानगरपालिकामा दुईजना, जितपुर सिमरा २ मा एक, बारागढी गाउँपालिकामा एक, कोल्हवी नगरपालिकामा तीन र इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा संक्रमण देखिएको छ। यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका ५ मा २२ जनामा कोरोना पुष्टि भएको छ। ...
१०७ औँ विपी जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

१०७ औँ विपी जयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै

समाचार
भदाै २४ काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा विक्रम संवत २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।दुवै दल एकीकृत भई बनेको नेपाली काँग्रेस अहिले पनि संसदमा प्रमुख प्रतिपक्षी दलका रुपमा क...
विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

विश्वभर कोरोना : २४ घण्टामा २ लाख ४० हजार थपिए, संक्रमितकाे संख्या २ कराेड ७७ लाख बढी पुग्याे

अन्र्तवार्ता, समाचार, समाज
विश्वभरमा कोरोनाका २ लाख ४० हजार संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरको तथ्यांक अनुसार गत २४ घण्टामा थप ४ हजार ३ सय बढीको कोरोनाका कारण ज्यान गएको छ। यो संगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ७७ लाख २१ हजार ४ सय बढी रहेको छ। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा करिव ९० हजार कोरोनाका संक्रमित भेटिएका हुन्। तथ्यांक अनुसार भारतमा ८९ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ४३ लाख ६७ हजार ४ सय बढी रहेको छ। भारतमा मात्र कोरोनाका कारण ७३ हजार ९ सय बढीले ज्यान गुमाएका छन्। गत २४ घण्टामा १ हजार १ सय बढीको मृत्यु भएको तथ्यांकमा उल्लेख छ। यस्तै, २४ घण्टामा भारतपछि अमेरिकामा सबैभन्दा बढी संक्रमितहरु भेटिएका छन्। अमेरिकामा २४ घण्टामा २८ हजार बढी संक्रमित भेटिएका हुन्। यो सँगै अमेरिकामा संक्रमित हुनेको संख्या ६५ लाख १३ हजार ६ सय बढी रहेक...
अक्सफोर्डले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

अक्सफोर्डले बनाएको खोपको अन्तिम चरणको परीक्षण रोकियो

अन्तराष्ट्रिय, समाचार
बेलायतको अक्सफोर्ड युनिभर्सिटी र औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणमा सहभागी व्यक्ति बिरामी परेपछि यसको अन्तिम क्लिनिकल ट्रायल स्थगन भएको छ । अक्सफोर्डले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण रोकेको यो दोस्रो पटक हो । भ्याक्सिन ट्रायलमा सहभागी मानिस अनपेक्षित रूपमा बिरामी परेपछि क्लिनिकल ट्रायल रोकिएको एस्ट्राजेनेकाले जनाएको छ । उसले यसलाई नियमित रुटिन भएको बताएको छ । विश्वका विभिन्न देशले कोरोनाको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । विभिन्न देशले क्लिनिकल ट्रायल अघि बढाइरहे पनि अक्सफोर्डको भ्याक्सिन परीक्षणलाई विश्वले अलि बढी नजिकबाट नियालिरहेको छ । यो भ्याक्सिनलाई अन्य देशको भन्दा मजबुत र विश्वसनीय ठानिएको छ । यसको पहिलो र दोस्रो ट्रायलपछि सबैभन्दा पहिले बजारमा आउने अपेक्षा गरिएको थियो । हालैको तेस्रो फेजको परीक्षणमा अमेरिकासह...
नाकामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खोल्न मेयरहरुको आग्रह

