बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन

समाचार, समाज
 आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ। व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ। सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ। छठ पर्वक...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि

अन्तराष्ट्रिय, समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्ताले बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । ४२ वर्षका ट्रम्प जुनियरलाई यो हप्ताको सुरुमा संक्रमण पुष्टि भएको र त्यसपछि उपचार गरिएको उल्लेख छ । अहिले उनी आफ्नै क्याबिनमा क्वारेन्टिमा रहेको प्रवक्ताले जनाएका छन् । वक्तव्यमा भनिएको छ, ‘अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन । उहाँले कोभिड–१९ सम्बन्धी सबै स्वास्थ्य नियमहरु पालना गर्नु भएको छ ।’ उनकी प्रेमिका किम्बर्ली गिलफोयल गएको जुलाईमा संक्रमित भएकी थिइन् । त्यो बेला ट्रम्प जुनियर संक्रमित भएका थिएनन् । राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो । यस्तै शुक्रबार ट्रम्पका विशेष सहयोगी एन्ड्रयू जुलियानी संक्रमित...
पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा

अन्तराष्ट्रिय, खेलकुद, समाचार
शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ । लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो । पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि पिएसजीले त्यसलाई जोगाउन सकेन । पिएसजीले २५ र ३७ औँ मिनेटमा गोल गरेको थियो । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे । ८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाएका हुन् । त्यसको एक मिनेट पहिले डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएर गएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । पराजित भए पनि शीर्ष स्थानमा रहेको पिएसजीको ११ खेलबाट २४ अंक छ । दोस्रो स्थानमा उक्लिएको मोनाकोको समान खेलबाट २० अंक भएको छ । ...
२०७७ साल मंसिर ०६ गते शनिबारको राशिफल

२०७७ साल मंसिर ०६ गते शनिबारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल मंसिर ०६ गते । शनिबार । इ।स।२०२० नोभेम्बर २१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । कार्तिक शुक्लपक्ष । तिथी–सप्तमी,२५ बजेर ५७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–श्रवण,१४ बजेर ५० मिनेट उप्रान्त धनिष्ठा । योग–वृद्धि,१२ बजेर १० मिनेट उप्रान्त ध्रुव। करण–गर,१३ बजेर ५८ मिनेट उप्रान्त वणिज,२५ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेटमा, सूर्यास्त १७ बजेर ०७ मिनेटमा । दिनमान २६ घडी ३२ पला । टेलिभिजन दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी वढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगायो

औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगायो

समाचार, स्वास्थ्य
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानी पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो। बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए। उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ। यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका ...
बलिउडका दिग्गज अभिनेता परेश रावलको तमिल फिल्ममा डेब्यू

बलिउडका दिग्गज अभिनेता परेश रावलको तमिल फिल्ममा डेब्यू

मनोरन्जन, समाचार
 बलिउडका दिग्गज अभिनेता परेश रावल अब तमिल फिल्ममा देखिने भएका छन् । फिल्म ‘सूराराई पोतृ’बाट उनले तमिल इण्डष्ट्रीमा डेब्यू गर्न लागेका हुन् । यो फिल्ममा परेश रावलसँग तमिल सुपरस्टार सूर्या हुनेछन् । परेशले फिल्मको बारेमा कुरा गर्दै फिल्म उद्योगमा लामो अनुभव भएकोले अरु कुरा सहज भए पनि तमिल भाषामा संवाद बोल्न कठिन भएको बताए । भाषा सिक्नको लागि आफूले संवादहरु घोकेरै बोलेको बताउँदै परेशले भाषा सिक्नको लागि आफूले तयारीस्वरुप कोठामा सोही भाषामा कार्यक्रम टेलिभिजनमा चलाइराख्ने बताए । फिल्मको सुटिङ चेन्नइ र चण्डीगढमा गरिएको छ । यो फिल्मको कहानी आफूलाई पहिलो पटकमै मन परेको बताउँदै रावलले यो फिल्ममा काम गर्नु आफ्नो लागि सौभाग्य भएको बताए । ...
नेपाली शान्ति सैनिक आज लिबिया प्रस्थान

