बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

नचाहिनने आरोप लगाएर आफूलाई हटाउन खोज्ने दुस्प्रयास भएको : प्रधानमन्त्री ओली

नचाहिनने आरोप लगाएर आफूलाई हटाउन खोज्ने दुस्प्रयास भएको : प्रधानमन्त्री ओली

राजनीति, समाचार
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावको जवाफ नदिने स्पष्ट पारेका छन्। आइतबार बालुवाटारमा वरिष्ठ नेपाल माधव कुमार नेपाल र वामदेव गौतमसँगको छलफलमा प्रधानमन्त्री ओलीले उक्त राजनीतिक प्रतिवेदनमाथि छलफल गर्नै नसकिने बताएका हुन। भेटवार्तामा प्रधानमन्त्री ओलीले नेता नेपाल र गौतमसमक्ष आफूलाई साथ दिन आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई ‘वाहियात एवं झूठा आरोपहरु’को संज्ञा दिए। छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको पनि सहभागिता थियो । वरिष्ठ नेता नेपाल र महासचिव पौडेलसँग प्रधानमन्त्री ओलीले करिब दुईघण्टा लामो कुराकानी गरेका हुन। प्रधानमन्त्री ओलीले यस्तै रहे अब प्रचण्डसँग सँगै हिँड्न नसकिने समेत बताएका छन्। यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने ...
हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु,१० जना घाइते

हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु,१० जना घाइते

अन्तराष्ट्रिय, समाचार
हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा अन्य १० जना घाइते भएका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उद्धार गरिएकोमा १ बच्चासहित ४ पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइते १० जनामध्ये ७ जनाको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । हङकङको समयानुसार आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । जन्मदिन मनाउन बालिएको क्यान्डिलबाट आगो सल्किएको हुनसक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि त्यसको पुष्टि भने हुन सकेको छैन । घाइतेहरुलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मर्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टरमा लगिएको छ । हङकङकी प्रमुख कार्यकार...
आज तिहारको मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका:टीकाको साइत ११ः३७ बजे

आज तिहारको मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका:टीकाको साइत ११ः३७ बजे

समाचार, समाज
आज तिहारको मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका। टीकाको साइत ११ः३७ बजे दिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे भएको जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायू, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टिका लगाई यो पर्व मनाइन्छ। तिहारमा विशेषत विभिन्न सात रङको ठाडो टीका लगाईदिने चलन छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाए पछि दाजुभाइले पनि दिदीबहिनीलाई ट...
नेपाल संवत् ११४१ आज, नेवार समुदायले धुमधामका साथ नयाँ वर्षका रुपमा मनाउने

नेपाल संवत् ११४१ आज, नेवार समुदायले धुमधामका साथ नयाँ वर्षका रुपमा मनाउने

समाचार, समाज
 नेपाल संवत् ११४१ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। यस संवत् नेवार समुदायले धुमधामका साथ नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। विशेषगरी नेपाल संवत् लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता भएको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि. सं. ९३७ इ. सं. ८८० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको जानकारहरु बताउँछन् । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको समितीका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । ...
२०७७ साल मंसिर १ गते सोमवारको राशिफल

२०७७ साल मंसिर १ गते सोमवारको राशिफल

राशिफल, समाचार
वि.सं. २०७७ साल मंसिर ०१ गते । सोमवार । इ.स.२०२० नोभेम्बर १६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । कार्तिक शुक्लपक्ष । तिथी– प्रतिपदा,०९ बजेर १२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अनुराधा,१७ बजेर ४६ मिनेट उप्रान्त ज्येष्ठा । योग–अतिगण्ड,२३ बजेर ०७ मिनेट उप्रान्त सुकर्मा । करण–बव,०९ बजेर १२ मिनेट उप्रान्त बालव,२० बजेर ०८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेटमा, सूर्यास्त १७ बजेर ०९ मिनेटमा । दिनमान २६ घडी ४७ पला । भाईटीका । नेपाल सम्वत् आरम्भ । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा मन जाने तथा अध्ययनै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार व्यवसायमा अरुदिन भन्दा सधार भएर जाने तथा केही मात्रामा आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरु ...
देशको मुहार फेर्न अव युवाशक्तिले सपना देख्नु पर्छ:डा.डिआर उपाध्याय

देशको मुहार फेर्न अव युवाशक्तिले सपना देख्नु पर्छ:डा.डिआर उपाध्याय

आर्थिक, समाचार
हाम्रो देश कृषि प्रधान देश भनेर विश्वमान चित्रमा चिनाइएको भएता पनि हामी आफै कृषिमा आत्मनिर्भर हुन सकिरहेका छैनौ । सबै नेपाली युवाहरु आर्थिक समस्याले थिचेर रोजगारीको लागि बिदेश जान बाध्य भएका छन् । गाउँघर तिर जग्गा जमिन सबै बाँझो छन् खेती योग्य जमिन प्लटिङ गरेर घडेरीमा परिणत भएका छन् । यो हाम्रो देशको समग्र समस्या हो । धेरै युवाहरु अर्काको देशमा श्रम, सिप, पसिना र रगत बगाईरहेका छन् । नेपालीहरु अर्काको देशमा आफ्नो जिवनलाई छुराको धारमा राखेर काम गर्न बाध्य भईरहेका छन । हाम्रो देशबाट किन यसरी युवाहरु पलायन भईरहेका छन् ? किन स्वदेशमा रोजागारीको सम्भावना छैन? किन श्रोत ब्यवस्थापन हुन सकेन ? यि गम्भिर प्रश्नहरुको हल हुन जरुरी देखिएको छ । स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्नु नै अहिलेको आवश्यकता हो तर यस प्रकारको अर्थतन्त्र निर्माणमा सरकारको ध्यान जान सकेको छैन । देशमा विदेशीको हस्...
अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने

अन्तराष्ट्रिय, समाचार
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त गर्न लागेको बाइडेन निकटका व्यक्तिहरुले बताएका छन्। राजनीतिक रुपमा मध्यमार्गी धारकी भनेर चिनिनु हुने मिसेल बाइडेनको पहिलो रोजाईमा रहने बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्याकालमा पाँच जना रक्षामन्त्री फेरिइसकेका छन् । पछिल्लो पटक रक्षामन्त्री मार्क एस्परलाई राष्ट्रपति ट्रम्पले चुनाव सकिएलगत्तै गत सोमबार बर्खास्त गर्नु भएको छ, र अहिले उक्त पद रिक्त छ । रक्षामन्त्री एस्परले विदेशबाट अमेरिकी सेना फिर्ता गर्ने तथा अमेरिकामा भएका कतिपय विरोध प्रदर्शनमा सेना परिचालन गर्ने विषयमा रा...
चितवनमा  रु ९७ लाख चोरी गर्ने पक्राउ

चितवनमा रु ९७ लाख चोरी गर्ने पक्राउ

अपराध, समाचार
चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन्। उनले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका–९ काँडाघारीस्थित रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाई नगद चोरेका थिए। थापा सोही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए। प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र छिपाइराखेको अवस्थामा रु ४० लाख गरी रु ९७ लाख र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले आज जानकारी दिए। थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइर...
‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसँगको कुरा हो न त राष्ट्रको हितको कुरा हो।’:शंकर पोखरेल

‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसँगको कुरा हो न त राष्ट्रको हितको कुरा हो।’:शंकर पोखरेल

राजनीति, समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सल्बलाएको बताएका छन्। दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकार फेरपछि केही पाइन्छ कि भनेर सरकार फेर्न लागेको दाबी गरे। उनले सरकार बदल्नु जनताको हितमा नरहेकोसमेत बताए। उनले भने –‘यो देशमा धेरै सरकारहरु बदलिए । सरकार बदलिनु जनताको हितसँगको कुरा हो न त राष्ट्रको हितको कुरा हो।’ मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछि ३ वर्षमा धेरै प्रगति भएको भन्दै राम्रो गरिरहेको अवस्थामा ‘यो पनि भएन, त्यो पनि भएन’ भन्ने कुरा अस्थिरतामा खेल्न चाहनेहरुको खेल भएको दाबीसमेत गरे। उनले भने, ‘नेपाली जनता स्थायित्वको पक्षमा छन्। अहिले देशमा विगतका तुलनमा धेरै प्रगतिहरु छन्। अझ धेरै राम्रो गर्नु पर्नेछ। त्यसका लागि सबै साझे...
दाङमा टर्की व्यवसाय,‘बिसी टर्की फर्म’ हाल टर्की, हाँस, स्थानीय र फाइटर कक

दाङमा टर्की व्यवसाय,‘बिसी टर्की फर्म’ हाल टर्की, हाँस, स्थानीय र फाइटर कक

आर्थिक, समाचार
४ रुकुमका चन्द्र बिसीले दाङ आएर फरक व्यवसाय शुरु गरेका छन। उनले घोराही उपमहानगरपालिका –१७ गैरागाउँमा एक बिघा जमीन वार्षिक रु ५० हजार भाडा दिने शर्तमा दश वर्षलाई लिएर टर्की पालन व्यवसाय आठ महिनाअघिदेखि सञ्चालन गरेका हुन। ‘बिसी टर्की फर्म’ हाल टर्की, हाँस, स्थानीय र फाइटर कक पालिएका छन्। प्रतिबच्चा रु चार सयका दरले पाँच सय टर्की बुटवलबाट ल्यइएकामा ठूला बिक्री भएर अहिले सानाठूला गरी १५० बाँकी छन् । ‘टर्की पाल्नलाई धेरै मेहनत गर्नुपर्दो रहेनछ, तारबार गरिएको खुला ठाउँमा चर्छन् । उनीहरुले घाँस, दुबो, मकै र ब्रोइलर कुखुराको दाना पनि राम्रो मानेर खाने गरेका छन्। भ्याक्सिन दिन नपर्ने, पाल्दा दुर्गन्ध नहुने र रोगले छिटो आक्रमण नगर्ने भएकाले जोखिम पनि कम हुने भएकाले पाल्न सजिलो छ’, उनी बताउँछन्। सामान्यतया टर्की ६ महिनामै वयस्क हुन्छ र अण्डा दिन थाल्छ। आफैं ओथारो बसेर तिनले बच्चा द...