बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४७,काठमाडौं उपत्यकामा २२८३ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४७,काठमाडौं उपत्यकामा २२८३ कोरोना संक्रमित

समाचार, स्वास्थ्य
नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा १४ हजार ५ सय ३० जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । यस्तै, गत २४ घण्टामा देशभर गरी १ हजार ४ सय ७३ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ । यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेक...
सिन्धुपाल्चोकमा दुई जना एक किलो नक्कली सुनसहित पक्राउ

सिन्धुपाल्चोकमा दुई जना एक किलो नक्कली सुनसहित पक्राउ

अपराध, समाचार
सिन्धुपाल्चोकमा एक किलो नक्कली सुनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले एक किलो सुन जस्तो देखिने धातुसहित बाह्रबिसे नगरपालिका-२ बस्ने १९ वर्षीय उमेश तामाङ र २६ वर्षीय अर्जुनबहादुर तामाङलाई पक्राउ गरेको छ। सुनकोशी गाँउपालिका-७ डेढ किलोबाट जामुनेतर्फ जाने बाटोमा अवैध कारोबार हुँदैछ भन्ने खबर प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । सोही खबरको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको टोली आइतबार दिउँसो पक्राउ गरेको हो । पहिले प्रहरीले उमेश तामाङलाई पक्राउ गरेको थियो। उनीबाट एक किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु फेला पारेको थियो। सुन पसलमा जाँच गराउँदा उक्त धातु पित्तल भएको खुलेको हो। फरार भएका अर्जुनलाई प्रहरीले लिसंखुपाखर गाँउपालिका-६ लामिडाँडाबाट पक्राउ गरेको थियो। उनको प्रदेश...
नेपाल राष्ट्र बैंकका १९ कर्मचारीमा कोरोना  पुष्टि

नेपाल राष्ट्र बैंकका १९ कर्मचारीमा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकैचोटी १९ जना कर्मचारी कोरोना संक्रमित भएका छन् । बैंकको केन्द्रीय कार्यालय बालुवाटार र काठमाडौंको विभिन्न ठाउँमा रहेका कार्यालयका कर्मचारीमा संक्रमण पुष्टि भएको हो । यसअघि डेपुटी गभर्नर शिवराज श्रेष्ठ कोरोनाबाट मुक्त भएसँगै आज बैंकका एकजना कार्यकारी निर्देशकमा पनि संक्रमण देखिएको छ । झण्डै एक सय जनाको हाराहारीमा कर्मचारी संक्रमित भइसकेको अवस्थामा आइतबार १९ जना कर्मचारी थपिएका हुन् । ...
कर्णालीको अविश्वास प्रस्ताव रोकौं,प्रचण्ड

कर्णालीको अविश्वास प्रस्ताव रोकौं,प्रचण्ड

राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेका छन् र कर्णालीका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन आइतबार संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अध्यक्ष प्रचण्डले भने त्यसलाई रोक्नुपर्ने बताएका छन् । ‘अविश्वासको प्रस्ताव दर्ता हुने, मुख्यमन्त्री हट्ने कुराले राम्रो सन्देश जाँदैन’, प्रचण्डको आग्रह उदृत गर्दै बैठक स्रोतले भन्यो । बिहान खुमलटारमा भएको भेटमा प्रचण्डले वरिष्ठ नेता नेपालसँग पनि यस्तै भाषामा आग्रह गरेका थिए । नेता नेपालले भने आफ्ना पक्षका सांसदहरुलाई तत्काल अविश्वासको प्रस्ताव रोक्न निर्देशन दिएको जव...
ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन आग्रह

ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन आग्रह

समाचार, समाज
काठमाडौं । ग्याससहितको नयाँ सिलिन्डर किन्दा डिलरबाट अनिवार्य रुपमा रसिद लिन उपभोक्तालाई नेपाल ग्यास उत्पादक संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले रसिद बिनाको सिलिन्डर नलिन आग्रह गरेको हो । यसअघि बागमती प्रदेशमा मात्रै तोकिएको सिलिन्डरको धरौटी मूल्य बुधबारदेखि दुर्गम जिल्लाबाहेक देशभर कार्यान्वयनमा आउने विभागले संघले जनाएको छ । नयाँ सिलिन्डरको उपभोक्ता धरौटी मूल्य दुई हजार एक सय रुपैयाँ कायम गरिएको र रसिद नभएका सिलिन्डरको दायित्व ग्यास उद्योगले नलिने पनि संघले जनाएको छ । यसअघि भरी सिलिन्डर ग्यासको मूल्य जथाभावी लिने गरिएको गुनासोपछि संघले खाली सिलिन्डरको धरौटी दुई हजार एक सय र नेपाल आयल निगमले तोकेको ग्यासको मूल्य थप जोडेर मात्रै ग्यास बिक्री वितण गर्ने निर्णय गरेको थियो । यसअघि नै सिलिन्डर लिई सकेका उपभोक्ताले भने आफूले ग्यस किनिरहेको डिलरमा गएर रसिद लिन स...
Community security committees being formed in Tikapur

