बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित

समाचार
असोज २९ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३  रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ थियो ।पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७८ ह...
सञ्चारकर्मी जनक रावलको ‘भुल्यौं कि मायाले’ सार्वजनिक (भिडियो)

सञ्चारकर्मी जनक रावलको ‘भुल्यौं कि मायाले’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । https://www.youtube.com/watch?v=IoemGpJrino&feature=emb_logo सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतकार रावलले निश...
लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

समाचार
असोज २९ सिद्धार्थनगर । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको छ । आफ्नो पदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारले उहाँलाई चार वर्षका लागि नियुक्त गरेपछि बुधबार कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा पदभार ग्रहण गर्नुभएको हो । शाक्यका स्वागतमा कोषले राखेको स्वागत कार्यक्रममा उपाध्यक्ष भिक्षु मैत्तेयले चालीस वर्षअघिदेखि शुरु भएको लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र यसको गरिमा अझै प्रभावकारी गराउन सदस्य सचिवको नियुक्तिले विशेष भूमिका खेल्ने बताउनुभयो । कोषका सूचना अधिकृत ज्ञानिन राईले तीन वर्षदेखि कहिले निमित्त त कहिले कामु भई लुम्बिनीको सदस्य सचिवको जिम्मेवारी सम्हाल्दा कतिपय काम प्रभावकारी ढङ्गले अगाडि बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर...
भक्तपुर अस्पतालमा पहिलोपटक दूरबिन प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सफल

भक्तपुर अस्पतालमा पहिलोपटक दूरबिन प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सफल

समाचार
असोज २९ भक्तपुर। देशकै दोस्रो जेठो अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा बल्ल दूरबिन अर्थात् ल्याप्रोस्कोपी प्रविधि भित्रिएपछि सहजरूपमा शल्यक्रिया सेवा शुरु भएको छ । वीर अस्पतालपछि स्थापना भएको यस अस्पतालमा पहिलोपटक बुधबार स्थानीय एक पुरुषको दूरबिन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिनुभयो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गते १५ शैय्याको ‘चन्द्रलोक डिस्पेन्सरी’ को नाममा स्थापना भएको यस अस्पतालले पहिलोपटक दूरबिन प्रविधि भित्र्याएर शल्यक्रिया शुरु गरेको हो । डा गौतमले भन्नुभयो, “वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सामाजिक विकास मन्त्रालयको अस्पताल गुणस्तर सुधार कार्यक्रमअन्तर्गत रु एक करोड ३५ लाखको बजेट व्यवस्थापन गरिदिनुभयो, त्यसैले आवश्यक सामग्रीको व्यवस्थापन भएसँगै दूरब...
सिन्धुपाल्चोकको तातोपानी नाकामा सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना

सिन्धुपाल्चोकको तातोपानी नाकामा सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना

समाचार
असोज २९ काठमाडौं । चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापना गरिएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो । बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व–भन्सार गस्ती सुरक्षा) को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ । बुधबार नायब महानिरीक्षक श्रेष्ठसँगै सशस्त्र प्रहरी उपरीक्षक अर्जुन खत्री, नेपाली सेना झिर्पू सुरक्षा गुल्मपति सेनानी ईश्वर गिरी, सीमा प्रहरी चौकी कोदारी प्रहरी निरीक्षक नवराज सापकोटासहित उच्च सुरक्षा अधिकारीको उपस्थिती थियो । सशस...
सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

सेती प्रादेशिक अस्पतालमा जनशक्ति अभाव

समाचार
असोज २९ सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमित भई जटिल अवस्थाका बिरामी बढ्दै जाँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ । अस्पतालको कोभिड–१९ उपचार विभागका प्रमुख डा.शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेटर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए । “अस्पतालमा बेहोस गराउने एक जना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिन यता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ”, उनले भने, “जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ ।” अस्पतालमा दश आइसियु (सघन उपचार कक्ष) र दश भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । जटिल अवस्थाका बिरामी बढ्दा आइसियु भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ । अस्पतालको कोरोना अस्थायी अस्पतालमा हाल आइसियुमा पाँच जना र भेन्टिलेटरमा तीन ज...
मेचीनगर प्रमुखलाई कोरोना संक्रमण

मेचीनगर प्रमुखलाई कोरोना संक्रमण

समाचार
असोज २९ झापा । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।कनकाईमा रहेको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टबाट बुधवार उनलाई कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिका संयोजक नवीन बरालले बताए। उनी घरकै आइसोलेसनमा बसेका छन् । यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोना संक्रमण भएको थियो ।यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड–१९ को संक्रमणबाट मुक्त भएका छन् । असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए । रासस ...
कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु

कोरोनाबाट काभ्रेमा थप एकजनाको मृत्यु

समाचार
असोज २९ काठमाडौं । कोरोना सङ्क्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ। ती ७५ वर्षीया वृद्धाको बनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ। योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।काभ्रेमा आज ४० सङ्क्रमित थपिएका छन्। जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष छन्। कुल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत बनेपा नगरभित्र मात्रै छन्। नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन्। यस्तै कुल सक्रिय सङ्क्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन...
लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

समाचार
असोज २९ काठमाडौं । लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ । कोभिड–१९ संक्रमण बढ्दै गएका बेला आयोगले वार्षिक कार्यतालिकाअनुसार परीक्षाको तयारी थालेको हो । विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६ सय ३८ पदको विज्ञापन बुधबार गरिएको छ । निजामती, संसद् र स्वास्थ्यमा गरेर सहसचिव १ सय ८२ तथा उपसचिव ४ सय ५६ पदका लागि विज्ञापन गरिएको हो । सरकारले रोकिएको परीक्षा सञ्चालन गर्न तथा नयाँ विज्ञापन खुलाउन आयोगलाई आग्रह गर्ने निर्णय असोज पहिलो साता नै गरेको थियो । त्यसैअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ । गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक...
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक

साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक

मनोरन्जन, समाचार
कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ भजन ‘दर्शन’ सार्वजनिक भएको छ । साहित्यकार अमरको २६ औं कृति दर्शन एल्बमको राजधानीमा एक समारोह बीच सामाजिक दुरी कायम गर्दै सार्वजनिक गरिएको हो । गीतकार सुरेन्द्र महर्जन र सूर्यकमल राईको स्वर रहेको गीतमा राम कार्की र सूर्यकमलको सङ्गीत छ । यस्तै राम कार्की र संजय हमालको एरेञ्ज छ । ओएसनेपालका विवेक कार्कीको सभापतित्वमा सम्पन्न सार्वजनिक कार्यक्रममा राजाराम फुँयाल, तुल्सी गिरी, गीता अधिकारी, राजु श्रेष्ठले मन्तव्य राख्नु भएको भने कार्यक्रम दीप गुरुङले सञ्चालन गर्नुभएको थियो । ...