नेपाली शान्ति सैनिक आज लिबिया प्रस्थान

समाचार
मंसिर ५ काठमाडौं । सेनानी हिमाचल जंग शाहको कमाण्डमा स्पेशल गार्ड युनिट (शा.से.) तेस्रो डफ्फाको ११३ जना नेपाली शान्ति सैनिक आज लिबियास्थित मिशन ईलाकातर्फ प्रस्थान गरेका छन्। शान्ति स्थापनार्थ अन्समिल मिसन लिबियामा तैनाग स्पेशल गार्ड युनिट दोस्रो डफ्फालाई बदली गर्नको लागि आज ११३ जना शान्ति सैनिक त्यसतर्फ गएका हुन्। हेरफेरको क्रममा लिबियाबाट सेनानी राजेश रानाको कमाण्डम ११२ जना नेपाली शान्ति सैनिकहरू भोली विहान नेपाल आईपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ। २२८ जना शान्ति सैनिक कार्यरत रहने सो मिशनम गएको कात्तिक १५ र १६ गते ११५ जना शान्ति सैनिकहरूको बदली भएको थियो। “कोभिड–१९ महमारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीत अनुरुप गरीएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको जानकारी गराइन्छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशना...
मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ

मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ

अन्तराष्ट्रिय, समाचार
एजेन्सी । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका छन् । उनले बिहीबार दिएका जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ ।  स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिए । उनले भने– मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।   उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ । बिहीबारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टा एता मेक्सिकोमा ५७६ जनाको यस सङ्क्रमणबाट नै ज्यान गएको छ ।    यहाँ हरेक दिन करिब पाँच हजार जना सङ्क्रमित थपिने गरेका छन् । गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना सङ्क...
बाल अधिकारको सम्मान गर्न आग्रह

बाल अधिकारको सम्मान गर्न आग्रह

समाचार
मंसिर ५ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको संरक्षण गर्न सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा बाल अधिकारसम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसको प्रभावकारी कार्यान्वयन गर्न तथा बालविवाह, बालश्रम, बाल यौन दुव्र्यवहारजस्ता बालहितविपरीत घटना निराकरण गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरिएको छ । कोभिड–१९ को महामारीको अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचसमेत बालबालिका वञ्चित हुन पुगेको उल्लेख गर्दै नेपालले बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तरराष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरिएको छ । विभिन्न कारणले...
भावी आईजीपीमा विश्वराज पोखरेलको बाटो क्लियर

भावी आईजीपीमा विश्वराज पोखरेलको बाटो क्लियर

समाचार
मंसिर ५ काठमाडौं । नेकपा नेतृत्वको सरकारले नेपाल प्रहरी संगठनको उच्च तहमा केही दरबन्दी थप गरेको छ । सो दरबन्दी थपसँगै नेपाल प्रहरीको आगामी नेतृत्वमा को चयन हुने भन्नेमा अहिले नै करिब स्पष्ट जस्तै भएको छ । सधैँ नेपाल प्रहरीभित्र नेतृत्वको विषयमा विवाद हुँदै आएकोमा पछिल्लो पटक यस्ता विवाद कम हुँदै आएको छ । पछिल्लो समय शेरबहादुर देउवा नेतृत्व सरकारले प्रहरी संगठनलाई नराम्ररी गिजोलेको थियो भने त्यतिबेला देउवाको चाहनामा जयबहादुर चन्दलाई आईजीपी बनाउने कोसिस भएको थियो । तर सो प्रकरण अदालतसम्म पुगेर जयबहादुर आईजीपी बन्ने बाटो त बन्द भयो नै कल्पना नै नगरिएका प्रकाश अर्यालको कार्य सम्पादन मूल्यांकन बढी देखिएपछि आईजीपी बनेका थिए । त्यसपछि आईजीपी बनेका सर्वेन्द्र खनालको नियुक्तिपनि केही विवादित बन्न पुग्यो भने सोही कारण रमेश खरेलले राजीनामा दिएर हिँडे । हुन त सर्वेन्द्रको विवादको नालीबेली लामो ...