बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

सरकारले कोरोना परीक्षण र उपचार शुल्क तोकेपछि पीसीआर परीक्षण ह्वात्तै घट्यो

सरकारले कोरोना परीक्षण र उपचार शुल्क तोकेपछि पीसीआर परीक्षण ह्वात्तै घट्यो

समाचार
कात्तिक १९ काठमाडौं । सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ । सर्वसाधारणले आठ महिनायता सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कात्तिक २ बाट सरकारले यो सेवा कटौती गरेको थियो । यो निर्णयपछि संक्रमितको सम्पर्कमा आएका र सम्भावित संक्रमितले परीक्षण गर्नै छाडेका छन् । सात दिनयता उपत्यकाका सरकारी अस्पतालको प्रयोगशालामा भएको परीक्षणको तथ्यांक हेर्दा क्रमिक रूपमा घट्दै गइरहेको देखिन्छ । कात्तिक ७ मा टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ९ सय ३८ नमुनाको स्वाब परीक्षण भएको थियो । यो संख्या क्रमिक रूपमा घट्दै कात्तिक १७ मा आइपुग्दा १ सय ५८ मात्रै रहेको अस्पतालले जनाएको छ । परीक्षणका लागि सयौं मानिसको भीड लाग्ने यो अस्पताल परिसर हिजोआज सुनसान जस्तै बनेको छ । पीसीआर परीक्षण गर्दै आएका प्रसूति गृ...
काभ्रेका जनप्रतिनिधिमा फैलिँदै कोरोना सङ्क्रमण

काभ्रेका जनप्रतिनिधिमा फैलिँदै कोरोना सङ्क्रमण

समाचार
कात्तिक १९ काभ्रे । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएलगत्तै उनी ढुङ्खर्कस्थित होम आइसोलेशनमा रहेका छन् । उनले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकालाई सतर्कताको अपिल गरेका छन् । पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने पनि हप्तादेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेशनमै रहेका छन् । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा दाहाल सापकोटालगायत दुई वडाध्यक्ष कोरोना सङ्क्रमणसँग जुधिहेका छन् । सङ्क्रमित सबै जनप्रतिनिधि हाल होम आइसोलेशनमै रहेका छन् । परिवारसहित सङ्क्रमित धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ भने हालै मात्र कोरोनामुक्त भएका थिए । पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुखलगायत जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढ्दै गएको हो...
हेलम्बुलाई स्याउको गाउँ बनाइने

हेलम्बुलाई स्याउको गाउँ बनाइने

समाचार
कात्तिक १९ सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो । अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३०० किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीय रेन्जेन ह्योल्मोले बताए। हेलम्बु क्षेत्रमा वर्षा भइरहने र बढी चिसो हुने भएका कारण स्याउ मीठो हुने पनि उनले बताए । स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती शुरू गरेको पेमाल्हामु शेर्पाले बताए । स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नु पर्ने किसानहरूको भनाइ छ । “गाउँमा कृषि...
गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)

गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको नयाँ गीत ‘यो तिहारमा’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको ‘यो तिहारमा’ बोलको गीत तथा गीतको भिडियो गायक रामचन्द्रकै लगानीमा निर्माण गरिएको छ । भिडियो गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा रामकुमार बगरको शब्द रहेको छ भने संगीत रामचन्द्र काफ्लेकै छ । नेपसिने फिल्म स्टुडियोले निर्माण गरेको भिडियोमा पल्पसा डंगोल, वसन्त अधिकारी, सुधीर श्रेष्ठ, चक्र बम, गरिमा श्रेष्ठ, रुविना अधिकारी, अस्मिता पन्तलगायतको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालको टिमले खिचेको हो । श्याम लामाको मेकअप रहेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् । https://youtu.be/Ly4WOMU2FZQ यस वर्षको तिहारमा बाहिर देउसी भैलो खेल्ने माहौल नरहेकाले घरमै परिवारसँग रमाइलो गर्न ‘यो त...
कक्षा १२ को अन्तिम परीक्षा : पुरानै मोडलमा प्रश्न बनाउने तयारी

कक्षा १२ को अन्तिम परीक्षा : पुरानै मोडलमा प्रश्न बनाउने तयारी

समाचार
कात्तिक १९ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएको र समस्या देखिने जिल्लामा छपाइ गरेको प्रश्नपत्र पठाउने तयारी गरेको छ । स्थगित भएको सात महिनापछि यही मंसिर ९ गतेबाट गर्न लागेको परीक्षामा कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र केही पहाडी जिल्लामा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले करिब २५ जिल्लाका केन्द्रमा छपाइ गरिएको प्रश्नपत्र पठाउने तयारी भइरहेको बताए । कुन कुन केन्द्रमा पठाउने भन्ने विषयमा बोर्डको प्रदेश परीक्षा कार्यालले निर्णय गर्नेछ । बोर्डले जुम्ला, हुम्ला, कालीकोट, मुगु, मनाङ, मुस्ताङ, डोल्पा, बाजुरा, जाजरकोट, बझाङालगायतका जिल्लामा छपाइ गरी प्रश्नपत्र पठाउने तयारी गरेको छ । अन्य जिल्लाका परीक्षा हुनु कोही समयअघि इमेलमार्फत प्रश्नपत्र पठाउने तयारी गरेको छ । परीक्षा बिहान ८ बजेदेख...
मेडिसिटी अस्पताल र ईसीएचएचबीच सम्झौता