नाकामा सेना परिचालन गरी उपत्यकामा निषेधाज्ञा खोल्न मेयरहरुको आग्रह

राजनीति, समाचार
भदाै २३ काठमाडौँ। काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा सेना परिचालन गरी कडाइ गर्दै निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ।मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै उपत्यका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएको स्थितिलाई मध्यनजर गरी सीमा नाकामा कडाइ गर्नुपर्ने निर्णय भएको बताए। यसबाहेक सरकारको विरोध र समर्थनमा र्‍याली निकाल्ने, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न निषेध गर्नुपर्ने र जात्रा तथा सांस्कृतिक गतिविधिमा समेत रोक लगाउनुपर्ने निर्णय भएको उनले बताए। आर्थिक गतिविधिलाई चलायमान बनाउन व्यापारिक क्षेत्र र सपिङ मपलहरुमा कोभिड मापदण्ड पाल...
उपत्यकाको निषेधाज्ञाबारे निर्णय भएन

उपत्यकाको निषेधाज्ञाबारे निर्णय भएन

समाचार
भदाै २३ काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने वा हटाउने भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठक निष्कर्षविहीन भएको छ । भक्तपुरका प्रमुुख जिल्ला अधिकारीको ढिलो उपस्थिति भएको र निषेधाज्ञा मोडालिटीबारे आवश्यक छलफल हुन बाँकी रहेकाले निष्कर्षविहिन बनेको हो । निषेधाज्ञा पूर्ण रुपमा नअहटाइए पनि केही सहज बनाउने गरी अघि बढ्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘सिधै निषेधाज्ञा हट्दैन, संक्रमण फैलँदो अवस्थामा छ, त्यसकारण आम नागरिकलाई सहज हुनेगरी निर्णय हुन्छ,’ उनले भने । निषेधाज्ञाको मोडालिटीमा केही छलफल भए पनि सम्बन्धित निकाय र व्यक्तिसँग छलफल नभएका कारण मंगलबार निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए । उनले यसबारेमा बुधबार छलफल हुने बताए । ‘आज सुरक्षाको विषयमा केही छलफल भयो, बा...
राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम

राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम

समाचार
भदौ २३ काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ भने त्यस क्षेत्रमा नदी नियन्त्रणका काम पनि धमाधम भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षताम आज मन्त्रालयमा भएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तर निकाय समन्वय, सहजीकरण समितिको बैठकमा विमानस्थलको प्रगति विवरण पेश गरिएको हो । आउँदो मङ्सिर मसान्तभित्र रुख तथा पोलको लगत नम्वरिङकोे कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ । बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि सहजीकरण समितिको विसं २०७६ माघ २ गतेको निर्णयानुसार भूमि, व्यवस्था, सहकारी तथा ...
भर्खरै WHO ले जारी गर्यो यस्तो डरलाग्दो सुचना

भर्खरै WHO ले जारी गर्यो यस्तो डरलाग्दो सुचना

समाचार
भदाै २३ काठमाडौँ। विश्वभरमा कोरोनाभाइरसको सन्त्रास रहिरहँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले संसार अर्को महामारीको लागि तयार रहनुपर्ने चेतावनी दिएको छ। सोमवार डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयसस संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्ने बताएका छन्। उनले विश्वका सबै मुलुकहरुले सार्वजनिक स्वास्थ्यमा लगानी गर्न आह्वान पनि गरेका छन्। डब्लुएचओको जेनेभास्थित मुख्यालयको प्रेस ब्रिफिङमा टेड्रोसले भने, ’कोरोनाभाइरस संसारको अन्तिम महामारी होइन, इतिहासले प्रकोप र महामारी जीवनको एक तथ्य हो भनेर सिकाएको छ।’ त्यसैगरी, संसारमा अब अर्को महामारी आउँछ त्यसको लागि विश्वले अहिलेको तुलनामा भन्दा थप सचेत र तयारी अवस्थामा रहनुपर्ने उनले बताए। सन् २०१९को डिसेम्बर महिनामा चीनको वुहान शहरमाबाट फैलिन शुरु भएको कोरोना भाइरसले हालसम्म विश्वमा २ करोड ७४ लाख ८९ हजार ३ सय ७१ जना संक्रमित बन...