बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्री म्यान्चेसटर युनाईटेडमा

स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्री म्यान्चेसटर युनाईटेडमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
इंग्लिश प्रीमियर लीग क्लब म्यान्चेसटर युनाईटेडले स्ट्राइकर एडिसन कवानी र फाकुंडा पेलिस्ट्रीसँग सम्झौंता गरेको छ । कवानीले क्लबसँग एक बर्षका लागि सम्झौंता गरेका हुन । तर सम्झौंतामा करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । साथै पेलिस्ट्रीले क्लबसँग ५ बर्षको लागि सम्झौंता गरेका छन । साथै उनको सम्झौंतामा पनि करार अवधि लम्ब्याउन सकिने व्यवस्था रहेको छ । कवानीले फ्रान्स लिग र ईटालीको सिरी ए मा गोल्डेन बुट जितेका छन । युरोपमा सन २००७ मा आएपछि उनले कुल ३४१ गोल गरेका छन । जसमध्ये यूईएफए च्याम्पियन्स लिगमा उनको ३५ गोल रहेको छ । यी फरवार्डले फ्रान्सको क्लब पीएसजीलाई ६ वटा लिगको उपाधि जिताउन मद्दत गरेका छन । जाहा उनले ब्यक्तिगत २०० गोल गर्दे सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन । अन्तराष्ट्रिय खेलमा उनले उरुग्वेका लागि कोपा अमेरिका कपको उपाधि जिताउन मुख्य योगदान दिदै आफ्नो राष्ट्रका लागि ११६...
यतीएयरलाइन्सले आजदेखि दुई हजार भाडादरमा सिमरा उडान शुरु गर्दै

यतीएयरलाइन्सले आजदेखि दुई हजार भाडादरमा सिमरा उडान शुरु गर्दै

आर्थिक, समाचार
 निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ। कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो। यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्राे गन्तव्य हो। एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजदेखि सिमरा उडान शुरु गरिएको जानकारी दिए। उनका अनुसार आज नाइन एन एएलएच कल साइन भएको जेटइस्ट्रीम–४१ विमानमार्फत बिहान ९ः१० बजे पहिलो उडान भरेको छ। दोस्रो उडान साँझ ४ः४५ बजे हुनेछ । “अब सिमरा नियमितरुपले दैनिक दुई उडान हुनेछन् र यात्रुको माग भए उडान सङ्ख्या थप गर्न सकिनेछ। उच्च सर्तकता अपनाएर उडान शुरु गरेकाले यात्रुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ”, प्रवक्ता बर्तौलाले भने। आज पहिलो दिन काठमाडौँ–सिमरा...
हरिवंश दम्पतीलाई कोरोना संक्रमण पुष्टि

हरिवंश दम्पतीलाई कोरोना संक्रमण पुष्टि

समाचार, समाज
हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण भएको छ । आचार्यले सामाजिक सञ्जालमार्फत आफु र पत्नी रमिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् । कोरोनाको सामान्य लक्षण देखिएपछि हिजो पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन् । त्यस्तै उनले आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र आफुहरुको सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । साथै जनस्वास्थ्यका मापदण्ड सबैलाई अनिवार्य पालना गर्न पनि अनुरोध गरेका छन् । ‘सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो । हाम्रो स्वास्थ्य अवस्था सामान्य छ । हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला । यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामील...
आज आसोज २१ गते बुधवार,हेर्नुहोस् दैनिक राशिफल

आज आसोज २१ गते बुधवार,हेर्नुहोस् दैनिक राशिफल

राशिफल, समाचार
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ । बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । ...
प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास

प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास

राजनीति, समाचार
 प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छ । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो । प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थिय भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर मंगलबार भएको ...
थप १ हजार ५५१ जनामा कोरोना, निको भए २ हजार ३४०

थप १ हजार ५५१ जनामा कोरोना, निको भए २ हजार ३४०

समाचार, स्वास्थ्य
मंगलबार थप १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ९० हजार ८१४ पुगेको छ।  त्यस्तै यस अवधिमा २ हजार ३४० जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।  त्यस्तै थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ।  ...
प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताव दुई  तिहाइले पारित

प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

राजनीति, समाचार
 प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने प्रस्ताव पास भएकाे छ । प्रदेश नम्बर पाँचमा आज भएको निर्वाचनमा दाङका पक्षमा दुई तिहाइ मत परेको छ । आज बसेको प्रदेश सभा बैठकमा खसेको ८२ मतमध्ये ६९ मत दाङको पक्षमा परेको थियो । दाङको विपक्षमा १३ सांसदले मत दिएका थिए । संविधान अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको दुई तिहाइको मतमा प्रदेशको राजधानीबारे निर्णय गर्न सकिने व्यस्था रहेको छ । विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्। प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए। ...
निःशुल्क कोरोना भाइरस विरुद्धको भ्याक्सिन पाउने भए कतारमा रहेका सबै नेपालीले

निःशुल्क कोरोना भाइरस विरुद्धको भ्याक्सिन पाउने भए कतारमा रहेका सबै नेपालीले

अन्तराष्ट्रिय, समाचार
कतारमा रहेका सबै नेपालीले निःशुल्क कोरोनाभाइरसविरुद्धको भ्याक्सिन पाउने भएका छन् । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आफ्नो देशका नागरिक र आफ्नो देशका बस्ने विदेशी गरी देशभित्र भएका सबैलाई निःशुल्क कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको एक बरिष्ठ स्वास्थ्य अधिकारीले जानकारी दिए । कोभिड–१९ सम्बन्धी राष्ट्रिय स्वास्थ्य रणनैतिक समूहका अध्यक्ष डा. अब्दुल्लतिफ अल खलले यस्तो जानकारी दिएको कतार ट्रिब्युनले बनाएको छ । कतारमा ४ लाखभन्दा धेरै नेपाली बस्छन् । ‘आउँदा हप्ता र महिनामा कतारले पर्याप्त मात्रामा भ्याक्सिन सुरक्षित गर्ने तयारी गरिरहेको छ । यो व्यक्ति, सार्वजनिक र सामुदायिक स्वास्थ्यको लागि महत्वपूर्ण छ’ हम्माद मेडिकल कर्पोरेशनमा संक्रामक रोग विशेषज्ञका प्रमुख समेत रहेका डा. खलले कतार टिभीसँग कुरा गर्दै भने । उनका अनुसार जनस्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलब्ध हुना...
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने

काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने

शिक्षा, समाचार
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि ८ सम्मका अध्ययनरत विद्यार्थीले अब नेपाल भाषाको स्थानीय पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ५१औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । संविधानले स्थानीय तहलाई आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार दिएको छ भने स्थानीय सरकार सञ्चालन ऐन, ०७४ मा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्न सक्ने उल्लेख छ । सोही व्यवस्थालाई टेकेर महानगरले पहिलोपटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय भाषामै स्थानीय विषयको पाठ्यक्रम तयार गरी कक्षा एकदेखि आठसम्म लागू गर्न लागेको हो । महानगर क्षेत्रभित्र मनाइने चाडपर्व, संस्कार, संस्कृति, सीप, क...
चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृतावस्थामा फेला परे

चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृतावस्थामा फेला परे

समाचार, समाज
चितवन राष्ट्रिय निकुञ्जमा एकैदिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मिकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए। भारतको प्रोटोकल अनुसार मृत गैँडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएको सूचना अधिकारी रामले बताए। यस्तै निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ। मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ। गैँडाको पछाडिको खुट्टा भाँचिएको प...