बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या

समाचार
पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समस्या आएको छ। अहिले चितवनमा रहेका पूर्व युवराज शाहको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको टोली उनी बसेको होटलमै पुगेको छ। मंगलबार साँझ नारायणगढ आएर एक होटलमा बसेका शाहलाई बुधबार साँझबाट छातीमा समस्या भएको थियो। शाहको उपचारमा चितवन मेडिकल कलेजका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.श्यामराज रेग्मीसहित पाँच जनाको टोली खटिएको छ। उनी बिरामी रहेको खबर पाएपछि चिकित्सको टोली होटल पुगेको थियो। शाहको ईसीजी गर्नुका साथै रगत परीक्षण गरिनेछ। उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेजमा लैजाने तयारी भएको छ। शाहमा यसअघि पनि मुटुसम्बन्धी समस्या देखिने गरेको थियो। यसअघि शाहलाई तीन पटकसम्म हर्टअट्याक भएको थियो। शाह सोमबार दिउँसो भैरहवाबाट आफैंले गाडी चलाएर चितवन आइपुगेका थिए। उनी हाल नारायणगढस्थित होटल सेन्ट्रल पाल्ममा बसिरहेका छन्। ...
विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन

विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन

अन्तराष्ट्रिय, समाचार
 विश्वविख्यात अर्जेन्टिनी फुटबल स्टार डिएगो म्यारोडनाको निधन भएको छ । म्यारोडनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो। हृदयघातको कारण उनको घरमै निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। म्याराडोनाको मस्तिष्कमा रगत जमेपछि केही साताअघि शल्यक्रिया गरिएको थियो। मस्तिष्कको ब्लड क्लोटको शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए। म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ। अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्यारोडोना अर्जेन्टिनाका लागि ‘महत्वपूर्ण र महान’ खेलाडी थिए। म्यारोडनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। अर्जेन्टिनाका लागि म्यारोडनाले १९७७ देखि १९९४ सम्म खेले। उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए। सन् २००८ देखि २०१० को विश्वकपसम्म म्यारोडना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहे...
युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित

युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
गएराति भएको युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विजयी भएको छ । रियल म्याड्रिडले इन्टर मिलानलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा इडेन हजार्डले एक गोल गरेका थिए भने एक गोल इन्टरका अच्राफ हाकिमीले आत्मघाती गरेका थिए । यस खेलमा खेलको ३३औ मिनेटमा इन्टरका अर्टुरो भिडालले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा सिमित भएको थियो । रियल म्याड्रिडको च्याम्पियन्स लिगमा यो दोस्रो जित हो । ४ खेलमा रियलको ७ अंक भएको छ भने समुह बि मा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इन्टरको भने ४ खेलमा केवल २ अंक रहेको छ भने इन्टरले एक जित पनि हासिल गर्न सकेको छैन । ...
हरि बोधिनी एकादशी पर्व आज,तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइँदै

हरि बोधिनी एकादशी पर्व आज,तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइँदै

समाचार, समाज
कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधवार र बिहीवार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीवार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशय...
२०७७ साल मंसिर ११ गते बिहीवारको राशिफल

२०७७ साल मंसिर ११ गते बिहीवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल मंसिर ११ गते । बिहीवार । इ.स.२०२० नोभेम्बर २६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । कार्तिक शुक्लपक्ष । तिथी– द्वादशी,अहोरात्र । नक्षत्र–रेवती,२२ बजेर ५८ मिनेट उप्रान्त अश्विनी । योग– सिद्धि,१० बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण–बव,१९ बजेर १९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–मीन,२२ बजेर ५८ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३४ मिनेटमा, सूर्यास्त १७ बजेर ०६ मिनेटमा । दिनमान २६ घडी २० पला । हरिबोधनी एकादशी व्रत । तुलसी विवाह । भीष्मपञ्चक आरम्भ । चाँगुनारायण अखण्डदीप दर्शन । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दैनिक खर्च बढ्ने तथा भैपरि आउने समस्याले सताउनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । सापट लगिएका रकम नउठ्नाले दैनिकी असहज हुनेछ । धन तथ...
एप्पलका ग्लोबल सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप

एप्पलका ग्लोबल सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप

अन्तराष्ट्रिय, समाचार
एप्पलका सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप लागेको छ । ग्लोबल सुरक्षा प्रमुख थोमस मोयरले हतियारको लाईसेन्स लिनको लागि करिब ७० हजार अमेरिकी डलर बराबरको आईप्याड घुसको रुपमा दिएको बीबीसीले लेखेको छ । सोमबार क्यालिफोर्नियाको ग्राण्ड जुरीले उक्त आरोप लगाएका हुन्। यस्तै सान्टा क्लारा काउन्टीका दुई पुलिस अधिकारीमासथ उक्त घुष लिएको आरोप लागेको छ। काउन्टी अन्डरशेरिफ रिक सुंग र शेरिफका कप्तान जेम्स जेनसनले लुकाईएको हतियारको लाईसेन्स दिलाउन थोमससँग घुस मागेका थिए । त्यहाँको राज्य कानुन अन्तर्गत बिना लाईसेनस लुकाइएको हतियार बोक्नु अपराध हो। सान्टा क्लारा काउन्टीका अनुसार जबसम्म थोमसले ७० हजार डलर बराबरको आईप्याड शेरिफ कार्यालयलाई दिन तयार भएका थिएनन तबसम्म सुंगले उनको अवैध हतियारको लाईसेन्स रोकेका थिए। ...
काठमाडौँ उपत्यकाको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान

काठमाडौँ उपत्यकाको मुख्यद्वार नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान

समाचार, समाज
चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरेको छ । काठमाडौँ उपत्यकाको मुख्यद्वारमा रहेको चन्द्रागिरि नगरपालिकाले शान्ति सुरक्षालाई चुस्तदुरुस्त ढङ्गले सञ्चालन गर्नका लागि मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामरा जडान गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले राजमार्ग क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नगरपालिकाको रु एक करोड लागतमा अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गरिएको जानकारी दिए । “ सिसी क्यामरा जडानसँगै नागढुङ्गा–कलङ्की क्षेत्रमा सडक अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, नगरप्रमुख गिरिले भने । नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरपालिकाले जनाएको छ । राजमार्ग क्...
नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो

नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो

आर्थिक, समाचार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उछाल आएको छ । पछिल्ला दिनमा नेप्से एकै दिन झण्डै ६५ विन्दुले उकालो लागेर नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ६४.७० विन्दुले उकालो लागेर एक हजार ८४७.८१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.९६ विन्दुले उकालो लागेर ३६२.३३ मा पुगेको छ । शेयर बजार २०७३ साउन १२ गते बुधबारकै हाराहारीमा पुगेको छ । सो दिन नेप्सेले एक हजार ८८१.४५ विन्दु कायम गरेको थियो । उक्त विन्दुमा पुग्नका लागि आज मात्रै सात अङ्क कम रहेको छ । नेप्सेमा उभार आउँदा कारोबार रकमसमेत रु पाँच अर्बमाथि पुगेको छ । कूल १९६ कम्पनीको एक करोड ४७ लाख ८९ हजार ३०३ कित्ता शेयर रु पाँच अर्ब १३ करोड १८ लाख ८६ हजार ४८८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज होटल उपसमूहको मात्रै ...
पश्चिमी वायुको प्रभावले  देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

माैसम, समाचार
 पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उक्त प्रणालीको प्रभावले बिहीबार बेलुकासम्म देशका अधिकांश स्थानमा आंशिक देखि पूर्ण बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् समिर श्रेष्ठले बताए । “बिहीबार रातिदेखि मौसममा क्रमिक सुधार हँुदै जाने छ”, मौसमविद् श्रेष्ठले भने । पश्चिमी वायुको प्रभावसँगै देशभर चिसो बढेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही द...
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२.६ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ

आर्थिक, समाचार
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स ५ दशमलव १ प्रतिशतले घटेको थियो ।   अमेरिकी डलरमा रेमिट्यान्स ७ दशमलव ६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ४ दशमलव ७ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६ दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ दशमलव ७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन महिनामा ७८ दशमलव ६ प्रतिशतले घटेको छ...