आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

जावलाखेलमा दशै महोत्सव हुँदै

जावलाखेलमा दशै महोत्सव हुँदै

आर्थिक, समाचार
काठमाडौं  । दशैको अवसर पारेर ललितपुरको जावलाखेल स्थित जावलाखेल फुटबल मैदानमा दशैं महोत्सव हुने भएको छ । विगत ११ वर्ष देखि नेपालको विभिन्न स्थानहरुमा मेला महोत्सव गर्दै औधोगिक शान्ती नेपाल संस्थाले यस महोत्सवको आयोजना गरेको हो । नेपालमै उत्पादित घरेलु तथा औधोगिक सामाग्री, लताकपडा, जुत्ता तथा घरेलु सामाग्रीहरु लगायतको प्रदर्शनी, बजार प्रवद्र्धन तथा व्यवस्थापन गर्ने र एउटै स्थानबाट सबै कुराहरु उपलब्ध गराउने, महिला व्यवसायी तथा उद्धमीलाई प्रोत्साहन दिने, बालबालिकालाई उपयुक्त मनोरञ्जन गराउने तथा नयाँ प्रतिभाहरुको खोजी गर्ने उद्देश्यका साथ यही २०८१ असोज ११ गते देखि सुरु हुने महोत्सव असोजको २२ गतेसम्म चल्ने र महोत्सवमा दैनिक जीवनका उपयोगी हुने घरेलु सामानहरुको प्रदर्शनी तथा विक्री वितरण, औधोगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण, सुचना तथा विज्ञान प्रविधीको प्रदर्शनी, ग्रामीण प्रविधी स...
सिन्धुपाल्चोकका थुप्तेनलाई भारतमा उत्कुष्ट युवा समाजसेवीको अवार्ड

सिन्धुपाल्चोकका थुप्तेनलाई भारतमा उत्कुष्ट युवा समाजसेवीको अवार्ड

समाचार, समाज
युवा समाजसेवी एवं राजनितिज्ञ फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन) लाई भारतको पटनास्थित सांग्रिला प्यालेसमा एक भव्य समारोहकावीच उत्कृष्ट युवा समाजसेवीको अवार्डबाट सम्मानित गरिएको छ ।बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन, आयोजक समितिका अध्यक्ष डा.शिखा नरुला तथा मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उनलाई उक्त अवार्ड प्रदान गरिएको हो । भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारको जिएसटी ज्वाइन्ट कमिस्नर समिर परिमल तथा आयोजक समिति सदस्य मिसेस ईण्डिया प्रतिभा प्रसादको संयुक्त निणार्यक मण्डलले नेपालका युवा समाजसेवी थुप्तेनका लागि यो वर्षको उत्कृष्ट युवा समाजसेवीको अवार्ड प्रदान गर्ने निर्णय गरेको थियो । विहारका शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भव्य समारोहमा बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन सहित दिल्ली सरकारका प्रशासक,पटना सरक...
अनुष्का,दिशान्त तथा सिमरनले जिते नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको उपाधी

अनुष्का,दिशान्त तथा सिमरनले जिते नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको उपाधी

मनोरन्जन, समाचार
ललितपुर ।  नेशनल किड्स एण्ड टिन्स सुपरस्टारको ग्राण्ड फिनाले बालकुमारीस्थित म्यूजिक सिटी हलमा भव्य रुपमा सम्पन्न भएको छ । प्रतिनिधी सभा सदस्य तथा नेकपा एमालेकी सचेतक सुनिता बरालको प्रमुख आतिथ्यता तथा संचारकर्मी राजेन्द्र लुईटेल(राज)को विशेष आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगितामा किड्सबाट अनुष्का चौधरीले उपाधी जित्न सफल भएकी थिईन भने ब्वाईजबाट दिशान्त ताजपुरिया तथा टिन्सबाट सिमरन थापा मगरले उपाधी जित्न सफल भएका थिए । यसै गरि मस्ट पपुलर तर्फ किड्सबाट सयोना लामा,ब्वाइजबाट दिशान्त ताजपुरिया र टिनस्बाट सिमरन थापा मगरले टाईटल जित्न सफल भएका छन । यसै गरि किड्सबाट अन्सुमा थापा मगर,ब्वाईजबाट नयन कारन्जित र टिन्स दिया राना मगरले पव्लिक च्वाईसको टाईटल जित्न सफल भएका थिए ।कार्यक्रममा गायिका पूजन काफ्ले तथा शान्ति तामाङ्गले प्रस्तुती दिएका थिए । संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सोनीतराज ढुंगे...
नेपाली गायिका काफ्लेलाई भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्डबाट सम्मान

नेपाली गायिका काफ्लेलाई भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्डबाट सम्मान

मनोरन्जन, समाचार
पटना- नेपाली गायिका पुजन काफ्ले यस वर्ष  भारतमा उत्कृष्ट अन्तर्राष्ट्रिय गायिका अवार्डबाट सम्मानित भएकी छीन् । भारतको पटना स्थित साङ्ग्रीला प्यालेसको भव्य हलमा आयोजित ग्लोबल स्टार अवार्ड समारोहमा पीजेईएस स्कुलका संस्थापक अध्यक्ष समेत रहेका काफ्लेलाई बलिउडकी चर्चित अभिनेत्री पुनम धिल्लोन आयोजक समितिका अध्यक्ष डा. शिखा नरुला, मिसेस इन्डिया प्रतिभा प्रसादले अवार्ड प्रदान गरेका थिए । आईएएस शंशाक शेखर, विधायक रश्मी बर्मा, पटना सरकारका जीएसटी सह आयुक्त समीर परिमल र आयोजक समिति सदस्य श्रीमती भारत प्रतिभा प्रसादको संयुक्त निर्णायक प्यानलले काफ्लेलाई नेपालका लागि यस वर्षको उत्कृष्ट अन्तर्राष्ट्रिय गायकको अवार्ड दिने निर्णय गरेका थिए । विहार शिक्षा तथा प्रविधि मन्त्री सुमित कुमार सिंहले पटनाको सांग्रिला प्यालेसमा आयोजित भव्य समारोहको प्रमुख आतिथ्यता गरेका थिए । कार्यक्रममा बलिउडकी चर्चित...
भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ पोखरेल र थापा

भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ पोखरेल र थापा

समाचार, समाज
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी सहायक हवल्दार इन्द्रमणी  भदौ महिनाको ‘पुलिस अफ दी मन्थ’ घोषित भएका छन् । वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्धा हेर्ने पोखरेलको टोलीले ठगी गर्ने म्यानपावर तथा तिनका संचालकहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन ठुलो भूमिका निर्वाह गरेको भन्दै उनलाई ‘पुलिस अफ दी मन्थ’ घोषणा गरीएको हो। पोखरेलको टोलीले युके, माल्टा र प्रोचुगल लगायतका देशमा आकर्षक तलव सुबिधा सहित पठाईदिने बहानामा दुई करोड बढी रकम असुल गरी फरार रहेका २२ जना ब्याक्तिहरुलाई भदौ महिनामा पक्राउ गरेका थिए। प्रहरीका बिभिन्न निकायमा रहेर अनुसन्धान काम गरेका पोखरेल प्रहरीमा अब्बल मानिन्छन।  उपत्यकामा उत्कृष्ट काम गरेबापात रानीपोखरीका  प्रहरी अतिरिक्त महानिरिक्षक दिपक थापाले एक महिना अघि  समेत सम्मान उनलाई गरेका थिए।  त्यस्तै २०८० सालमा समेत उनी उत्कृष्ट क...
काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा उठ्यो प्रश्न

काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा उठ्यो प्रश्न

आर्थिक, समाचार
मेलम्ची खानेपानी आयोजना अन्र्तगत काठमाण्डौंका सडकमा बिछयाउदै गरिएका पाईपका गुणस्तरमा प्रश्न उठेको छ । आयोजना कार्यान्वयन निर्देशनालय ‘पिआईडी’ ले चिनबाट पाईप ल्याउन र बिछयाउन जिम्मा दिएको हुवासुई कम्पनीले बदमासी गरेको भन्दै नेपाली ठेकेदार कम्पनीले पत्रकार सम्मेलन नै गरेको छ । मंगलबार काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै प्रकृति पुजन निर्माण एण्ड सप्लार्यसले राष्ट्रिय गौरवको आयोजनाको काममाथी नै गम्भिर प्रश्न उठाएको छ । गत शनिबार कुपण्डोलको मुख्य सडक नै भासिएर पानी निस्कनु,केहि महिनाअघि सोह्रखुट्टेमा सडक भासिएर चालक र यात्रुसहित मोटरसाईकल सडकभित्र खस्नु तथा माछापोखरी क्षेत्रमा खानेपानीको पाईप फुटेर जनताको घर पसल जलमग्न हुदैगर्दा प्रकृति पुजनले उठाएको विषयले अझै काठमाण्डौंका सडकमा यसअघि नै बिछयाईएका पाईपको गुणस्तरीयताबारे थप सशंकित बनाएको छ । प्रकृति पजनका सञ्चालक जनकराज घिमिरेले सुन्दरीजलदे...
मिस हिमालय तथा मिसेस हिमालयन आईकन हुदै, पहिलो अडिसन सम्पन्न

मिस हिमालय तथा मिसेस हिमालयन आईकन हुदै, पहिलो अडिसन सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौै । द हिमालयन प्याजेन्ट तथा एपी व्यूटी पार्लरको संयुक्त आयोजनामा हुन लागेको मिस हिमालय नेपालको दोश्रो संस्करण एवं मिसेस हिमालनय आईकन नेपालका लागि छनौट कार्य शुरु भएको छ । नयां बानेश्वर स्थित एलिनाज बेकरीमा सम्पन्न पहिलो अडिसन सफलता पूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष तथा सौन्दर्यविद अपसना नेवाले जानकारी दिईन । करिव डेढ दर्जन ईच्छुक प्रतियोगीहरुको छनौट कार्य सम्पन्न भएको पहिलो अडिसनका निणार्यकहरुमा वरिष्ठ नायक सरोज खनाल,चर्चित नायक सलोन बस्नेत,सुचित्रा श्रेष्ठ,सुशान्तकाजी श्रेष्ठ तथा विजया अधिकारी रहेका थिए ।विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन । पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता ...
चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न 

