बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

गाउँपालिका अध्यक्षलाई कोरोना लागेपछि गल्छी गाउँपालिका बन्द

गाउँपालिका अध्यक्षलाई कोरोना लागेपछि गल्छी गाउँपालिका बन्द

समाचार
कात्तिक १ धादिङ । गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ ।गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो । गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए ।गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् ।  ...
कोरोनाबाट काभ्रेमा १३ को मृत्यु

कोरोनाबाट काभ्रेमा १३ को मृत्यु

समाचार
कात्तिक १ काठमाडौं । काभ्रेमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका घर भई बनेपा बस्दै आएका ७३ वर्षीय वृद्धको उपचारका क्रममा गए राति धुलिखेल अस्पतालमा मृत्यु भएको हो । दमको समस्याबाट पीडित उनलाई गत मङ्गलबार अस्पताल भर्ना गरिएको र उनको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसैगरी कोरोना सङ्क्रमणबाट गत बिहीबार बनेपाका ७० र ५० वर्षीय दुई पुरुषको मृत्यु भएको थियो । दुवै जना मधुमेहका रोगी थिए । ५० वर्षीय पुरुष विगत एक महिनादेखि अस्पतालमा उपचाररत रहेको थियो भने ७० वर्षीय पुरुषको डायलासिसअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले जनाएको छ । ५० वर्षीय मृतकका भाइको पनि १० दिनअघि कोरोना सङ्क्रमणबाट नै मृत्यु भएको थियो । यस्तै, बेथानचोक गाउँपालिकाका ७५ वर्षीय कोरोना सङ्क्रमित...
लुम्बिनी प्रदेशका मन्त्रीलाई कोरोना सङ्क्रमण

लुम्बिनी प्रदेशका मन्त्रीलाई कोरोना सङ्क्रमण

समाचार
कात्तिक १ काठमाडौं । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराउनुभयो । उहाँले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ । यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेश सभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जनाकारी दिनुभयो । भेरीमा दुई कोरोना सङ्क्रमितको मृत्यु नेपालगञ्जस्थित भेरी अस्पतालमा उ...
घटस्थापना सहित जमरा राखी बडा दशैँ शुरु

घटस्थापना सहित जमरा राखी बडा दशैँ शुरु

समाचार
कात्तिक १ काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन हिन्दू नेपालीका घरघरमा घटस्थापनासहित जमरा राखी बडादशैँ शुरु भएको छ । बिहान ११ः४६ बजेको शुभसाइतमा घटस्थापना गरी दशैँघर वा पूजाकोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व शुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । दुर्गापक्षको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाारम्भ भएको छ । पूजाकोठा वा दशैँघरमा नवरात्रभर देवीको आराधना गरिन्छ । जौको अङ्कुर दुर्गाको प्रिय वस्तु भएकाले आज यव रोपण गरी उनलाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समित...
भोली देखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

भोली देखि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित

समाचार
कात्तिक १ काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोली कात्तिक २ गते देखि भक्तपुरमा अत्यावश्यक बाहेकका सबै सेवा अर्को सूचना नभएसम्म स्थगित गरेको छ । भिडभाड बढ्दै गएको हुदा कोरोना संक्रमणको सम्भावना अझ जटिल हुने देखिए पछी संक्रमणको रोकथामका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीसीएमसी), स्वास्थ्य विज्ञ, सरोकारवाला निकाय, सुरक्षा निकायसँगको छलफल एवं परामर्श परामर्शपछि ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो । उच्च जोखिम रहेका कारण अत्यावश्यक बाहेकमा अन्य सेवा स्थगित गरिएको जारी सूचनामा उल्लेख गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि यस अघि नै यस्तो निर्णय गरिसकेको छ । भक्तपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना तल हेर्नुहोस । ...
उपत्यकामा थपिए १७४६ कोरोना संक्रमित

उपत्यकामा थपिए १७४६ कोरोना संक्रमित

समाचार
कात्तिक १ काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् । यसअघि शुक्रबार (हिजो) काठमाडौंमा ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...
पछिल्लो २४ घण्टामा थपिए ३१६७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए ३१६७ कोरोना संक्रमित

समाचार
कात्तिक १ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ थियो । पछिल्लो २४ घण्टामा थप १८०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८९ हजार ८४० पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८८ हज...
भोलिदेखि बडादशैँ शुरु, घटस्थापनाको उत्तम साइत ११ बजेर ४६ मिनेटमा

भोलिदेखि बडादशैँ शुरु, घटस्थापनाको उत्तम साइत ११ बजेर ४६ मिनेटमा

समाचार
असोज ३० काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ भोलिदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन भोलि घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन भोलि बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले भोलि रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ...
आज थप २१ जनाको कोरोनाका कारण मृत्यु

आज थप २१ जनाको कोरोनाका कारण मृत्यु

समाचार
असोज ३० काठमाडौं । पछिल्लो २४ घन्टामा थप २१ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २१ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेको छ । यससँगै नेपालमा कोरोनाका कारण अहिलेसम्म ७ सय १५ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ३सय ९२ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा१ लाख २६ हजार १ सय ३७ जना कोरोना संक्रमित बनेका छन् । ...
उपत्यकामा थपिए २४०२ कोरोना संक्रमित

उपत्यकामा थपिए २४०२ कोरोना संक्रमित

समाचार
असोज ३० काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् । यसअघि विहीबार (हिजो) काठमाडौंमा १६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ...