बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख:डा डीआर उपाध्याय

काठमाडौं उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख:डा डीआर उपाध्याय

समाचार, स्वास्थ्य
कोभिड–१९ ले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको दर तीव्र गतिमा उकालिँदै छ । यो कोरोना भाइरस महिनौको लकडाउन र निषेधाज्ञाका बाबजुद पनि नियन्त्रणमा आउन सकेन । परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना गरे संक्रमणको दरमा कमी आउने जनस्वास्थ्य बिज्ञले बताईरहेका छन । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । यो बिषयमा सरकारले बिचार गर्नु पर्ने आबश्यकता देखिएको छ । उपत्यकामा संक्रमण दर निरन्तर बढिरहेको छ । यो डर लाग्दो संकेत हो । आफनो सुरक्षा आफै गरौं । अनाबश्यक भिडभाड नगरौं । दशैको टिका नजिकै आएको छ । टिका लगाउन धेरै भिडभाड नगरौं । आफनै घरमा बसेर टिका लगाऔं । बाहिर हिड डुल नगरौ । कोरोना भाईरस संग छलिदै आफनो काममा लागौं । काठम...
कोरोना संक्रमण फैलाउने ‘हटस्पट’ बन्दै पशुपतिको आर्यघाट क्षेत्र

कोरोना संक्रमण फैलाउने ‘हटस्पट’ बन्दै पशुपतिको आर्यघाट क्षेत्र

समाचार
कात्तिक २ काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ । पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो । कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढि...
पृतनापति सम्मेलन आजदेखि

पृतनापति सम्मेलन आजदेखि

समाचार
कात्तिक २ काठमाडौं । नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक छ–छ महिनामा नियमितरुपमा हुने यस पटकको तीनदिने उक्त सम्मेलन भर्चुअल माध्यमबाट हुने छ । सेनाका आर्ठ पृतनापतिले सम्मेलनका क्रममा तत्तत्स्थानबाट आआफ्ना कार्य क्षेत्रमा भएगरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम...
उदयपुरमा सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

उदयपुरमा सवारी दुर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

समाचार
कात्तिक २ काठमाडौं । उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा  मृत्यु भएका पाँचमध्ये दुईको मात्र पहिचान खुलेको इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख, एसपी सञ्जीव शर्मा दासले जानकारी दिए ।एसपी दासका अनुसार दुर्घटनामा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । यस्तै करिव ३२ वर्षका पुरुष,  ३५ वर्षका जस्ता देखिने पुरुष र अर्की ३० वर्ष जस्तो देखिने महिलाको पहिचान भइ नसकेको उनले बताए । पहिचान नखुलेका उनीहरूको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ओखलढुंगाक...
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक

समाचार
कात्तिक २ काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक पुगेकाे छ।हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख ३७ हजार ६५ पुगेको हाे। पछिल्लो २४ घण्टामा तीन लाख ७० हजार ६२० संक्रमित थपिएका हुन्।  कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १४ हजार १८३ पुगेको छ।  पछिल्लाे २४ घण्टामा थप पाँच हजार ५५४ जनाकाे मृत्यु भएकाे हाे। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९८ लाख ७९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ८९ लाख ४३ हजार ४०१ छ। त्यसमध्ये ७१ हजार ९३३ जना गम्भीर अवस्थाका छन्। सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८३ लाख ४१ हजार ८३६ पुगेको छ। भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ भने ब्राजिलमा ५२ लाख २४ हजार ३६२ छ।  ...
निजी स्कुल र अभिभावकबीचको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुग्यो