मेडिसिटी अस्पताल र ईसीएचएचबीच सम्झौता

समाचार
कात्तिक १९ ललितपुर- नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसीएचएच) बीच सम्झौता भएको छ । नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबीएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाइडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटा र नेपालस्थित भारतीय राजदूतावासका इसीएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले कार्तिक १८ गते एक समारोहका बीच दुईपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् । सो सम्झौतासँगै अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसीएचएच कार्यक्रम अन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्य उपचार सेवा प्राप्त गर्नेछन् । नेपाल स्थित भारतीय राजदूतावास अन्तर्गत रहेको इसीएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्...
स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि लमही नगरपालिका र अस्पताल बन्द

स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि लमही नगरपालिका र अस्पताल बन्द

समाचार
कात्तिक १९ दाङ । दाङको लमही नगरपालिकास्थित लमही अस्पताल सात दिनलाई बन्द गरिएको छ । अस्पतालमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेक अन्य सेवा न्द भएको जनाइको छ । अस्पतालका कर्मचारीमा गत सोमबार कोराना पुष्टि भएकाले उनीहरुको सम्पर्कमा रहेका कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.आकाश बेल्बासेले जानकारी दिए । यसैगरी जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि लमही नगरपालिका कार्यालय बन्द गरिएको छ । यही कात्तिक २४ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको नगर प्रमुख कुलबहादुर केसीले सूचनामार्फत जानकारी गराएका छन् । ...
आज नेपाल आउँदै भारतीय सेनाध्यक्ष नरभणे

आज नेपाल आउँदै भारतीय सेनाध्यक्ष नरभणे

समाचार
कात्तिक १९ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज काठमाडौं उत्रिँदै छन् । नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न काठमाडौं आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूूचना निर्देशनालयले जनाएको छ । सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणे १८ औँ सेनापति हुनेछन् । नेपाली सेनाले भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमणको मुख्य उद्देश्य परम्पराको निरन्तरता भने पनि नेपालका...
‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
अठार वर्षभन्दा मुनिका युवा समूहको अथक प्रयास र मेहनत पश्चात ‘सम्हाल मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  चाखलाग्दो कुरा के भने ‘सम्हाल मलाई’मा गीत रेकर्डिङ, म्युजिक एरेन्जमेन्टदेखि लिएर म्युजिक भिडियो निर्माणसम्मका सम्पूर्ण कार्यमा १८ वर्ष मुनिका युवाहरुको मात्र संलग्नता रहेको छ।  अबिरल भुजेलको शव्द र स्वर  रहेको ‘सम्हाल मलाई’ बोलको गीतमा ज्योति श्रेष्ठ (स्टोरनटर) र संजिव तामाङ(एसएनजीभी) ले संगीत भरेका छन् । https://youtu.be/vgM5Bjskn9c पछिल्ला दिनमा लिरिकल भिडियोलाई सर्वाधिक रुचाईएकाले क्लास एक्स प्रेजेन्टेसनसंगको सहकार्यमा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको जनाईएको छ।  शायुज पोखरेल र आयुष्मान मगर(मिस्टर जिएम)ले निर्देशन तथा छायांकन गरेको यस म्युजिक भिडियोमा अबिरल भुजेल र शिल्पा थापा्को अभिनय रहेको छ । ...
आगामी मंसिर २ गतेदेखि सर्वोच्च अदालतबाट नियमित सेवा शुरू

आगामी मंसिर २ गतेदेखि सर्वोच्च अदालतबाट नियमित सेवा शुरू

समाचार
कात्तिक १८ काठमाडौं । आगामी मंसिर २ गतेदेखि सर्वोच्च अदालतबाट नियमित सेवा शुरू हुने भएको छ ।सर्वोच्च अदालतले आज एक सूचना जारी गर्दै आगामी मंसिर ३ गतेबाट नियमित सेवा शुरु गर्न लागेको जानकारी दिएको हो । अदालतको कामकारवाही र सेवा प्रवाहका सम्बन्धमा नेपाल बार एसोसिएसनका अध्यक्ष एवं महासचिव, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा सचिव समेतका पदाधिकारी तथा सरोकारवालाहरूसँगको परामर्शमा नयाँ व्यवस्था गरिएको सर्वोच्च जनाएको छ ...