बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

समाचार
असोज ३० काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ थियो । पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५...
समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

समाजसेवी दावा लामा र केदार मल्लको अगुवाइमा पाँचखालका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण

शिक्षा, समाचार
बिस्वनै कोरोना महामारीमा परि रहेको बेला अहिले कुनै न कुनै संघ संस्थाहरुले बेसाहरा दिन दुखी परिवारलाई केहिन केही माध्यमबाट सर सहयोग गरिरहेका हामिले देख्न र सुन्न पाइरहेका अबस्थामा अहिले हामिलाइ प्राप्त जानकारी अनुसार न त कुनै ब्यक्तिगत फाइदा या कुनै ब्यक्तिगत स्वार्थ सधै समाज सेवामा अग्र स्थानमा रहि रहने नाम हो काभ्रेका युबा नेता,समाजसेबि तथा तरुण दल काभ्रेका सभापति दावा लामा र अर्का ब्यबसायी तथा समाजसेवी केदार मल्लको अगुवाइमा आज काभ्रेको पाँचखाल नगरपालिका वडा न १ का बिद्यालयहरुमा मास्क र सेनिटाइजर विभिन्न ३ सामुदायिक विद्यालयहरुलाइ हस्तान्तरण गरेका छन । उक्त मास्क र सेनिटाइजर बितरण कार्यक्रममा काङ्ग्रेस उपसभापति एवंम महाधिबेसन प्रतिनिधि बेल लामा काङ्ग्रेस नेता मान बहादुर तामाङ ,अन्जन राज खतिवडा ,सान बहादुर तामाङ काङ्ग्रेस वडा सभापति ज्ञान बहादुर तामाङ लगायतले विद्यालय ब्यवस्थापन समितिल...
गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)

गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वरको ‘राख्न त राख जमरा आमा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
हिन्दुहरुको महान चाड वडा दशैं संघारमै आइसकेको छ । नजिकिंदो दशैंसँगै पछिल्लो समय दशैंको महत्व र सिर्जीत परिस्थितीलाई समेटेर नेपाली साङगीतिक क्षेत्रमा धेरै गीतहरु सार्वजनिक भइरहेको छन् ।यहि सिलसिलामा ‘राख्न त राख जमरा आमा’ बोलको मार्मिक गीत सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायिका रेखा पौडेल र गायक कन्हैया सिंह परियारको स्वर रहेको छ । https://youtu.be/9zXMzsHIorI बिमल गौतमको मर्मश्पर्शी शब्द रहेको गीतमा रेखाको नै संगीत रहेको छ । मारुनी डिजिटल रेकर्डिङमा रेकर्ड गरिएको यो गीतलाई कुमार राना मगरले मिकिस्ङ गरेका हुन् । गीतमा रत्न बिकेको बाँसुरीवाद तथा भुवन गन्धर्वको तबलावादन सुन्न सकिन्छ । श्रमका लागि परदेशीएका नेपालीलाई चाडपर्वमा स्वदेश फर्कन नपाउँदाको पिडा गीतमा हुबहु समेटिएको छ । गीतको भिडियोलाई समिर लामाले निर्देशन गरेका हुन । ...
गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

गीतकार अम्बिका र गायक वीरेन्द्रको ‘परदेशीको जीवन’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
‘जाले रुमाल’ गीतको अपार सफलता पछी गायक इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वर रहेको ‘परदेशीको जीवन बरिलै’ शीर्षकको छोटो म्युजिकल मुभीको भिडियो सार्वजनिक भएको छ । गीतमा चर्चित गीतकार अम्बिका गुरुङको रचना तथा दिपकराज विश्वकर्माको संगीत तथा एरेन्ज रहेको छ । https://youtu.be/n4BjB9--H0U टिकाराम आचार्य निर्देशित लक्षमण गजुरेल निर्माण रहेको भिडियोमा निर्मल खत्री, निशा राई लगायत नानी धानु, गजेन्द्र प्रिथक, पेम्बा शेर्पा, माया सिटौला, माधव सिटौला, धर्म खतिवडा, सरु शर्मा, किरण कन्दवाको अभिनय रहेको छ । म्युजिक भिडियोमा बेरोजगारी, गरिबी, केही गर्न परदेश गएर कमाउने उत्साह बोकेका आम मानिसको भोगाइको प्रतिनिधित्व देख्न सकिन्छ । योगेश दाहालको छाँयाकन सम्पादन रकहेको भिडियो भवसागर इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । ...
कात्तिक १५ गतेसम्म अदालत बन्द

