बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत

तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत

आर्थिक, समाचार
तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि  बीमा कार्यक्रम शुरुआत गरिएको हो ।  चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । “यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो,” उनले भने, “अब यो कार्यक्रम लागू भएसँगै किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।”  बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा श्रेष्ठले जानकारी दिए ।  बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस...
दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले बंगलादेशको सामना,खेलको पहिलो हाफ 0-0

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले बंगलादेशको सामना,खेलको पहिलो हाफ 0-0

खेलकुद, समाचार
दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपालले बंगलादेशको सामना गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिष्पर्धा गरिरहेको हो । खेलको पहिलो हाफ सकिँदा दुबै टीमबाट कुनै पनि गोल हुन सकेको छैन । पहिलो हाफमा नेपाल बंगलादेविरुद्ध आक्रामक शैलीमा प्रश्तुत भएको छ । खेलको शुरुबाटै नेपालले बंगलादेशको पोस्टमा केहि प्रहार गरिसकेको छ । तर गोल भने गर्न सकेको छैन । पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल अघिल्लो हारको बदला लिने उदेश्यमा मैदान उत्रेको छ । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एशियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले...
कालीगण्डकीमा स्नान गर्न सहज होस् भनी कौवा क्षेत्रमा पैदलमार्ग निर्माण

कालीगण्डकीमा स्नान गर्न सहज होस् भनी कौवा क्षेत्रमा पैदलमार्ग निर्माण

समाचार
मंसिर २ काठमाडौं । रामपुर नगरपालिकामा पैदलमार्ग निर्माण गरिएको छ । कालीगण्डकीमा स्नान तथा दर्शन गर्न सहज होस् भनी वडा नं ६ स्थित कौवा क्षेत्रमा पैदलमार्ग निर्माण गरिएको हो । यस क्षेत्रमा रहेको कोप्चे सामुदायिक वन क्षेत्रभित्र पर्ने करीब २३० मिटर लम्बाइ रहेको पैदलमार्ग निर्माण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । कौवाघाटमा परम्परादेखि नै स्थानीयवासीले नदी स्नान गर्छन् । नदीमा स्नान गर्न जान ठाडो, ओरालो र सानो गोरेटो बाटो हुँदा आवतजावत गर्न निकै समस्या परेपछि नगरपालिकाको सहयोगमा पैदलमार्ग निर्माणपछि सजिलो भएको स्थानीयवासी सीता देवकोटाले बताए । “नदी नुहाउन जान सानो गोरेटो बाटो हुँदा निकै कष्ट थियो, वन क्षेत्र पनि रहेकाले आतजावतमा भक्तजनले समस्या भोग्दै आएका बेला अहिले पैदलमार्ग बनाइएपछि नदी स्नान गर्न सजिलो परेको छ” उनले भने । “कालीगण्डकीको तटदेखि कौवाको पुच्छार भागसम्म २२७ मि...
अमादब्लममा आरोहीको आकर्षण

अमादब्लममा आरोहीको आकर्षण

समाचार
मंसिर २ काठमाडौं । कोभिड–१९ महामारीका बीचसगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथाभन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उनको आरोहण दलका नेपाल र विदेशी सदस्य आज अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आज अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह प्रदान गरेका छन् । उनले १४ पटक सगरमाथा आरोहण गर्ने क्यान्टनसँग अमादब्लमको आधार शिविरमा भेट हुँदा खुशी लागेको बताएका छन् । पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जाल फ...
पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण, २,८७८ जना निको, १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण, २,८७८ जना निको, १७ जनाको मृत्यु

समाचार
मंसिर २ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर जम्मा ३,११२ जनाको पिसिआर परीक्षण भएको थियो । जसमध्ये ५०२ जनाको पोजिटिभ आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । आज देशभर ३० हजार ९८६ जना सक्रिय संक्रमित छन् । आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार २४७ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको छ । योसहित काठमाडौं उपत्यकामा संक्रमितको संख्य...
अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा आवास गृह निर्माण

अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा आवास गृह निर्माण

समाचार
मंसिर २ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताए । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार कूल ७ करोड १५ लाख १७ हजार लागतमा भवन निर्माण गरिएको हो । विमानस्थल कार्यालयअन्तर्गतको इञ्जिनीयरिङ महाशाखाले निर्माण गरेको सो भवन २०७५ असोज ६ गते सम्झौता भई २०७७ असोज ६ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । कोरोना महामारीका कारण दुई महिना समय थप गरी निर्माण सम्पन्न गरिएको हो । दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तले सो भवनम...
अरिङ्गालको टोकाइबाट किशोरीको निधन

अरिङ्गालको टोकाइबाट किशोरीको निधन

समाचार
मंसिर २ काठमाडौं । स्याङजामा अरिङगालको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्याङजा जिल्ला अध्यक्ष पारश गैरेकी छोरी अथिती गैरेको सोमबार मृत्यु भएको हो। उनलाई आजै अरिङ्गाले टोकेको थियो। उपचारका लागि पोखरा पुर्याइएकोमा उपचारको क्रममा उनको दु:खद् निधन भएको छ। ...
हुम्लामा लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढयो, माइनस सात डिग्री

हुम्लामा लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढयो, माइनस सात डिग्री

माैसम, समाचार
 जिल्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ। यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ। यसअघि कात्तिक १८ गते हिमपात भएको थियो। जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीय राजबहादुर बोहराले बताए। बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ। हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ। मानिसहरु हिउँमा रमाउन थालेका छन् । आइतबार बिहानै हिमपात हुँदा किसान खुशी भएका थिए । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन्। सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय कमल भण्डारीले बताए। लामो समय पानी नपरेकाले जमिन सुक्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने भ...
नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका

नेवार समुदायका केही समूहले आज लगाउँदै भाइटीका

समाचार
मंसिर २ काठमाडौं । नेवार समुदायका केही समूहले आज भाइटीका लगाउँदै छन् ।प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका बहुसंख्यक नेपालीले भने सोमबार नै मनाएका छन् । आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउने भएका हुन् । सरकारले भाइटीका (किजापूजा)का लागि सार्वजनिक बिदा दिएको छ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी तथा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । आज बालगोपालेश्वरी मङ्गलबार पनि बिहान ५:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म खुल्ने जनाइएको छ । ...
विहारको  मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ

विहारको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ

अन्तराष्ट्रिय, समाचार
भारतको विहार प्रदेशको मुख्यमन्त्रीका रुपमा नितिश कुमारले लगातार चौथो कार्यकालको शुभारम्भ गरेका छन। जनता दल युनाइडेटका अध्यक्ष समेत रहनुभएका नितिश कुमारले सोमबार सपथ ग्रहण गरेर कार्यकाल सुरु गरेका हुन। उनको अहिलेको लगातारको कार्यकाल चौथो पटक भएपनि मुख्यमन्त्री भने उनी सातौ पटक भएका छन। सपथग्रहण समारोहमा केन्द्रीय गृह मन्त्री अमित शाह, भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नन्दालगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए। उनले आफ्ना उप मुख्यमन्त्रीका रुपमा भारतीय जनता पार्टीका तार्किशोर प्रसाद र रेणु देवीलाई नियुक्त गरेका छन। उनीहरुलाई पनि आजै सपथ ग्रहण गराइएको छ । प्रदेश संसदमा प्रमुख प्रतिपक्षी दलको रुपमा रहेको राष्ट्रिय जनता दल आरजेडीले भने सपथ ग्रहण समारोह बहिस्कार गरेको छ । आरजेडीको सामाजिक सञ्जाल ट्वीटरमा लेखिएको छ, “जनताको अभिमत एनडीएका विरुद्धमा थियो, तर सरकार त्य...