बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सार्वजनिक सवारी साधनले पूर्ण सिट क्षमतामा पुरानैै भाडा दरमा यात्रु बोक्न पाउने

सार्वजनिक सवारी साधनले पूर्ण सिट क्षमतामा पुरानैै भाडा दरमा यात्रु बोक्न पाउने

समाचार, समाज
सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय सरकारले गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।। यसअघि सरकारले सार्वजनिक सवारी साधनलाई सिट क्षमताको आधा मात्रै यात्रु बोक्न निर्देशन दिएको थियो। त्यसबापत ५० प्रतिशत वढी भाडा लिन छुट दिइएको थियो। त्यो निर्णय उल्टाउदै सरकारले पूर्ण सिट क्षमतामा यात्रु बोक्न दिने निर्णय गरेको हो। दसैँ, तिहार जस्ता चाडपर्वको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय सरकारले गरेको हो। ठूला चाडपर्व नजिकिए पनि कोरोना संक्रमण तीब्र गतिमा फैलिँदै गएको कारण हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनले भनेजति यात्रु पाउन सकेका छैनन्। यात्रु नहुँदा अहिलेसम्म दसैँको लागि अग्रिम टिकट ...
बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउनु पर्छ: डा.डिआर उपाध्याय

बजार स्वच्छ, प्रतिस्पर्धी र उपभोक्तामैत्री बनाउनु पर्छ: डा.डिआर उपाध्याय

आर्थिक, समाचार
दशै आउन अव त्यति धेरै दिन बाँकी छैन । तर पनि यस पालिको दशै अघिल्लो वर्ष जस्तो रमाइलो गर्ने , भेटघाट गर्ने , धेरै जमघट हुने अवस्था छैन । अघिल्लो बर्ष जस्तो बजारमा चहल पहल पनि छैन । सर्वसाधरण नागरिकका लागी यो दशै दशा बनेर खडा भएको छ । किन भने लामो समय सम्मको लकडाउनले धेरै मानिसहरुको रोजी रोटी खोसिएको अवस्था छ । मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नेहरुको अवस्था झन दयनीय छ । यता निजी स्कुल , कलेज पढाउने शिक्षक , शिक्षिकाको पनि उस्तै हालत छ । समग्रमा भन्र्ने हो भने धेरै नागरिकको अवस्था नाजुक छ । मध्यम आय भएका र दैनिक कमाएर छाक टार्नुपर्ने बाध्यता भएका बहुसंख्यक नागरिक आर्थिक भारले उठ्नै नसक्ने गरी थिचिएका छन्। उनीहरुलाई नजिकिँदै गरेको चाडपर्वको रौनकले पनि खासै छुन सकेको छैन। दशैको बेलामा मीठोमसिनो खाने भन्दा पनि उनीहरूको चिन्ता बिहान–बेलुकाको छाक कसरी टार्ने भन्नेतर्फ मात्रै केन्द्रित छ। बजारम...
(सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषद बैठकद्वारा अस्वीकृत

(सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषद बैठकद्वारा अस्वीकृत

राजनीति, समाचार
कोरोना संक्रमण बढेको भन्दै कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले दशैंको घटस्थापनाको दिनदेखि सरकारी कार्यालयहरुमा विदा दिने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरे पनि सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो प्रस्ताव अस्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विदा दिँदा गलत सन्देश जाने भन्दै सो प्रस्ताव अस्वीकृत गरेको एकमन्त्रीले जानकारी दिए। उनका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो प्रस्तावमा प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने प्रयास गरेका थिए। तर, जनताको काम पनि रोकिने, झन भीडभाड हुने भएकाले विदा दिनु उपयुक्त नहुने भन्दै प्रधानमन्त्री ओलीले सो प्रस्तावमाथिको छलफल टुंग्याएका थिए। देशमा कोरोना संक्रमणका घटना विस्फोटक ढंगले बढेपछि सीसीएमसीले विदा दिने रणनीति अख्तियार गर्न खोजेको थियो। देशमा सोमबारसम्म कोरोना भाइरसबाट एकलाख १४ हजार मानिस संक्रमित भइसकेका छन्। पछिल्ला तीनदिन...
पहिलो बक्स अफिस वृहत साईकलिङ्ग सम्पन्न

पहिलो बक्स अफिस वृहत साईकलिङ्ग सम्पन्न

मनोरन्जन, समाचार
बक्स अफिस इन्टरनेशनल ग्रुपले विभिन्न फिल्म एवार्ड, म्यूजिक अवार्डसँगै नेपाली चलचित्र इतिहासमा पहिलो पटक सामाजिक दुरी कायम गर्दै वृहत साईकल र्‍याली आयोजना सम्पन्न गरेको छ । काठमाडौँ क्षेत्र नं. ४ का माननीय दिपक निरौलाको प्रमुख अतिथ्यतामा चलचित्र विकास बोर्डका अध्यक्ष दयराम, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामुहिक रुपमा राष्ट्रिय झण्डा आयोजकलाई प्रदान गरी राजधानीको प्रसिद्ध धार्मिक स्थल भद्रकाली मन्दिरबाट ७ बजे शुभआरम्भ गरेको थियो । बाह्रौँ नेशनल बक्स अफिस फिल्म एवार्ड भव्य रुपमा सफल पारौँ, साईकल चढौं, प्रदुषण हटाऔँ, कोरोनाले थला परेको नेपाली चलचित्र, गीतसंगीत र आन्तरिक पर्यटनलाई बचाऔँ भन्ने मूल नारासहित असोज २४ गते काठमाडौँको भद्रकाली देखि कागेश्वरी पार्कसम्म करिब ४०० साईकल यात्रीहरुको सहभागिता रहेको थियो । बक्स अफिस सुन्दरीजल शाखाले सम्पूर्ण व्यवस्थापन गरेको उक्त कार्यक...
अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश

अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्स ७० औं बर्षमा प्रवेश

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्श ७० वर्षमा प्रवेश गरेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि. स.२००७ सालमा आश्विन २७ गते भएको थियो । जुन समयमा मुलुकमा राणा शासन कायम थियो । तसर्थ नेपाल चेम्बर प्रजातन्त्र भन्दा पनि जेठो मानिन्छ । त्यसो त बि.स २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाईमा भएको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको पाईन्छ । नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका...
सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

समाचार
असोज २६ काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ।तत्कालिन अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आइसीयु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए। कोभिड अस्पतालका रुपमा सेवा दिने सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा विभागले आइसीयु, भेन्टिलेटर र अख्सिजन लगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए। यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे।यसैगरी अस्पतालहरुले विभिन्न होटलहरुस...
नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो:डा.डिआर उपाध्याय

नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो:डा.डिआर उपाध्याय

राजनीति, समाचार
झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारप्रति जनताले राखेका आशा, अपेक्षा विस्तारै वितृष्णामा परिणत हुन थालेका छन । सरकार जनताप्रति उत्तरदायी बन्न सकेको छैन । सरकारले नयाँ दृष्टिकोण र नवीन योजना ल्याउन सकेको छैन । यो नै समस्या हो । जनताले बिगतका सरकार र अहिलेको सरकारमा कुनै भिन्नता पाउन सकेका छैनन् । अझै पनि जनताका समस्याहरु ज्यूँका त्युँ छन । ती समस्या समाधान गरेको खै ? राजनीतिक दल र तिनका नेताहरुमा कुनै नयाँ दृष्टिकोण देख्न सकिएन । पुरानै शैली, व्यवाहार, सामन्ती सोच, बाहेक केहि देखिएन । यसरी लोकतान्त्रिक ब्यवस्थाको बिकास हुन सक्दैन । नेता मोटाउने जनता दुव्लाउने अवस्था आयो । ब्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । बर्तमान सरकारले साढे २ वर्ष बिताएको छ । तर मुलुक सञ्चालनका सवालमा सत्तापक्षको भूमिकाबाट जनता उत्साहित हुन सहिरहेका छैनन् । नेपाली जनताले स्थिर सरकार र त्यो सरकारबाट हुने क...
काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रमा तीन विद्युतीय शवदाह निर्माण गर्दै

काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रमा तीन विद्युतीय शवदाह निर्माण गर्दै

समाचार
असोज २६ काठमाडौं । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब रु १५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ । कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । उहाँका अनुसार कोषसँग पटकपटक छल...
सरकारले मदिरा र ५० हजार डलरभन्दा बढीका सवारी आयातमा खुल्ला

सरकारले मदिरा र ५० हजार डलरभन्दा बढीका सवारी आयातमा खुल्ला

आर्थिक, समाचार
सरकारले मदिरा आयात खुल्ला गरेको छ। यसअघि कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी तयारी मदिराको पैठारीमा रोक लगाइएको थियो। असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। यस्तै ५० हजार डलर बढी मूल्यको सवारी साधन आयात पनि फुकुवा गर्ने निर्णय सरकारले गरेको छ। विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त संघ संस्था र विदेशी कर्मचारीले नीजि प्रयोगका लागि बढी मूल्यका सवारी आयात गर्ने बाटो सरकारले खुला गरेको हो। ५० हजार डलरभन्दा बढीका सवारी आयातमा बन्देज लगाउँदा कुटनीतिक नियोगलाई कठिनाई परेकाले फुकुवा गरिएको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताए। ...
काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रमा तीन विद्युतीय शवदाह  गृह निर्माण गर्ने

काठमाडौँ महानगरपालिकाले पशुपति क्षेत्रमा तीन विद्युतीय शवदाह गृह निर्माण गर्ने

समाचार, समाज
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब रु १५ करोेड अनुदानमा पाशुपत क्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिए । उनका अनुसार केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण थालनी हुने छ । कोषका सदस्य सचिव डा प्रदीप ढकालले कामपाले पनि विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको प्रतिक्रिया दिए । कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले कोभिड–१९ का कारण सम्झौतामा केही ढिलाइ भएकोे र अब केही दिनभित्रै सम्झौता गरी प्रक्रिया अघि बढाइने जानकारी दिए । उनका अनुसार कोषसँग पटकपटक छलफल गरी सम्झौताको अन्तिम चर...