चौथो स्पाईनी ब्याब्लर चलचित्र महोत्सव भव्यरुपमा सम्पन्न 

मनोरन्जन, समाचार
काठमाण्डौ – स्पाईनी मुभिज प्रा.लि.ले भाद्र २७ गते राजधानी स्थित राष्ट्रिय नाचघरमा “चौथोे स्पाईनी ब्याबलर ईन्टरनेशनल फिल्म फेष्टिवल–२०२४” भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय विधामा ११ वटा र अन्तराष्ट्रिय विधामा ११ वटा गरि कुल २२ वटा विधामा अवार्ड समेत प्रदान गरेकोे थियो । देश तथा विदेशका चलचित्रहरुलाई एक आपसमा प्रतिष्पर्धा गराई कलाकारहरुलाई कला संस्कृतिका क्षेत्रमा अझै सक्रिय रहन प्रोत्साहन मिलोस भन्दै आयोजना गर्दै आईरहेको स्पाइनी ब्याब्लर इन्टरनेशनल फिल्म फेष्टिवल २०२४ को यो चौेश्रो संस्करण हो, यस संस्करणको लागि नेपालका अलवा भारत, दक्षिण अफ्रीका, अस्ट्रिया, फ्रांस, संयुक्त राज्य अमेरिका, श्रीलंका, अफगानिस्तान, डेनमार्क, हङ्कङ, आयरल्याण्ड, मोरक्को, ओमान, पाकिस्तान, रसिया, स्पेन, स्वीडन लगायत १७ वटा देशका ९५ भन्दा बढी पिचर लेन्थ, सर्ट लेन्थ, डकुमेन्ट्री लगायतका...
एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट १२ औँ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान

एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्ट १२ औँ वर्ष प्रवेशको अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान

मनोरन्जन, समाचार
 कर्म अनुसार आआफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान भन्ने आदर्श वाणीलाई आत्मसाथ गर्दै राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८१ ऐतिहासिक रुपमा सम्पन्न भएको छ । एभरग्रीन वल्र्डवाइड इन्टरटेन्मेन्टले १२ औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८१ भाद्र ३१ गते सोमबार चलचित्र विकास बोर्डमा आयोजना गरेको कार्यक्रममा चलचित्र, स्वास्थ्य, व्यवसाय, प्रिन्टिङ्ग प्रेस, पर्यटन, पत्रकारिता, गीत संगीत साथै विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएका चार दर्जन भन्दा धेरै व्यक्तित्वहरुलाई दशक सम्मान, विशेष सम्मान र प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो । आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) ले संचालन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अभिनेता शिव श्रेष्ठ, विशिष्ट अतिथि चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डि.सि, व...
सत्यकलालाई भारतमा सर्वोत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड

सत्यकलालाई भारतमा सर्वोत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड

मनोरन्जन, समाचार
मोडल तथा ईभेन्ट डाईरेक्टर सत्यकला तामाङ्ग लामालाई भारतमा यो वर्षको सर्वोत्कृष्ट ईन्टरनेशनल ईभेन्ट डाईरेक्टरको अवार्ड प्रदान गरिएको छ । भारतको पटनास्थित भव्य हल सांग्रिला प्यालेसमा आयोजित ग्लोबल स्टार अवार्डमा आयोजित समारोहमा अभिनेत्री समेत रहेकी लामालाई उक्त अवार्ड बलिवुडकी प्रख्यात अभिनेत्री पुनम धिलोन,आयोजक समिति अध्यक्ष डा.शिखा नरुला,मिसेस ईण्डिया प्रतिभा प्रसादको हातबाट उक्त अवार्ड प्रदान गरिएको थियो । लामो समयदेखि नेपाली मनोरन्जन क्षेत्रमा सक्रिय एवं थुप्रै म्यूजिक भिडियोको मोडल समेत रहेकी लामालाई देश तथा विदेशमा उत्कृष्ट ईभेन्ट आयोजना गरि सफल ईभेन्ट डिरेक्टरको रुपमा ख्याती कमाएकाले उक्त अवार्ड प्रदान गरिएको आयोजक समिति अध्यक्ष डा.शिखाले जानकारी दिईन । तामाङ्ग चलचित्रकी लोकप्रिय नायिका सत्यकला एक सफल खेलाडी समेत हुन ।भारत सरकारका आइएएस शंशाक शेखर,एमएलए रश्मि बर्मा,पटना सरकारक...