कात्तिक १५ गतेसम्म अदालत बन्द

समाचार, समाज
 घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ। विगत वर्षमा जस्तै घस्थापना भोलि कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो। अदालतबा नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ। न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ। जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ। त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन्। ...
प्रहरी जवान पदका लागि ५ हजार बढीमा दरखास्त आह्वान

प्रहरी जवान पदका लागि ५ हजार बढीमा दरखास्त आह्वान

समाचार
असोज ३० काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान (जनपद) पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ ।प्रहरीले खुला, अमर/अशक्त प्रहरी परिवार र समावेशी अन्तर्गत ५ हजार २ सय २७ जना प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको हो । प्रहरी जवान पदका लागि न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण तोकिएको छ ।प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । देशभरका ७४ वटै जिल्ला प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालय र काठमाडौं उपत्यकका तीनवटा प्रहरी परिसर (काठमाडौं, ललितपुर र भक्तपुर)मा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागको भर्ना छनौट महाशाखाले जानकारी दिएको छ । ...
विद्युत् पोल नसार्दा ६ लेन सडक निर्माणमा ढिलाइ

विद्युत् पोल नसार्दा ६ लेन सडक निर्माणमा ढिलाइ

समाचार
असोज ३० काठमाडौं । समयमै विद्युतका पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ ।नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ । छ लेन सकड निर्माणाधीन क्षेत्रमा सात वटा टावर र सात वटा टिबलर पोल रहेका छन् । यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएको बताइन्छ । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्यभागमा पर्न गएको स्थानीयवासी बताउँछन् । सडकमा भएका विद्युतका पोल समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीका इञ्जीनियर गगनजङ्...
चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि

समाचार
असोज ३० काठमाडौं । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ ।सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुवातसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७६–७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (साउन–भदौ) मा रु एक अर्ब ५८ करोड ६६ लाख ५७ हजार मूल्य बराबरको चिया निकासी भएको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार गएको आव २०७६–७७ मा २३ लाख ५० हजार ७९० किलो चिया निकासी भएकामा यस आवमा बढेर ५३ लाख १७ हजार ५८२ किलो चिया निर्यात भएको छ । चियाको निकासी र आम्दानी ह्वात्तै बढ्नुका कारण भने भारतमा चिया उत्पादन कम हुनु भएको सरोकारवालाको भनाइ छ । कोरो...
दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’ को प्रयोग

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’ को प्रयोग

समाचार
असोज ३० चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’ मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो । जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गनमार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले जानकारी दिए । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्ने उनले बताए । तीव्रगतिका कारण अधिकांश गम्भीर प्रकृतिका दुर्घटना हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । ‘चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौं’, उनले भने, ‘यसलाई पछिसम्म निरन्तरता दिनेछौं ।’ उनले सवारी साधन चलाउँदा संयमित र अुनशासित हुन समेत अनुरोध गरे । ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको छ । चि...
उपचार नपाएर ज्यान गुमाउँदै कोरोना संक्रमित

उपचार नपाएर ज्यान गुमाउँदै कोरोना संक्रमित

समाचार
असोज ३० धरान । कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति बिस्तार गर्न नसक्दा समस्या भएको हो। सात महिनाअघि तयार पारिएका कोभिड अस्पतालका संरचना संक्रमित सबा लाख पुग्न लाग्दा पनि उस्तै छन्। तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि धरान ९ गौतम पथका ५८ वर्षीय पुरुष होम आइसोलेसनमा बसेका थिए। आइसोलेसनमा बसेका ती संक्रमितलाई बुधबार दिउँसो सास फेर्न गाह्रो भयो। परिवारका सदस्यले वडाअध्यक्ष रत्न कटवाललाई सम्पर्क गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा अक्सिजनसहितको बेड मिलाइदिन आग्रह गरे। कटवालले अक्सिजनसहितको बेडका लागि निकै पहल गरे तर पाइएन। प्रतिष्ठा...