बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

समाचार
असोज २३ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा शिशुसहित सुत्केरी महिलाको उद्धार गरिएको छ ।हेलम्बु गाउँपालिका–२ किउलकी सोनिया जोगीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेपछि एम्बुलेन्स मार्फत विष्णु दल गण मेलम्ची ल्याइएको र त्यही सुत्केरी भएको महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।आमाको भन्दा पनि बच्चाको अवस्था जटिल भएपछि बिहान काठमाडौँको थापाथली प्रसूतिगृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्चेन शेर्पाले जानकारी दिए । मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवै जनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौँ पठाइएको शेर्पाले बताउनुभयो । यसअघि पनि गाउँपालिकाले जटिल परिस्थितिमा सुत्केरीको उद्धार गर्दै आएको छ । ...
लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका सभामुखलाई कोरोना संक्रमण

समाचार
असोज २३ काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण भएको छ।बिहीबार बेलुकाबाट स्वास्थ्यमा एक्कासी समस्या आएपछि सभामुख घर्तीको शुक्रबार बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । सभामुख घर्तीलाई अहिले पनि उच्च ज्वरो आइरहेको छ। उनी घरमै आइसोलेसनमा बसेका छन्।यसैबीच आजै सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलबहादुर केसीलाई पनि कोरोना पोजिटिभ देखिएको छ। ...
दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा

दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा

आर्थिक, समाचार
काठमाडौँ-दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ । सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ।यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको सङ्घले जनाएको छ । देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ। “बन्दाबन्दी अगाडि दानामा...
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने :प्रधानमन्त्री ओली

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने :प्रधानमन्त्री ओली

राजनीति, समाचार
 प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्नुपर्ने बताएका छन् । महामारी नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली भान्सामा प्रयोग हुने औषधिमय चिजको प्रयोग बढ्दो रहेको बताएका हुन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समितिको दोस्रो ज्ञान सम्मेलनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगमा लडाइँ लडिएको पनि बताए । ‘हाम्रा ज्ञान, अनुभव, सीप तथा प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ,’ प्रधानमन्त्री ओलीले भने, ‘महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौं ।’ प्रधानमन्त्री ...
सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई

अन्तराष्ट्रिय, समाचार, समाज
सन् २०२० को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमलाई दिने घोषणा गरिएको छ। भोकमरी नियन्त्रण गर्न काम गरेकाले विश्व खाद्य कार्यक्रमलाई उक्त पुरस्कार दिने निर्णय लिइएको पुरस्कार दिने संस्थाले जनाएको छ। उक्त पुरस्कारको रकम १० लाख अमेरिकी डलर छ। नर्वेजियन नोबेल कमिटीका अनुसार विश्व खाद्य कार्यक्रमले “भोकमरीलाई युद्ध र द्वन्द्वको अस्त्रका रूपमा प्रयोग” गर्न रोक्ने प्रयास गरेकाले उक्त सम्मान दिइएको हो। ओस्लोमा १०१ औँ नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको हो। यसअघि चिकित्साशास्त्र, भौतिक शास्त्र, रसायनशास्त्र र साहित्यका विजेताको नाम घोषणा भइसकेको छ। गत वर्ष इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीले नोबेल शान्ति पुरस्कार पाएका थिए। ...
आज देशभरमा २ हजार ५९ जना,काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित थपिए

आज देशभरमा २ हजार ५९ जना,काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित थपिए

समाचार, स्वास्थ्य
 शुक्रबार देशभर २ हजार ५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ५९ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ६७६ पुगेको छ। हालसम्म ७३ हजार २३ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार ६८० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ। यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ४०९ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ। गत २४ घण्टामा १३ हजार २७९ जनाक...
रानीपोखरी पुनर्निमाणको काम सकियो

रानीपोखरी पुनर्निमाणको काम सकियो

समाचार, समाज
रानीपोखरी पुनर्निमाणको काम सकिएको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि बत्ती जोड्ने र सरसफाइ गर्ने काम भइरहेको छ । रंगरोगनको काम लगभग सकिएको छ । अब यो काम पनि केही दिनमै सकिने र पुनर्निर्मित रानीपोखरी उद्घाटनका लागि तयार हुने राष्ट्रय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण्का इन्जिनियर राजुमान मानन्धरका अनुसार रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाटै गर्ने योजना छ । २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवाद पछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुननिर्माण गरिएको हो । बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो । रानीपोखरीलाई प्राकृतिक स्वरुपमा फर्काउन विभिन्न माछाका भुरा पनि हालिने...
सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोरोना देखिन थाल्यो नेपालमा

सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोरोना देखिन थाल्यो नेपालमा

समाचार
असोज २३ काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३।६२ प्रतिशत अर्थात् ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितमध्ये काठमाडौं उपत्यकामा ५८।२० प्रतिशत अर्थात् २ हजार ५ सय ४० जना छन् । ‘हामी अत्यन्त गम्भीर अवस्थामा पुग्यौं’, स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक एवं भाइरोलोजिस्ट डा।वासुदेव पाण्डेले कान्तिपुरसँग भने । महिला संक्रमित हुने क्रम व्यापक बढेको छ । बिहीबार पुष्टि भएका कुल संक्रमितमध्ये ३५।७६ प्रतिशत महिला छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये २९ प्रतिशत महिला छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा पीसीआर प...
कर्मचारीलाई कोरोना देखिएपछि धमाधम कार्यालय सिल

कर्मचारीलाई कोरोना देखिएपछि धमाधम कार्यालय सिल

समाचार
असोज २३ कर्णाली । सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ ।कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको छ ।सेवाग्राहीको अत्यधिक भीड हुने बैंक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन् । प्रदेशसभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय बन्द रहने सूचना जारी गरेको छ । कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो । बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटिएम सेवा भने सञ्चालन रहने बताए । ...
रौतहटमा ‘डिजे साउण्ड सिस्टम’ माथि प्रतिबन्ध

रौतहटमा ‘डिजे साउण्ड सिस्टम’ माथि प्रतिबन्ध

समाचार
असोज २३ गौर । जिल्ला प्रशासन कार्यालय रौतहटले चर्को स्वरमा बजाइने गरिने डिजे साउण्ड सिस्टममाथि प्रतिबन्ध लगाएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आदेश जारी गरी कुनै पनि कार्यक्रममा डिजे बजाउन प्रतिबन्ध लगाएका हुन् । रौतहटमा धार्मिक, सामाजिक एवम् राजनीतिक लगायतका कार्यक्रममा चर्को स्वरमा डिजे बजाइँदा ध्वनि प्रदूषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षा र सामाजिक सदभावमा प्रतिकूल असर परेको र त्यसबाट दुर्घटना समेत निम्तिएकाले यस्तो कदम चालिएको प्रजिअ यादवको आदेशमा उल्लेख छ । जिल्ला सुरक्षा समिती, जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको संयुक्त बैठकले पनि रौतहट जिल्लाभित्र डिजे साउण्ड सिस्टम बन्देज गर्न सिफारिस गरेको थियो । डिजे साउण्ड सिस्टमले शान्ति सुरक्षा भङ्ग हुने, समुदायमा बाधा विरोध र जनस्वास्थ्यमा गम्भीर असर हुने जिप्रका रौतहटको निष्कर्ष रह...