कात्तिक १ धादिङ । गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ ।गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए ।गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here