बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ११०७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा उपत्यकामा थपिए ११०७ कोरोना संक्रमित

समाचार
मंसिर ५ काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको हो । योसँगै काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमित हुनेको  संख्या एक लाख नाघेको छ। काठमाडौं उपत्यकामा हालसम्म एक लाख ८७२ जना संक्रमित भएका छन्। हालसम्म काठमाडौंमा ८१ हजार ५८८, ललितपुरमा ११ हजार ९४८ र भक्तपुरमा ७ हजार ३३६ जना संक्रमित भएका छन्। यसैगरी हालसम्म काठमाडौंमा ३१६, ललितपुरमा ८९ र भक्तपुरमा ८३ संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा ७१ हजार ५९१, ललितपुरमा ९ हजार ६३१ र भक्तपुरमा ६ हजार ४७० जना संक्रमित निको भएका छन्। देशभर १ हजार ९४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। २४ घण्टामा ५ हजार ३६४ जना डिस्चा...
पछिल्लो २४ घण्टामा १,९४५ जना कोरोना संक्रमित थपिए, ५,३६४ जना निको, २२ को मृत्यु

पछिल्लो २४ घण्टामा १,९४५ जना कोरोना संक्रमित थपिए, ५,३६४ जना निको, २२ को मृत्यु

समाचार
मंसिर ५ काठमाडौं । पछिल्लो २४ घण्टामा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन् । आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार २९८ जना संक्रमितको मृत्यु भइसकेको छ । ...
जिम्मेबारपार्टीले आफ्नो जिम्मेबारी बाट पछि हटनु भनेको इतिहासप्रति घोर बेइमानी

जिम्मेबारपार्टीले आफ्नो जिम्मेबारी बाट पछि हटनु भनेको इतिहासप्रति घोर बेइमानी

राजनीति, समाचार
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लामो समयदेखि आन्तरिक द्वन्द्वले यथिवेला मुलकको राजनीतिक क्षितमा नै काला बादल मडारिएको देख्न सकिन्छ विकसित घटनाक्रमले । कोरोना भाइरस (कोभिड–१९)ले निम्ताएको महामारीको असामयिक परिस्थितिमा मुलुक हाँकिरहेको जिम्मेबार पार्टी नै मूल दायित्व बिर्सेर आन्तरिक द्वन्द्वमा केन्द्रित हुँदा आमजनतामा आक्रोश र निराशा पैदा भएको छ यतिबेला । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच देखिएको आपसी वाकयुद्धले कतै पार्टी फुटको संघारमा त छैन भन्ने भान हुन थालेको छ । यद्यपि, पार्टी भित्रका दोस्रो र देस्रो तहका नेताहरू पार्टी एकतालाई जोगाउनुको विकल्प नभएको भन्दै निरन्तर पहलकदमी अगाडि बढाइरहेका छन् । पार्टीं भित्रको किचलो छताछुल्ला भएर बाहिर आइरहँदा आम कार्यकर्तामा निराश बनेका छन् यतिबेला । प्रमुख दलभित्रको यो किचलो बढ्दै जादा अहिलेसम्म प्राप्त उपल्बधि नैगुम्ने पो हो कि भन्ने च...
भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएका:सुबोध कुमार गुप्ता,वस्तुगत संघका उम्मेदवार

भावी दिनमा महासंघलाई हाक्न सक्ने क्षमता भएका:सुबोध कुमार गुप्ता,वस्तुगत संघका उम्मेदवार

अन्र्तवार्ता, आर्थिक, समाचार
सुबोध कुमार गुप्ता एक सफल उद्योगपति एवम् व्यवसायी हुन । उनको जन्म सन १९७४ मा औंद्योगिक नगरी विरगंज स्थित रानीघाटमा भएको थियो । पिता सुकदेव र माता कान्तिदेवी गुप्ताका सुपत्रका रुपमा उनले यस धर्तीमा पाइला हालेका हुन । गुप्ताले आफ्नो शिक्षारम्भ विरगंज स्थित रेलवे माध्यमिक विद्यालयबाट गरेका थिए । २ कक्षासम्म सो विद्यालयमा अध्ययन गरे पस्चात उनले ३ देखी ७ कक्षासम्म विरगंजकै त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गरे । अध्ययन प्रति बिशेष रुची राख्ने गुप्ताले भारतबाट म्याथ बिषयमा बिएस्सी गरेका छन् । उनमा नेपाली अंग्रेजी र हिन्दी भाषाको राम्रो ज्ञान छ । क्रिकेट र फुटबल खेलका अलवा संगित सुन्ने र पढने आदत उनमा छ । उनी विश्वका करिब ४० देश पुगिसकेका छन् । ९० को दशकमा व्यवसायको क्षेत्रमा पाईला हाल्दै उम्दा व्यवसायीको रुपमा परिचय बनाउने सफल सुबोध कुमार गुप्ता पारिवारिक दायित्वलाई पनि उत्तिकै महत्व दिने ...
तराई– मधेसको मेरुदण्ड  हुलाकी राजमार्ग विस्तारको काम ५७ प्रतिशत सम्पन्न

तराई– मधेसको मेरुदण्ड हुलाकी राजमार्ग विस्तारको काम ५७ प्रतिशत सम्पन्न

समाचार, समाज
तराई– मधेसको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग विस्तारको काम ५७ प्रतिशत सम्पन्न भएको छ। गत आर्थिक वर्षसम्म हुलाकी राजमार्गको भौतिक प्रगति ५५ प्रतिशत थियो। त्यसपछि ५७ प्रतिशत पुगेको निर्देशनालयका निर्देशक रोहित विसुराल बताउँछन्। हुलाकी राजमार्गलाई स्तरोन्नति गरी पूर्व–पश्चिम जोड्ने वैकिल्पक मार्गका रूपमा विकास गर्ने उद्देश्य रहेको यो आयोजना आव २०६५/६६ मा सुरु गरिएको हो। सुरुवाती समयमा भारतको आर्थिक तथा प्राविधिक सहयोगमा बनाउन खोजिएको थियो। तत्कालीन समयमा १ लेनको सडक बनाउने गरी डिजाइन गरिएको थियो। ७ सय किलोमिटर सडकका लागि भारतले ८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। तराईको बढ्दो जनसंख्यालाई उक्त राजमार्गले थेग्न नसक्ने देखेर नयाँ प्रक्रियाबाट निर्माण थालनी गरिएको पूर्वभौतिकसचिव तुलसी सिटौला सुनाउँछन्। भारतको पूर्ण सहयोगमा बनाउन खोजिएको सडकमा प्राविधिक र व्यावहारिक कठिनाइ रहेको पनि सिटौला...
ललितपुरमा आधुनिक सेवा सुविधासहित सार्वजनिक शौचालय

ललितपुरमा आधुनिक सेवा सुविधासहित सार्वजनिक शौचालय

समाचार, समाज
ललितपुर महानगरपालिका मङ्गलबजारस्थित नमुना सार्वजनिक शौचालय प्रयोग गर्न पहिलो पटक पुग्नुभएकी स्यारोन ब्लोनलाई शौचालय बाहिर रहेको काउन्टरबाट कर्मचारीले एउटा क्वाइन दिएर शौचालयभित्र पठाए । अन्य स्थानमा शौचालय प्रयोग गरेपछि ५/१० रुपियाँ तिरे हुन्थ्यो । त्यहाँ शौचालय प्रवेशकै लागि काउन्टरबाट क्वाइन दिँंदा अचम्म मान्दै उहाँ अलमल गर्दै भित्र पुग्नुभयो । क्वाइन हाल्ने ठाउँ खोज्दै खसाल्नुभयो । मेसिनले भित्र जान हरियो रङको एरोको सङ्केत देखाउँदा स्टिलको बार धकेल्दै भित्र गएर शौचालय प्रयोग गरेपछि पुनः बाहिर आउन खोज्दा स्टिलको बार चलेन । साथीले बाहिरको काउन्टरको कर्मचारीलाई बोलाएर साथी बाहिर आउन नसकेको जानकारी दिएपछि त्यहाँका कर्मचारीले बाहिर निस्कन भित्तामा राखिएको हातको चित्रमुनिको डिजिटल बोर्डमा हात देखाउनुहोस्, भनेपछि बल्ल स्यारोन ब्लोन शौचालय बाहिर निस्कन सफल भए । त्यसपछि उनको प्रतिक्रिय...
जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित

जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमित

अन्तराष्ट्रिय, समाचार
 कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन्। अर्को बर्ष ओलम्पीक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिदै गएपछि चिन्तित पनि भएका छन्। महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन्। एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेका छन। उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन। ...
दुई लाखलाई रोजगारी दिइँदै

दुई लाखलाई रोजगारी दिइँदै

समाचार
मंसिर ५ काठमाडौं । देशभरबाट ६ लाख ८१ हजार युवा बेरोजगारको सूचीमा सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार असोजदेखि मंसिर ४ सम्म प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुनका लागि त्यो संख्याका बेरोजगार युवाले आवेदन दिएका हुन् । यसमा आउँदो १५ गतेसम्म अझै बढी बेरोजगारको संख्या थपिने छ । श्रम मन्त्रालयले उक्त कार्यक्रममार्फत चालू आर्थिक वर्ष २०७७–७८ मा दुई लाख विपन्न बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य लिएको छ तर रोजगारीका लागि आवेदन दिने बेरोजगारको संख्या भने अत्यधिक छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी तथा देशभित्रै पनि हजारौँको संख्यामा नेपाली श्रमिकले रोजगारी गुमाएका कारण बेरोजगारको संख्या बढ्दै गएको छ । देशभित्र कति युवाले रोजगारी गुमाए भन्ने तथ्याङ्क छैन । श्रम मन्त्रालयले स्थानीय तहमा खटिएका रोजगार संयोजकबाट सङ्कलन गरेको ...
चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी

चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी

अन्तराष्ट्रिय, समाचार
नेपालमा चिनियाँ प्रभाव बढ्दै गइरहेको बेला उत्तरी छिमेकी देश चीनका विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने तयारी भएको छ। उच्च स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यी यही नोभेम्बरको अन्तिम हप्ता काठमाडौं आउँन लागेका छन्। चीन र नेपाल दुवै तर्फका अधिकारीहरुले उक्त भ्रमणका लागि तयारी गरिरहेको र भ्रमण मिति चाँडै सार्वजनिक हुने बताइएको छ। विदेशमन्त्री यी बेइजिङबाट दक्षिण एसियाली देशको भ्रमणमा निस्किने र त्यहीक्रममा काठमाडौं पनि आउने स्रोतको दाबी छ। पछिल्लो समय सत्ताधारी दल नेकपामा विवाद बढेको छ। उक्त विवाद मिलाउन नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छी सक्रिय छिन्। यहि पृष्ठभूमिमा चिनियाँ विदेशमन्त्रीको भ्रमण तय हुने कुरालाई अर्थपूर्ण रुपमा हेरिएको छ। ...
स्थानीय तहमा लुटको महामारी : एउटा साबुनको ३८ सय, पिपिईको ३६ हजार, चियापानीमा साढे १४ लाख

स्थानीय तहमा लुटको महामारी : एउटा साबुनको ३८ सय, पिपिईको ३६ हजार, चियापानीमा साढे १४ लाख

समाचार
मंसिर ५ सप्तरी ।जनताका लागि महामारी बनेको कोभिड केही जनप्रतिनिधिका लागि भने कसरी मौका बनिरहेको छ, एउटा अर्को उदाहरण सप्तरीको बोदेबरसाइन नगरपालिकाले प्रस्तुत गरेको छ । यो नगरपालिकाले ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको विवरण तयार पारेको छ । त्यस्तै, क्वारेन्टिन व्यवस्थापनका नाममा किनिएका दर्जनौं सामग्रीमा ढुकुटीबाट लुट मच्चाइएको छ । कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तहहरूले गरेको खर्च सार्वजनिक गर्न केन्द्रबाट ताकेता भएपछि बोदेबरसाइन नगरपालिकाले बुधबार खर्च सार्वजनिक गरेको थियो । नगरपालिकाले कुल दुई करोड २१ लाख रुपैयाँको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । २२ चैतमा ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएको थियो । यो वि...