Community security committees being formed in Tikapur

समाचार
Tikapur, Oct 12:Community security committees are being formed in Tikapur of Kailali district. The Tikapur Municipality and the Area Police Office Tikapur have collaborated in forming the committees one after the other with the goal of giving the responsibility of security of the community to the locals themselves. The police have initiated this campaign so as to work together with local citizens in maintaining law and order, and support in the investigations in case of any criminal incident. Community security committees would be focused more on maintaining peace and security in the community. It is said there would be more than 10 community security committees in each of the municipality’s ward. Such committees have been formed so far at ward no 1, 4, 8 and 6. The process of formi...
सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा रहेका विमानस्थलमा उडानको तयारी

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा रहेका विमानस्थलमा उडानको तयारी

समाचार
असोज २६ धनगढी । लामो समयदेखि बन्द रहेका सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलमा उडानको तयारी गरिएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा रहेका विमानस्थलमा उडानको तयारी थालिएको हो। उडानको तयारी स्वरुप नेपाल नागरिक उड्यन प्राधिकरणले तीन वटै विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ। बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको हो। केही दिन अघि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले एकै दिन उडान उद्घाटन गरेका यी तीन वटा विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए । उनका अनुसार टावर र अन्य उपकरण जडान नभएको अवस्था भएकाले प्राधिकरणले तत्कालका लागि भिएचएफ प्र...
भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

समाचार
असोज २६ चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित वेवारिसे महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उनीको उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनीमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।(रासस) ...
नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैका अवसरमा नयाँ खुद्रानोट वितरण नगर्ने

नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैका अवसरमा नयाँ खुद्रानोट वितरण नगर्ने

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैका अवसरमा नयाँ खुद्रानोट वितरण नगर्ने भएको छ। कोभिड—१९ को संक्रमण बढ्दै गएपछि राष्ट्र बैंकले यस वर्षका लागि नोट सटही नगर्ने निर्णय गरेको हो। राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा संक्रमण फैलिएका र नगद सटहका क्रममाहुने भीडभाडबाट हुने संक्रमण फैलिन सक्ने सम्भावना उच्च भएकाले आम नागरिकको स्वास्थ्य र संवेदनशिलतालाई ध्यानमा यस वर्ष वडादशैको प्रयोजनका लागि नयाँ नोट सटही नहुने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वाारा जारी सूचनामा उल्लेख छ। राष्ट्र बैंकले प्रत्येक वर्ष दशैका मुखमा सर्वसाधारणलाई नयाँ नोट सटही गर्दै आएको छ। यसअघि बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट वितरण गर्दै आएको छ। सर्वसाधारणहरुले प्रत्येक वर्ष ४० करोड हाराहारीमा नयाँ नोट सटही गर्दै आएका थिए। नयाँनोट वितरण नगरे पनि सर्वसाधारणलाई खुद्रा नोट भने अभ...
कोरोना संक्रमित बढे पनि लकडाउन नगरिने

कोरोना संक्रमित बढे पनि लकडाउन नगरिने

समाचार
असोज २६ काठमाडौं । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी पुनः गर्ने सरकारको कुनै योजना नरहेको बताउनुभएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले भन्नुभयो, “काठमाडौँमा सङ्क्रमण तीव्र बन्दै गएको छ । यद्यपि यति हुँदाहुँदै पनि बन्दाबन्दीमा पुनः जाने सरकारको योजना छैन । त्यस्तो अवस्था नआओस्, यसमा नागरिकको स्वास्थ्य सचेतनामा पनि भर पर्छ ।” प्रवक्ता ज्ञवालीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकाले विभिन्न निकायबाट जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले देशभरकै ६० प्रतिशत सङ्क्रमित काठमाडौँमा रहेकाले व्यवस्थापनमा चुनौती देखा परेको बताउनुभयो । उहाँले काठमाडौँमा भेन्टिलेटर...