निजी स्कुल र अभिभावकबीचको शुल्क विवाद राष्ट्रपति कार्यालयसम्म पुग्यो

समाचार
कात्तिक २ काठमाडौं । कोभिड– १९ का कारण भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न नपाएका विद्यार्थीबाट असुल गरेको शुल्कको विषयमा निजी विद्यालय र अभिभावकबीच विवाद चर्किएको छ । केही निजी विद्यालयले मनलाग्दी शुल्क मागेको गुनासा तथा उजुरी स्थानीय तहका शिक्षा विभागदेखि, सिडिओ कार्यालय, शिक्षा मन्त्रालयदेखि राष्ट्रपति कार्यालयसम्म पुगेको छ । अघिल्ला वर्षभन्दा बढी शुल्क लिएको कतिपय विद्यालयमा शिक्षण शुल्कबाहेक अनावश्यक शुल्क मागेको भन्दै राजधानीका केही नाम चलेका महँगा निजी विद्यालय सञ्चालक र अभिभावकबीच विवाद चर्किएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड– १९ को समयमा सञ्चालन भएका अनलाइन कक्षाको शुल्क निर्धारणको बाटो नदेखाएपछि विवाद पेचिलो बन्दै गएको छ । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरेको शिक्षा मन्त्रालयले शुल्क निर्धारण स्थानीय तहले गर्ने जनाएको छ । विद्या...
नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

नेपाल र चीनले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने

समाचार
कात्तिक २ काठमाडौं । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने भएका छन् । दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग गरी सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । दुवै देशले एकै पटक आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने तयारी भएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।नेपालसँगको समन्वय र सहमतिमा चीन सरकारले छुट्टै सगरमाथाको उचाइ मापन गरेको मन्त्रालयले जनाएको हो । नेपालले सगरमाथा मापनको काम अन्तिम चरणमा पुर्‍याएको बेला चीनले पनि उत्तरी मोहडाबाट मापन शुरु गरेको थियो । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले नेपाल र चीन दुवै देशले एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गर्ने तयारी भएको बताएँदै यसका लागि चीन सरकारसँग पत्राचार भइरहेको बताइन् । नागरिक दैनिकबाट ...
उच्च रक्तचापका बिरामीलाई विशेष सावधानी अपनाउन आग्रह

उच्च रक्तचापका बिरामीलाई विशेष सावधानी अपनाउन आग्रह

समाचार
कात्तिक २ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको हो। विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन समेत सबैमा आग्रह गरे । उच्च रक्तचाप मृत्युको प्रमुख कारण बनेको भन्दै श्रेष्ठले भने, ‘अहिले बदलिएको जीवनशैली, खानपिन र निष्क्रिय दैनिकीका कारण रक्तचापको समस्या बढिरहेको छ।’उनले नियमित रक्तचापको चेकजाँच गराउँदा यसबाट निम्तिने जोखिमबाट बच्न सकिने बताए । ...
नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने:डा.डीआर उपाध्याय

नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने:डा.डीआर उपाध्याय

राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल त पुनर्गठन गर्नुभयो । तर पार्टीभित्र मन्त्रिमण्डल पुनर्गठनको बिषयलाईृ लिएर शीर्ष नेताबीच फेरि विवाद सुरु भएको छ । यो बिवाद कति लामो समयसम्म जाने हो त्यो भने भन्न सकिदैन । सत्तारुढ दल नेकपामा बेला बेलामा बिवाद भइरहन्छ र लेनदेनको कुरा मिलेपछि बिवाद साम्य हुन्छ । नेकपाले सत्ता चलाएको साँढे  दुई बर्षको अवधीमा पार्टीभित्रको विवाद बाहेक अरु केही प्रगति देखिएन । सत्ता सम्हालेको साँढे दुईवर्ष अवधि प्रायः झगडामै बित्यो । नेपाली जनता त वाक्क दिक्क पो हुन थाले । नेता सधैं कुर्सीका लागि मात्र लड्ने जनताले सास्ती मात्र भोग्ने, यसरी देश उँभो लाग्दैन । दूरदर्शी युवा नेताको अभावमा देश अल्मलिएको छ । देशले कुनै निकास पाउन सकेको छैन । जनता भोका छन् । बेरोजगार छन् । रोजीरोटी खोसिएको अवस्था छ । गरिव निमुखा जनताको अवस्था त झन् दयनीय छ । सरकारी सेवा-स...
भक्तपुरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु

समाचार
कात्तिक १ काठमाडौं । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ ।दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्युपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए । ...