आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

आइसोलेशन बेड भरिएपछि नयाँ संक्रमित घरमै

आइसोलेशन बेड भरिएपछि नयाँ संक्रमित घरमै

समाचार
भदाै २८ नवलपुर। पूर्वी नवलपरासी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशनमा राख्ने ठाउँको अभाव भएको छ । जिल्लामा उपलव्ध आइसोलेशन बेडहरू सबै भरिएका छन् । शुक्रबार र शनिबार ठूलो संख्यामा संक्रमित थपिएपछि आइसोलेशन बेड अभाव भएको हो । जिल्लामा मध्यबिन्दु जिल्ला अस्पताल र सोही अस्पताल मातहत देवचुली नगरपालिका-१६, रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा गरी जिल्लामा दुई वटामात्रै आइसोलेशन केन्द्र छन् । लक्षणसहितका संक्रमितहरूलाई राख्न बनाइएको मध्यबिन्दु जिल्ला अस्पतालको आइसोलशनमा ६ जनाभन्दा बढी राख्ने क्षमता छैन । प्राकृतिक चिकित्सालयको आइसोलेशनमा २ सय जना राख्ने क्षमता छ । यसअघि २९५ जनासम्म राखिएको प्राकृतिक चिकित्सालयको आइसोलेशनमा आकस्मिक उपचार कक्ष नहुँदा कतिपयलाई जिल्ला अस्पताल लैजानुपरेको छ । आइसोलेशनका ८ वटा कोठालाई आकस्किम कक्ष बनाउन लागिएको चिकित्सालयका प्रबन्ध...
सिन्धुपाल्चोक  पहिराे (अपडेट): ९ जनाको शव भेटियो, २२ जना बेपत्ता

सिन्धुपाल्चोक पहिराे (अपडेट): ९ जनाको शव भेटियो, २२ जना बेपत्ता

समाचार
भदाै २८ काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रविसेमाका तीन गाउँमा पहिरो जाँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।अहिलेसम्म ९ जनाको शव फेला परेको अरु २२ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । बाह्रविसे नगरपालिका–७ को भिरखर्क, नागपूजे र नेवा टोलमा पहिरो गएको हो।सबैभन्दा बढी क्षति भएको नागपूजेमा पहिरोका कारण ज्यान गुमाएका तीनजनाको शव फेला परेको छ । ९८ वर्षकी ट्याक्सी शेर्पा, ४२ वर्षकी ज्ञानिमाया प्रधान र वर्ष ६२–६३ की भक्तिमाया श्रेष्ठको शव भेटिएको हो । त्यहाँ सात घरमा क्षति हुँदा १७ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी सापकोटाले जानकारी दिए । यस्तै भिरखर्कमा आइतबार बिहान चारबजे तिर गएको पहिरोमा परेर २३ वर्षकी जुनु बिक, २४ वर्षका सुकलाल बिक र सन्देश बिकको ज्यान गएको छ । त्यहा...
टिपरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक घाइते

टिपरको ठक्करबाट एक प्रहरी जवानको मृत्यु, एक घाइते

समाचार
भदौ २८ बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट प्रहरी जवानको ज्यान गएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नपा ४ तौलिहवा बस्ने वर्ष ३३ का प्रहरी जवान अमित श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ८९९ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको ध १ प ९७९५ नम्बरको स्कुटीमा सवार प्रहरी जवानलाई ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ । अर्की एक प्रहरी जवान घाइते भएकी छन् । घाइते हुनेमा रुपन्देहीको सैनामैना नपा ४ बस्ने वर्ष २३ की प्रहरी जवान सन्तोषी थारु रहेकी छिन् ।मृतक श्रेष्ठ ईलाका प्रहरी कार्यालय बुर्तिवाड. बाग्लुड दरबन्दी रही हाल जिल्ला प्रहरी कार्यालय बाग्लुडमा कार्यरत थिए । घाइते थारुको दरबन्दी ईलाका प्रहरी कार्यालय बलेवा बाग्लुङ दरबन्दी रही हाल जिप...
अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

अध्यक्ष दाहालद्वारा दुःख व्यक्त

समाचार
भदाै २८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित घुम्थाङको नागपुजेमा खसेको भेल–पहिराबाट ठूलो जनधनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले पहिरामा परेर हराइरहेकाको खोजी प्रभावकारी बनाउँदै राहतमा जुट्न सबैमा आह्वान गरेका छन्। ‘दुःखद क्षणमा पहिरामा बेपत्ताको खोजी, उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टी कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासहित सम्पूर्ण नागरिकमा अनुरोध गर्दछु’, अध्यक्ष दाहालद्वारा आज जारी शोक वक्तव्यमा उल्लेख छ । उक्त पहिरामा परेका नौ जनाको शव फेला परेको छ । अन्य २२ जना हराइरहेका छन् । पहिराले १९ घर पुरिनाका साथै २२२ घर उच्च जोखिममा रहेको जनाइएको छ। सिन्धुपाल्चोक जिल्लासहित देशका विभिन्न स्थानमा केही महिनादेखि पहिराबाट निरन्तर रुपमा धनजनको क्...
लमही-घोराही सडक भासियो

लमही-घोराही सडक भासियो

समाचार
लमही–घोराही सडकखण्डअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ६ कुलमोहरदेखि दुई किलोमिटर अगाडि भासिएको सडक । सडक भासिएपछि एकतर्फी रुपमा मात्र सवारी साधन सञ्चालन गरिएको छ । तस्बिर – दीपक बोहरा-रासस

सर्लाहीमा ट्रकबाट ३०९ किलो गाँजा बरामद

समाचार
भदौ २८ सर्लाही । सर्लाही प्रहरीले ट्रकमा लोड गरिएको ३०९ किलो गाँजा बरामद गरेको छ । ना ४ ख ७७४८ नम्बरको १० चक्के ट्रकमा लोड गरिएको अवस्थामा उक्त गाँजा पर्सा गाउँपालिका–५ डोमोवा टोलबाट शनिबार राति बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीले जानकारी दिएका छन् । उनका अनुसार ११ वटा पोकामध्ये ९ वटामा ३१ किलोका दरले र २ वटामा १५ किलोका दरले गाँजा बरामद भएको छ । सर्लाहीको पूर्वी भेगमा ग्रामिण इलाका हुँदै लागूऔषध नेपाल–भारत दुवैतर्फ ओसारपसार भइरहेको सूचना आएपछि जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौर नेतृत्वको टोली अनुगमनमा खटिएको थियो । अनुगमन टोलीलाई देखेर चालक ट्रकलाई स्टार्ट अवस्थामै राखेर फरार भएको प्रहरी निरीक्षक कुर्मीले बताएका छन् । ट्रकका चालक एवं गाँजा ओसारपसार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । ...
बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो

बाह्रबिसे पहिरो : ७ जनाको शव भेटियो

समाचार
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा खसेको पहिरोमा परेर बेपत्ता भएका ७ जनाको शव फेला परेको छ। ज्यान गुमाएका ७ जनाकै पहिचान खुलेको छ। नागपुचे र भीरखर्कको पहिरोमा शव फेला परेका ६२ वर्षीया भक्तीमाया श्रेष्ठ, २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल बिक, २४ वर्षीय सन्देश बिक, ८ वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ६५ वर्षिय टासी शेर्पा छन्। पहिरोमा परेर अन्य २४ जना बेपत्ता रहेको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उद्धार तथा खोजीकार्य जारी राखेको डिएसपी सापकोटाले बताए। बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाका अनुसार पहिरोले ३० वटा घरमा पुर्ण क्षति पुगेको छ। २२२ घर जोखिममा परेका छन्। ...
सभामुख सापकोटा पहिरो प्रभावित क्षेत्र बाह्रबिसे प्रस्थान

सभामुख सापकोटा पहिरो प्रभावित क्षेत्र बाह्रबिसे प्रस्थान

समाचार
भदाै २८ काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोको बाह्रबिसेका पहिरो प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँका कम्तिमा १२ घर  पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको हो । उनी ‍स्थलमार्गबाटै  त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्। ...
विश्वमा कोरोना अपडेट :९ लाख २२ हजारको मृत्यु, २ करोड ७ लाख निको भए

विश्वमा कोरोना अपडेट :९ लाख २२ हजारको मृत्यु, २ करोड ७ लाख निको भए

समाचार
भदाै २८काठमाडाैं । कोरोना भाइरसबाट विश्वभर २ करोड ८८ लाख ६५ हजार १ जना संक्रमित भएका छन्। ती मध्ये ९ लाख २२ हजार ८२९ जनाको मृत्यु भएको छ भने २ करोड ७ लाख २६ हजार १७५ उपचारपछि निको भएका छन्। सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६६ लाख ६३ हजार ९३ जना संक्रमित भएका छन् भने १ लाख ९७ हजार ८३८ जनाको मृत्यु भएको छ। त्यहाँ ३९ लाख ३२ हजार ६०९ जना उपचारपछि निको भएका छन्। यसैगरी भारतमा ४७ लाख ५१ हजार ७८८ जना संक्रमित भएका छन् भने ७८ हजार ६१४ जनाको मृत्यु भएको छ। त्यहाँ ३६ लाख ९९ हजार ३०६ जना उपचारपछि निको भएका छन्। यसैगरी ब्राजीलमा ४२ लाख ९७ हजार ९४९ जना संक्रमित भएका छन्। ब्राजीलमा १ लाख ३० हजार ८७० जनाको मृत्यु भएको छ भने ३५ लाख ३० हजार ६५५ जना उपचारपछि निको भएका छन्। यसैबीच फार्मा कम्पनी एस्ट्राजेनेकाले बेलायतको रेगुलेटर्सबाट अनुमति पाएपछि अक्सफोर्ड युनिभर्सिटीले फेरि कोरोना भ्याक्सि...